Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

भारतबाट ठुलो रकममा किनिए कुलचन्द्र गौतम

Posted by Ram Kumar Shrestha on March 24, 2012


काठमाडौं, चैत्र ९ कुल चन्द्र गौतम९ चैत,काठमाडौ। सयुक्त राष्ट्रसंघमा आफ्नो पहुँच देखाएर राष्ट्रसंघका महासचिव वान कि मुनको भ्रमण रोकाउन सफल कुलचन्द्र गौतमको बारेमा नयाँ कुरा खूलासा हँदै आएका छन् ।

उनले राष्ट्रसंघको मुख्यालय न्युयोर्क पुगेरै महासचिव वान कि मुनको लुम्बिनी भ्रमण रोकाएका बताइएको छ।वानले आगामी वैशाखको १६ मा लुम्बिनीमा हुने सम्मेलनमा आउने जनाउ दिएपछि सरकारले गत शुक्रबार औपचारिक पत्र पठाएको थियो र सरकारले पत्र पठाएकै दिन काठमाडौंबाट अमेरिका उडेका गौतमले न्युयोर्कमा पनि आफ्नो पुरानो हैसियत दुरुपयोग गरेर वानको भ्रमण रोकाए लगतै उनका बारेमा खोज तलाश बढेको थियो।

लुम्बिनी विकासको जस प्रचण्डलाई जान्छ भन्ने बहानामा गौतमको र उनको केही सहयोगी टोलीले वानको भ्रमणविरोधी अभियान चलाएको भनेर आफै प्रोपोगण्डा गर्दै आइरहेका छन्। तर एउटा विश्वस्त स्रोतले भने यसको कारण अर्कै रहेको दावी गरेको छ।

उक्त स्रोतका अनुसार बुद्धको जन्मस्थल लाई भारतले आफ्नो देशमा पर्छ भनेर प्रचार गर्दै आइरहेको छ। राष्ट्रसंघकै महासचिव लु्म्विनी आएपछि बुद्धको जन्मस्थल नेपालनै हो भनेर विश्वभर सन्देश जाने र भारतको प्रचार ओझेलमा पर्ने निश्चित थियो। यसबाट कसैलाई फाइदा थियो भने त्यो नेपाल र कसैलाई घाटा थियो भने त्यो भारतलाई हुने थियो। यस्तो अवस्थमा कुलचन्द्र गौतमलाई भारतले ठुलो रकम र केही अन्य केही प्रलोभनमा पारेको स्रोतले दावी गरेको छ।

कुलचन्द्र गौतम सयुक्त राष्ट्रसंघको उप महासचिव भइसकेकाले उनको त्यहाँ केहि न केहि पुहँच छ भन्ने आधारमा भारतले उनलाई प्रयोग गर्ने चाहेको पनि दावी गरिएको छ। प्रचण्डसंग दुश्मनी भएकै आधारमा रातारात अमेरिका उडेर उनले भ्रमण रोकाए भन्ने कुरामा दम नभएको राजनैतिक विश्लेषकहरु पनि बताउँछन।

कुलचन्द्र गौतम अत्यन्त महत्वकांक्षी मानिन्छन र उनको सयुक्त राष्ट्रसंघको महासचिव हुने इच्छा पनि थियो। उनी आफनो सानो फाइदाको लागी जे पनि गर्ने मान्छैको रुपमा समेत चित्रित गरिन्छन। प्रचण्ड जसलाई आज उनी सबैभन्दा ठुलो दुश्मन मान्दछन, केही वर्ष अगाडी उनले अमेरिकाकको एउटा कार्यक्रममा प्रचण्डको चाकरी गर्दै मुक्तकण्ठले प्रशंसा गरेका थिए। तर प्रचण्डबाट सहयोग नपाएपछि उनमा ३६० डिग्रीको परिवर्तन आएको बताइन्छ। उनको यस योजनमा साथ रहेका कनकमणि दिक्षित पनि विवादित व्यक्ति हुन्।

@Nepalhorizons

12 Responses to “भारतबाट ठुलो रकममा किनिए कुलचन्द्र गौतम”

  1. Binod said

    bullshit

  2. लेकाली said

    यी तीन टाउके राष्ट्रघातीहरुलाई भारततिरै बास गराइदिन पाए सबैभन्दा बेश हुने थियो । कुलचन्द्र, कनक र सुबोध जस्ता कुलंगार कपुतहरुलाई तह लगाउनु जरुरी छ । देखिने अनुहार यी तीन भए पनि नेपाली काँग्रेसको पनि मिलेमतो चाँही पक्कै छ । चेतना भया ।

  3. Your blame is wrong.

  4. Sangram said

    Wahiyat, it’s because that the nation is still in the process of peace agreement, and at present context if UN’s headman comes 2 our country, the wrong message goes to the into community, all the major political parties are against his arrival @ this phase of time.
    So please Patrakar sathi haru eso kunei bisaya ma bolda ra lekhda, kehi addhyan garera matra lekhne bani basalou. Kata ko kura kata pueaiera… 2005 ma athe ta lumbini ma ban ki mun, esto kaite tarkaharu nadida nei thik hola…

    • cm paudel said

      कुलचन्र्द अमेरिका जानु र वान की मुनले योजना रद्ब गर्नु संजोग पनि हुन सक्छ अथवा वान की मुन भारतद्वारा किनिएका पनि त हुन सक्छन् वा अरु कुनै कारण पनि त हुन सक्छ । हिंजो प्रचण्ड पनि देशको लागि कुलंगार नै थिए जसले हजारौं निर्दोष नेपालीको रगतको खोला बगायो । जसको घाउ उसैलाई थाहा होला त्यो पीडा, हुन त त्यो देशकै पीडा थियो देशका हजारौं संरचनाहरु ध्वस्त भए । देश सयौं बर्ष पछाडी धकेलियो। एउटा देशप्रेमीले यो कालो इतिहासलाई कहिल्यै बिर्सन सक्दैन । यहां अझ पनि प्रचण्ड र ‍Gyaनेन्द्र जस्ता व्यक्तिलाई महान भनेर पूजिन्छ र तिनीहरुलाई ठेस लाग्ने comment लाई आफैलाई ठेस लागे जस्तै delete गरिन्छ । गलतलाई गलत भन्न सिकौं । सोंच सकारात्मक राखौं वास्तविकताको खोजी गरौं ।

      • U r perfectly right.

      • Rupak said

        कनकमणि दिक्षित, कुलचन्द्र गौतम, सुबोधराज प्याकुरेल, चरण प्रसाई, मन्दिरा शर्मा हरु नेपालका गद्दार, बिदेशी दलाल रहेछन ।

        कुल चन्द्र गौतमलाई हामी नेपाली ले गरेको गौरब बेकार भो । बिस्व मानचित्रमा यो हुन लागेको भ्रमनले हामी नेपाली र नेपाललाई पुर्याउन लगेको उचाइ मा ठेस पुगेको छ ।

  5. Rajendra Shovit said

    yesta waiyaat samachar lekhera reporter le ke pramanit garna khojeko ho. jahilai sanka ra hawadari halla failauna matra janeko chha.. bharatle lumbini India maa ho bhandaima bhaihalchha. Jaba Lumbini nepalma ho bhane tyasko promotion ko laagi po lekhnu paryo ni.

  6. Guna Raj said

    नयाँ मण्डलेकरणको जन्म हुँदैछ । बनेको छबी भारती नोटमा माटोमा मिलाए यी कुलांगारहरुले

  7. yi a-rastriya tatwoharu lai deshdrohako abhiyog lagayera desh nikala garnu-pardachha. Kule ,Kanake ra subodhe haru bharatko alikati IC le bikeka dalalharu hun !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: