Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

फ्रान्सको करोडौं कमाइ छाडेर गाउँमा खेती

Posted by Ram Kumar Shrestha on March 19, 2012


शिव शर्मा  माछापुच्छ्रे (कास्की), चैत्र ५ – फ्रान्समा उनको करोडौंको व्यवसाय छ । आवासीय भिसासमेत पाएका उनी यतिखेर कास्कीको दुर्गम गाउँमा फर्केर खेती गर्दै छन् । पोखराका ५६ वर्षीय रमेश गुरुङले विदेशमा कमाएको धन गाउँमा ल्याएर लगानी गरेका छन् । पोखराको बगालेटोलमा रहेको घर छाडेर दुई घन्टाको दूरीमा रहेको एकान्त ठाउँमा उनी खेतीमा व्यस्त छन् ।

फ्रान्समा उनको हस्तकलाको होलसेल पसल छ । त्यसका मासिक एक करोडको कारोबार हुने उनले बताए । ‘३८ वर्ष फ्रान्स बसेर कमाएको सम्पत्तिले मलाई बसेरै खान पुग्छ,’ गुरुङले भने, ‘गाउँमा रहेका बेरोजगार दाजुभाइले रोजगार पाउन् भनेर यता लागेको हुँ ।’  उनलाई  यो व्यवसायमा श्रीमती मायाले साथ दिएकी

छन् । उनले यहाँको भलौदी खोला  र छपाङमा ९५ रोपनी जग्गामा १ करोड ३५ लाख रुपैयाँ लगानी गरेर कृषि व्यवसाय सुरु गरेका हुन् । दुई वर्षअघि फ्रान्सबाट फर्केर उनले व्यवसाय सुरु गरेका थिए । उनले आफ्नो फार्मलाई रेन्बो ट्राउट माछाको ह्याचरी केन्द्र बनाउने उद्देश्य लिएका छन् । अहिले नुवाकोटको ककनीमा मात्रै रेन्बो ट्राउटको ह्याचरी छ । यसका लागि उनले फ्रान्समा रेन्बो ट्राउटसम्बन्धी ज्ञानसमेत लिएर आएका छन् । उनले फार्ममा गाई, बंगुर, हाँस, कुखुरापालनसँगै अग्र्यानिक तरकारी खेतीसमेत थालेका छन् ।  उनले खोलाबाट १ हजार ६ सय वाटको लघु विद्युत् निकाल्ने तयारी पनि गरेका छन् । त्यस्तै गाउँमै पर्यटकीय स्तरको होटलसमेत खोल्ने उनको योजना  छ ।

उनले बनाएका ३० वटा पोखरीमा प्रतिपोखरी ३० देखि ५० हजार ट्राउट माछाका भुरा उत्पादन हुने बताए । फार्मको पूर्वाधार निर्माणमा व्यस्त गुरुङको काम देखेर गाउँले दंग छन् । जीवनसंगिनी माया पनि सहरको मोह त्यागेर श्रीमान्सँगै गाउँमा रमाएकी छन् । ‘केही गरेर देखाउने उहाँ (पति) को चाहनालाई साथ दिन पाउँदा खुसी लागेको छ,’ उनले भनिन्, ‘सहरमुखी हाम्रो समाजलाई बाटो मात्रै देखाउने काम गरेका हौं ।’

कतार छाडेर फर्निचर व्यवसाय

बागलुङ- खाडी मुलुकमा गरेको मेहनत स्वदेशमै गर्दा चार गुणा बढी आम्दानी भएपछि यहाँका पाँच युवाले कतार छाडेर गाउँमै फर्निचर व्यवसाय सुरु गरेका छन् ।

मल्म-५ आँगखेतका पाँच दलित युवाले फर्निचर व्यवसायबाट मासिक डेढ लाख रुपैयाँसम्म अम्दानी भएको जानकारी दिए । चारदेखि ६ वर्षसम्म कतारमा काम गरेर फर्केका किसानबहादुर विक, मनोज विक, कृष्णबहादुर विक, चन्द्रबहादुर विक र भैरम विकले गाउँमै पाण्डुकेशरी फर्निचर उद्योग खोलेका छन् ।

गत असारदेखि सुरु व्यवसायले एक वर्ष नपुग्दै जीवनमा परिवर्तन ल्याउन थालेको उनीहरूको भनाइ छ । कतारमा बस्दा उनीहरूले फर्निचरको काम सिकेका थिए । नेपालमा काम सुरु गरेलगत्तै फर्निचरको माग बढ्न थालेको छ । ‘नजिकका विद्यालय, होटल र विभिन्न संस्थाले फर्निचर अर्डर गरेका छन्,’ नाइके किसानबहादुरले भने, ‘दैनिक आएका माग पूरा गर्न नसक्दा काम गर्ने युवा थप्नुपर्ने आवश्यकता परिसकेको छ ।’ माग बढ्दै गएकाले तत्कालै ७ युवालाई रोजगारी दिने तयारी गरेको विकले बताए ।

‘कतारमा पनि फर्निचरकै काम गर्दा मासिक १४ हजार रुपैयाँ आम्दानी हुन्थ्यो, ४ हजार मात्र बच्थ्यो,’ विकले भने, ‘अहिले मासिक १५ देखि २० हजार त बचत गर्न सकिने भएको छ ।’ गाउँमा व्यवसाय गर्दा सबैबाट सम्मानितसमेत भएको उनले बताए । ६ लाख ५० हजारमा स्थापना भएको उद्योग सञ्चालनका लागि अन्तरिम वन परियोजनाले १ लाख ४१ हजार रुपैयाँ सहयोग गरेको थियो भने अन्य रकम व्यक्तिगत लगानी गरेका हुन् ।

पहिलो वर्षमै लगानी उठाउन सफल भएकाले अन्य युवाहरूलाई समेत विदेश नगई गाउँमै काम गर्न उनीहरूले सल्लाह दिन थालेका छन् । सामुदायिक वन जोगाएर मात्र नभई कटानीछटानी गर्दै व्यवस्थापन गरेमा बढी फाइदा कमाउन सकिने जानकारी पाएपछि उनीहरूले फर्निचर व्यवसायमा लागेका थिए ।  गर्ने सोचाइ बनाएका थिए । योजनाअनुसार दिगो वन व्यवस्थापन कार्यक्रम पनि प्रभावकारी बन्दै गएको पाण्डुकेशरी सामुदायिक वन समितिका अध्यक्ष टोपबहादुर थापाले बताए ।

फ्रान्सको करोडौं कमाइ छाडेर गाउँमा खेती | फिचर | ekantipur.com.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: