Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

कपिलवस्तुको प्रचार प्रसारमा कोरियन भिक्षुको सकृयता

Posted by Ram Kumar Shrestha on November 20, 2012


गौतम बुद्ध भारतमा जन्मेको भन्दै भारतीय पक्षबाट नक्कली लुम्बिनी र नक्कली कपिलवस्तु निर्माण कार्य अन्तिमा चरणमा पुगेको बेला एक कोरियन भिक्षु भने कपिलवस्तुको प्रचार प्रसारमा सकृयता साथ जुटेका छन् । ती भिक्षुले बुद्ध र बुद्धसँग सम्बन्धित स्थलबारे प्रचारप्रसार गर्न बनाएको वृत्तचित्र प्रसारण समेत भएको छ । दक्षिण कोरियास्थित सोलमा रहेको पुरानो विहार होस्ट अफ पिल्गि्रमेज वल्र्ड पिसले वृत्तचित्र बनाई प्रसारण गरेको छ । विहारका प्रमुख भन्ते सुनमुख हेजा आफैँ कपिलवस्तु आएर वृत्तचित्र निर्देशन गरेका थिए ।

बुद्ध जन्मस्थलबारे धेरैलाई थाहा छैन, थाहा भए पनि कतिपयको भारतमा छ भन्ने भ्रम चिर्न पनि वृत्तचित्रले सहयोग गर्ने हेजाले बताए । धेरै कोरियनले बुद्ध जन्मस्थलका रूपमा नेपाललाई जानेको भए पनि अन्तर्राष्ट्रि्रयस्तरमा नेपाल र बुद्ध जन्मस्थलबारे प्रचारप्रसार गर्न आफूहरूले वृत्तचित्र बनाएको भन्ते हेजाले बताए । वृत्तचित्र हालै कोरियाबाट प्रसारण हुने बुद्ध टेलिभिजन र कोरियन ब्रोडकास्ट टेलिभिजनबाट प्रसारण गरिएको उनले बताए ।

वृत्तचित्रमा बुद्ध जन्मस्थल लुम्बिनी, उनको क्रीडास्थल तथा उनका पिता राजा शुद्धोधनको राजप्रासाद, तिलौराकोट, सम्राट् अशोकद्वारा गोटिहवा र निग्लिहवामा निर्मित अशोक स्तम्भ र हजारौँ शाक्यको वधस्थल सगरहवालाई समेटिएको छ । त्यस्तै, राजकुमार सिद्धार्थले ज्ञान पाएर राजधानी फर्किएपछि पिता राजा शुद्धोधनसँग पहिलोपटक भेटघाट गरेको स्थल निग्रोधाराम, कनकमुनि बुद्धको सहर अरौराकोट र नवलपरासीमा रहेको भगवान् गौतम बुद्धको अस्तुधातु सेलाइएको रामग्रामलाई पनि वृत्तचित्रमा समेटिएको छ ।

एक घन्टा लामो वृत्तचित्रलाई कोरियन र अंग्रेजी भाषामा तयार गरिएको क्यामरा पर्सन पर्क म्यांग जंगले बताए । वृत्तचित्रमा हरेक ठाँउको स्थलगत रूपमा व्याख्या लुम्बिनी विकास कोषका प्रमुख पुरातत्त्वविद् वसन्त बिँडारीले गरेका छन् । उनले यो वृत्तचित्रबाट बुद्धस्थलबारे अन्तर्राष्ट्रि्यस्तरमा राम्रो सन्देश जाने बताए । उनले यसले धेरै भ्रम चिर्न पनि सहयोग पुर्‍याउने बताए । गत वैशाखमा एक साताभन्दा बढी लगाएर छायांकन गरिएको र हालै यसको सम्पादन गरी प्रसारण गरिएको हो । कतिपय पुरातात्त्विक स्थलमा विहारका प्रमुख भन्ते हेजाले अन्तर्वार्ता दिएका छन् भने कतिपय स्थानमा भिक्षुको भूमिकामा आफैँ देखिएका छन् । 

वृत्तचित्रले बुद्धवचन र शिक्षालाई व्यवहारमा उतार्न सके मात्र विश्वमा शान्ति फैलने सन्देश दिने प्रमुख भन्ते हेजाले बताए । त्यस्तै, वृत्तचित्रले करुणा र प्रेमको भावना जगाउन सके मात्र मान्छे हिंसात्मक नभई सादा जीवन र उच्च विचारको भई शान्तिका लागि लाग्ने पनि भन्ते हेजाले बताए । ‘हामी आफैँ सक्रिय हुनुपर्ने वेला सयौँ माइल परबाट शुभेच्छुकहरू आई लुम्बिनीको प्रचारप्रसार गर्नाले विदेशमा राम्रो सन्देश जान्छ,’ भिक्षु मैत्रीले बताए ।

होस्ट अफ पिल्गि्रमेज वल्र्ड पिस विहारका प्रमुख भन्ते हेजाले लुम्बिनी विकास गुरुयोजनालाई सहयोग पुर्‍याउन यसअघि लुम्बिनीमा शान्तिवाटिका बनाएको बताए । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सन् २००८ मा लुम्बिनी भ्रमणको निमन्त्रणा दिएपछि उनी यहाँ आई शान्तिवाटिका बनाएका थिए । उनले कोइरालाकै आग्रहमा आफ्ना आठ हजारभन्दा बढी शिष्यसँग चन्दा उठाएर लुम्बिनीमा वाटिका बनाइदिएको बताए । त्यसपछि बुद्धलाई भुल्न नसकेर अहिले वृत्तचित्र बनाएको बताए । ‘हाम्रा लागि बुद्धले धेरै गरे, त्यही भएर बुद्धलाई सम्झेर केही न केही गर्न मन लागेर यहाँ आई शान्तिवाटिका र वृत्तचित्र बनाउन लागेको हुँ,’ उनले थपे । कोरियामा प्रसारण भएपछि अब त्यसलाई नेपालमा ल्याई प्रसारण गर्ने कार्यक्रम बनाइएको छ । छायांकनका लागि हेजासहित पाँचजनाको टोली यहाँ आएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: