Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

दसगजा छेउको पिलर एसएसबिले भत्कायो

Posted by Ram Kumar Shrestha on June 17, 2012


नागरिक

निर्मल घिमिरे, बर्दिया, असार ३- भारतीय सीमा सुरक्षा बलले गुलरिया नपा-१२ टेपरीस्थित गायत्रि सामुदायिक वनका उपभोक्ताले लगाएको पिलर र तार भत्काएको छ। दसगजादेखि करिब १५ मिटरभित्र नेपाली भूमिमा लगाएको २ सय वटा पिलर र काडे तार भत्काएको हो। सीमामा रहेको सामुदायिक वन असुरक्षित महसुस गरेपछि वनको स्रोतले पिलर गाडेर उपभोक्ताले सिमाकंन गरेका थिए।

नेपालको भूमिमा पर्ने हुनाले पिलर गाडेर वनलाई सुरक्षित गरेका थियौं, सामुदायिक वनका एक उपभोक्ताले भने, ‘भारतीय प्रहरीले नेपाली भूमिमा लगाएको पिलर भत्काएर ज्यादति गरेको छ।’ हामीले संरक्षण गरेको वनमा लगाएको पिलर भत्काएर भारतीय पक्षको अतिक्रमण गर्ने योजना भएको उनले बताए। रातिको समयमा ठूलो दलबलसहित आएर उक्त सामुदायिक वनको पिलर भत्काएको स्थानीयले बताए। नेपाली भूमिमा लगाएको पिलर भत्काउँदा उपभोक्ता त्रसित भएका छन्। हामीलाई विभिन्न बाहानामा सीमा बस्ने प्रहरीले दुःख दिइरहँदासमेत स्थानीय प्रशासनले बेवास्ता गरेको स्थानीयको आरोप छ। पोल भत्काएको विरोधमा स्थानीय उत्रेको खबरपछि एसएबीले सीमा आवाजावतमा कडाइ गरेको थियो।

 

इलाका वन कार्यालय, खैरापुरको तथ्याकं अनुसार २ सय पिलर उखालेर फालेको छ भने ४० वटा तोडफोड गरेको छ। नेपाली भूमिमा वन बचाउन उपभोक्ताले सीमांकन गरेको पिलर भत्काएको सहायक वन अधिकृत रामजतन शाहले बताए। इलाका वन कार्यालयकै इजाजत लिएर उपभोक्ताले सिमेन्टको पिलर र तारबार गरेको उनले जानकारी दिए।’ भारतीय पक्षको गरेको गैर जिम्मेवारपूर्ण काम हो, ‘उनले भने, ‘नेपाली भूमिमा रहेको सामुदायिक वनको फेन्सिङ फाल्नु भनेको कुनै सानो कुरा होइन।’ के कति कारणले भत्काएको बारेमा मुर्तीहास्थित वन अधिकारी संग सोध्दा सीमा नजिक भएकाले फाल्न लगाएको भारतीय पक्षले जवाफ दिएको उनले बताए।

वन संरक्षण गर्ने उदेश्यले पिलर गाडेर आफ्नो सीमाकंन गरेको सामुदायिक वनका अध्यक्ष लक्ष्मण बिकले बताए। ‘सीमामा पर्ने भएकाले उपभोक्तालाई जंगल पस्न नडराउन र वन सुरक्षित होस भनेर फेसिङ गरेको हो,’ उनले भने, ‘भारतीय पक्षले गरेका ज्यादतिले उपभोक्ता आंतकित भएका छन्।’रातारात आएर पिलर हामी आश्चर्यचकित भएको उनले सुनाए। भारतीय पक्षले ज्यादति गरेको खबर पाएपछि मानव अधिकार शान्ति समाजका सभापति, यम घिमिरे,नेबिसंघका अध्यक्ष कमल रेग्मी लगायतले स्थलगत निरिक्षण गरेका थिए।

भारतीयपक्षले पटकपटक गर्ने ज्यादति रोक्न वन उपभोक्ताहरुले स्थानीय प्रशासनसँग माग गरेका छन्। प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले घटनाको तथ्य बुझ्न प्रहरीलाई निर्देशन दिएको बताए। ‘सीमा उठने समस्या भारतीय अधिकारीहरुसँग समन्वय गरेर हल गरेका छौ, ‘उनले भने, ‘यो समस्या छिटै समाधान हुन्छ। ‘ विवाद सधैका नहुने तरिकाले समाधान खोज्ने उनले जानकारी दिए।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: