Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

चौथो लुम्बिनी-कपिलवस्तु दिवसको लागि पोस्टिङ् गर्न उपयुक्त केही सामग्रीहरु

Posted by Ram Kumar Shrestha on November 29, 2012


वुद्धको विस्वब्यापी महत्वका कारण त्यसबाट लालायितद्धारा सत्यका पर्यायबाची वुद्धको उन्कै नामको दुरुपयोग गरी असत्यको खेती गर्दै वुद्ध जन्मस्थल बिषयलाई संपूर्ण विस्व मान्यता बिपरीत सीमित स्वार्थका कारण बिभिन्न तवरबाट सिर्जना गरिएको अनाबस्यक दिग्भ्रम आ-आफ्नै किसिमको ब्यस्त जीवन र सीमित श्रोत र साधनका बाबजुद जे जसरी सकिन्छ निस्तेज गर्ने भन्ने अभिप्रायले शुरु भएको लुम्बिनी-कपिलवस्तु दिवस (पहिला कपिलवस्तु दिवस) अभियान यही डिसेम्बर १ मा चौथो बर्षमा प्रबेश गर्दैछ र यस उपलक्षमा बिभिन्न देशहरुमा बिभिन्न किसिमले कार्यक्रमहरु गरिंदैछ । यस सन्दर्भमा कसैले पनि अनपेक्षित लज्जाबोध गर्न पनि नपरोस र समयनुकूल मिलेको खण्डमा बिभिन्न देशहरुमा सहभागी हुन चाहनेहरुले बिभिन्न ठाउँमा सहभागी हुन पनि सकोस भन्नाका खातिर यो जानकारी उपलब्ध गराइेएको छ:
१ बिशेष अनुरोध: १ डिसेम्बरमा अन लाइन बिशेष गरी Facebook मार्फत धेरैले बिभिन्न किसिमबाट सहभागिता जनाउने छन र पोस्टिङ्का लागि सान्दर्भिक सामग्री अभियानको ब्लगमा राखिनेछन । सो दिन कि त सान्दर्भिक पोस्टिङ् गर्ने वा गर्नेलाई सहयोग गर्ने अन्यथा मौन बसिदिनु हुन अनुरोध छ । सबै अधिकार र सुबिधामुखी हुने तर कर्तब्यमुखी कोही नहुने र बारंबारको भारतको बिभिन्न किसिम र स्तरको बल मिच्याइंपूर्ण गतिबिधिबाट वाक्क हुन पर्दा समेत देखिन नहुने किसिमको बहु पक्षीय मौनताबाट आजित हुनेहरुको आक्रोसित ठुलो समूहले जस्लाई पनि कुनै पनि किसिमले जे पनि  लेखिदिन सक्ने संभाबनालाई ध्यानमा राखी सो दिन अनाबस्यक पोस्टिङ् नगरिदिनु हुन अभियानको तर्फबाट बिशेष अनुरोध यध्यपि सबै कुराको बिस्लेषण गरी अधिकाधिकलाई समेटन् सरल र सहज होस भन्ने अभिप्रायले अभियान मध्यमार्गी बाटो अबलम्बन गर्दैछ । धेरै पहिला मेरा नजिकका एकजनाले एउटा संबेदनशील बिषयमा हल्का किसिमबाट केही लेख्ने बित्तिक्कै र आफूलाई अनुसन्धानबिद एबं लेखकको रुपमा चिनाउनु हुनेले गरेको एउटा असान्दर्भिक पोस्टिङ्पस्चात देखा परेका जथाभावी आक्रोसपूर्ण गाली गलौजलाई यहाँ स्मरण गराउन चाहन्छु ।     
२ बिशेष धन्यवाद: अस्ट्रेलियाका मिस नेपालद्धय दीपाश्री शाह, ॠचा धिताल र मिस्टर नेपाल निरज शर्मा, अभियानका विस्व कार्य समितिका सल्लाहकार डा कविताराम श्रेष्ठ, अभियानका यूरोप संयोजक एबं विस्व नेपाली साहित्य महासंघका अध्यक्ष मधु माधुर्यहरुप्रति चौथो लुम्बिनी-कपिलवस्तु दिवस मनाउने क्रममा भिडिओ मार्फत जनाउनु भएको सहभागिताका लागि अभियान आभार प्रकट गर्दछ । यस्मा प्रतिस्ठित बिदेशीहरुको पनि सहभागिता छ, तर गत तीन दिनदेखि कप्म्युटर क्र्यास भएको र कम्प्युटर बनाउँदा राखिएको विण्डो ८ को जटिलताका कारण मैले पूरा गर्नु पर्ने जिम्मेवारी भने पुरा गर्न नसकिएकोमा क्षमाप्रार्थी छु ।
सिडनीमा पिएचडी गर्दै हुनुहुने लक्ष्मी तामाङ्ले नेपालमा डाटा प्रायोजनका लागि जाने क्रममा नेपाल कार्यक्रमको लागि प्रदान गर्नु भएको आर्थिक सहयोग (रु १५,०००) का लागि अभियान हार्दिक आभार प्रकट गर्दछ । नेपाल कार्यक्रममा सहभागी हुन चाहनेहरुले श्रीकुमार श्रेष्ठ (9841397106), डा हरी कुमार श्रेष्ठ (9779843017893) सोलिडारिटी कार्यालय (9751060557,9841207244) मा संपर्क राख्न सक्नुहुन्छ ।
सिडनी कार्यक्रमको लागि ऐक्यबद्धता जनाउनु हुने नेपाल वोर्ल्ड टेलिभिजन, चिनारी नेपाल, अस नेपालन्यूज, नेपाली अन्तरास्ट्रिय साहित्य समाज, बुद्ध दर्सन समिति अस्ट्रेलियाप्रती अभियान हार्दिक आभार प्रकट गर्दछ । सिडनी कार्यक्रमको लागि निमा ग्याल्जे शेर्पा गोपर्मालाई 0422334371 मा संपर्क गर्न सक्नुहुन्छ ।
क्यानडामा हुने कार्यक्रमको लागि सुबाश बिकलाई संपर्क गर्नु हुन अनुरोध । 
त्यसै गरी मेलबर्नको कार्यक्रमको लागि सहयोग गर्नु हुने नेपाली संचार, नमस्ते नेपाल न्यूज, नमस्ते मेलबर्न, मेलबर्न चौतारी, कान्छाकान्छीप्रति अभियान आभार प्रकट गर्दछ ।
यही अवसरमा विस्व नेपाली साहित्य महासंघले गर्न लागेको अन लाइन सेमिनारको लागि आभार ब्यक्त गर्दै अभियान सफलताको कामना गर्दछ ।

नक्कली लुम्बिनीसम्बन्धी संबेदनशील भिडिओ

Kapilvastu, Not in India
रामदेब भन्छन भारत गलत भ्रम फैल्याइरहेछ
Evolution of Buddhism and Archeological Excavations in Lumbini
Lumbini the Peace-Shrine and Peace of Pilgrimage
The Historical Dynasties and Ancient Archeological Sites in Nepal
The Discovery of the Birthplace of the Buddha
Showing the Seeds of the Lotus
Where the Buddha was born: Lumbini, Nepal
Lumbini on Trial:  The Untold Story
Life and Teachings of Buddha Some Gleanings
Lumbini’s latest Discovery: the Birth Spot of the Buddha
Ramagram Excavation-IV
NEPAL’S LUMBINI: WHERE THE BUDDHA WAS BORN
Buddha and Buddhism related clips
Newsweek Zakaria apologized tactfully
Sacred stone solves mystery of Buddha’s birthplace
Dirty controversy about Kapilvastu
Why Kapilvastu day as global day?
Poster
Leaflet

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: