Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

डा कबिताराम श्रेष्ठलाई सिडनीमा सम्मान गरिने

Posted by Ram Kumar Shrestha on April 4, 2012


अस्ट्रेलियाको सिडनीमा २५५६ औं बुद्ध जयन्ती मनाउने क्रममा बुद्ध दर्शन समितिका तर्फबाट बुद्धको जीबनीमा आधारित पहिलो उपन्यास “महाभिनिस्क्रमणका अस्वीकृत पाहिलाहरु” लेख्नु भए बापत उक्त उपन्यासका उपन्यासकार डा कबिताराम श्रेष्ठलाई सम्मान गरिने भएको छ । सो जानकारी लुम्बिनी-कपिलवस्तु दिवस अभियान अस्ट्रेलिया राष्ट्रिय समितिका संयोजक समेत रहनु भएका बुद्ध दर्शन समितिका अध्यक्ष निमा ग्याल्जे शेर्पा – गोपर्माले दिनु भएको हो । सो सम्मान कार्यक्रममा उपस्थित हुनका लागि श्रेष्ठलाई समितिका तर्फबाट निमन्त्रणा पत्र पठाइसकिएको जानकरी पनि अध्यक्ष शेर्पाले दिनु भयो । उक्त कार्यक्रममा सिडनीमा कार्यरत थुप्रै संस्थाहरु र अस्ट्रेलियाका बरिस्ठ ब्यक्तिहरुको सकृय सहभागिता रहनेछ । 
डा कबिताराम श्रेष्ठ लुम्बिनी-कपिलवस्तु दिवस अभियानका केन्द्रिय सल्लाहकार हुनुहुन्छ । लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व कार्य समितिका अस्ट्रेलिया संयोजकद्धय सुश्री सानु घिमिरे र सुजन न्यौपानेले सिडनीमा मनाइने २५५६ औं उक्त बुद्ध जयन्तीमा अभियानका तर्फबाट सकृय सहभागिता जनाइने जानकारी दिनु भयो । अभियानका बिस्व संयोजक ई. रामकुमार श्रेष्ठको पनि उक्त कार्यक्रममा सहभागिता रहनेछ । नेपाल सरकारको लुम्बिनी भ्रमण बर्ष २०१२ लाई प्रचार प्रसार गर्ने अभिप्रायले “लुम्बिनीदेखी सिडनीसम्म” (Lumbini to Sydney) कार्यक्रम अन्तर्गत अभियानका बिस्व संयोजक ई श्रेष्ठले केही घण्टाको दौडमा सहभागी हुने र त्यस्मा स्थानीय नेपाली युवाहरुले साथ दिने किसिमको तयारी पनि भैरहेको छ ।
स्मरण रहोस बुद्धको जीवनीमा आधारित उक्त उपन्यासको प्रकाशन लुम्बिनी-कपिलवस्तु दिवस अभियान (पहिला कपिलवस्तु दिवस अभियान) र विवेक सिर्जनशील प्रकाशन प्रा लि ले संयुक्त रुपमा गरेको हो ।

One Response to “डा कबिताराम श्रेष्ठलाई सिडनीमा सम्मान गरिने”

  1. fromCzech said

    Hello! Sorry for offtopic post. I have not my own blog but I am addictive flag collector. Can you visit my Flag counter to give me first flag of Nepal? It´s very rare! Thank you very much!
    http://s04.flagcounter.com/count/rGi/bg_FFFFFF/txt_000000/border_CCCCCC/columns_4/maxflags_240/viewers_3/labels_1/pageviews_0/flags_1/

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: