Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

जापानमा बुद्ध जन्मस्थल चिनाउने नेपालीको नयाँ काइदा

Posted by Ram Kumar Shrestha on October 15, 2012


२८ असोज, काठमाण्डौ । भगवान गौतम बुद्ध भारतमा जन्मिएका हुन भन्ने भ्रम चिर्न जापानमा ब्यबसाय गरिरहेका एक नेपालीले नयाँ जुक्ति निकालेका छन् ।

बुद्धमार्गी जापानी नागरिकमाझ बुद्ध भारतमा जन्मिएका हुन् भन्ने भ्रम छ । गौतम बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने सन्देश दिन जापानको नागोयामा रेष्टुरेण्ट ब्यबसाय गरिरहेका बिष्णुप्रसाद घिमिरेले चपस्टिकको सहारा लिएका छन् …।

जापानी भाषामा ‘हासि’ भनिने चपस्टिक स्थानीय जापानीहरुले खाना खान प्रयोग गर्छन् । नेपाली रेष्टुरेण्टमा खान आउने जापानीहरुले पनि यस्तो चपस्टिक प्रयोग गर्छन् । उनीहरुले बिहान बेलुकी नै प्रयोग गर्ने चपस्टिकको खोलमा बुद्ध नेपालमा जन्मिएको सन्देश दिंदा प्रभावकारी हुने ठानी घिमिरेले ‘बुद्ध नेपालमा जन्मिएका हुन’ लेखिएको चपस्टिक प्रयोग गर्न थालेका छन् ।

‘चपस्टिकको खोलमा यस्तो सन्देश लेख्दा निकै प्रभावकारी भएको पायौं’- एनआरएन जापान तोकाई होकुरिकुका क्षेत्रीय उपसंयोजकसमेत रहेका घिमिरेले अनलाइनखबरसँग भने-’ ग्राहकहरु नेपालको बारेमा जानकारी लिन थप उत्सुक भएको र बुद्धबारे भ्रम चिर्न सफल भएको पायौं।’ चपस्टिकको खोलमा गौतम बुद्ध बाहेक नेपाललाई चिनाउने जिवित देवी कुमारी, सगरमाथासहितका अग्ला हिमश्रृङखला र नेपाल जापान सम्बन्धको इतिहास पनि लेखिएको छ ।

नितान्त ब्यक्तिगत पहलमा यस्तो प्रयास गरेको बताउँदै घिमिरेले जापानमा रहेका नेपाली रेष्टुँराहरुले यस्तो बिधि अपनाउँदा ठूलो संख्याका रहेका जापानीमाझ बुद्धबारेको भ्रम चिर्न सकिने बताए ।

‘विश्वकै अग्ला हिमश्रृङला, हिमताल एक सिंगे गैंडा, पाटे बाघ लगायत वन्यजन्तुले भरिएका राष्ट्रिय निकुन्ज, विश्वकै अनौठो आकारको रुपमा रहेको राष्ट्रिय झन्डा, नेपाली जीवन शैली, राष्ट्रिय बिभुतिहरुको बारेमा पोष्टर, ब्यानर, पम्पेल्ट आदिको बनाएर सँस्थागतरुपमा विश्वभर छरिएर बसेका स्वाभिमानी नेपालीहरु कस्सिने हो भने हाम्रा अमुल्य सम्पति, र बिभूतिमाथि कसैले आँखा लगाउन सक्दैनथ्यो ।’- घिमिरेले भने ।

रेष्टुँरामा आउने स्थानीय जापानी ग्राहकहरु नेपाल कहाँ पर्छ भन्नेबारे पनि जानकार नभएको घिमिरे बताउँछन् । ‘बुद्ध जन्मिएको देश हो नेपाल’ भन्दा उल्टै ‘नेपाल त भारतमा पर्दो रहेछ है’ भन्ने जवाफ सुन्दा मन अमिलो हुने गरेको घिमिरेले सुनाए । ‘यहि देशलाई कर्मभुमि बनाएर बसिरहेका हामीले आफ्नो ठाउँबाट सम्भब हुनेसम्म भ्रम हटाउन आफैले थालनी गर्न किन कन्जुसाई गर्ने?’ भन्ने भावनाले आफूले यस्तो थालनी गरेको घिमिरे बताउँछन् । जापानमा सयौंको संख्यामा नेपालीहरुले रेष्टुरेन्ट ब्यबसाय गरिरहेका छन् । सबै रेष्टुरेन्टले यस्तो बिधि अपनाए जापानीमाझ बुद्धबारे देखिएको भ्रम चिर्न समय नलाग्ने घिमिरे बताउँछन् ।

अधिकांश बिदेशीलाई बुद्ध नेपालमा जन्मिएका हुन भनेर थाहै छैन । बिभिन्न देशका कितावमै बुद्ध भारतमा जन्मिएका हुन् भन्ने उल्लेख हुँदा भ्रम चिर्न झन कठिन भइरहेको छ । केही समयअघि कोरियाका लागि नेपाली राजदूतले कोरियाली राष्ट्रपतिलाई चिठी लेखेर सच्चाउन लगाएका थिए भने बेलायतको एक लाइव्रेरीमा रहेको दस्तावेजलाई पनि सच्चाउन लगाइएको थियो ।
(अनलाइन खबर)

 

One Response to “जापानमा बुद्ध जन्मस्थल चिनाउने नेपालीको नयाँ काइदा”

  1. prabha said

    Good work. well done.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: