Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

सीमाअतिक्रमणका सन्दर्भमा कालापानी समस्या तथा समाधान

Posted by Ram Kumar Shrestha on February 3, 2012


By  रतन भण्डारी

वैभवशाली एवं गौरवमय इतिहास बोकेको विशाल नेपाल आजभन्दा १९५ वर्ष अघि पूर्वमा टिस्टादेखि पश्चिम कुमाउँ गढवाल अठार र बाह्रठकुराइ श्रीमोर हुँदै काँगडासम्म फैलिएको थियो । सन् १८१४-१५ बीच चलेको नेपाल-अङ्गे्रजसँगको युद्धमा नेपालले हार बेहोर्नु पर्दा सन् १८१५ को डिसेम्बर २ का दिन अङ्गे्रजद्वारा नियोजितरुपमा प्रस्तावित सुगौली सन्धि स्वीकार्न नेपाल बाध्य भयो । सुगौली सन्धिकै कारण नेपाल मेचीपूर्व र महाकाली पश्चिमको आफ्नो सम्पूर्ण भूभागमाथिको दाबी त्याग्न पुग्यो । यसको लगत्तै सन् १८१६ डिसेम्बर ८ मा इष्ट इण्डिया कम्पनी सरकारले नेपाललाई मर्का परेको भन्दै एड्वार्ड गार्डनरको नामबाट नेपाललाई पत्र पठाइ केही भूभाग फिर्ता गर्ने निर्णय गर् यो । जसअनुसार सन् १८१६ डिसेम्बर ११ का दिन नेपाल र कम्पनी सरकारबीच एक सहमतिपत्रमा हस्ताक्षर भइ कुसाह र गण्डक नदीबीचको तिरहुत र सरुन तथा गण्डक र राप्ती नदीबीचको तल्लो भाग अर्थात बुटवल सेवराजलगायतको भूभाग नेपालले फिर्ता पायो । त्यसैगरी सन् १८५७ को बङ्गाली सेना तथा त्यसपछिको लखनऊ विद्रोह दमनमा नेपालले सेना पठाई सहयोग गरेकोमा त्यसबाट खुसी भई इष्ट इण्डिया कम्पनी सरकारले महाकाली र राप्ती नदीबीचको बाँके बर्दिया कैलाली र काचनपुर नेपाललाई फिर्ता गर् यो । त्यसैकारण यी जिल्लाहरुलाई नयाँमुलुक भन्ने गरिएको हो ।

सीमा अतिक्रमणको थालनी
सन् १८१५ मा इष्ट इण्डिया कम्पनी र नेपालबीच भएको सुगौली सन्धिको धारा ५ अनुसार “नेपालका राजा तथा तिनका उत्तराधिकारी वा वारेसले काली नदीको पश्चिममा पर्ने देशहरुसितका सम्बन्ध र सबै दाबीहरु परित्याग गर्ने र ती देशहरु वा तिनका बासिन्दासित कुनै चासो नराख्ने” भन्ने सहमतिअनुसार नेपालको पश्चिमी सिमाना महाकाली नदी पूर्व कायम हुनपुग्यो । उक्त सन्धिका कारण महाकाली नदीको सिरानीमा रहेको १२ ब्यास र १४ चौदासका अर्थात ब्यास प्रगन्नाका नामले चिनिने ब्यास क्षेत्रका १२ वटा गाउँहरु दुईतिर बाँडिन पुगे । जसमध्ये गुन्जी नाभी कुटी टिङ्कर र छाङ्ग्रुलगायतका ६ वटा गाउँहरु नेपालतिर पर्न गए भने बाँकी ६ वटा गाउँ भारततिर । यस विषयमा बेलायती एक्टिङ चिफ सेक्रेटरी जे आडम्सले काठमाडौँस्थित बेलायती आवाशीय प्रतिनिधि एडवार्ड गाडर्नरलाई ४ फेबुअरी १८१७ मा पठाएको पत्रको बुँदा ३ मा यसरी लेखेका छन् :  “With respect to the Bum Shah’s claim to the track on the eastern side of Kali, the Governor General in council is of opinion, that according to the Letter of the Treaty, the Government of Nipaul is entitled to the restoration of it, notwithstanding its hither to having been regarded as annexed to the British province of Kumaoon. I am accordingly directed to intimate to you that the acting commissioner for Kumaoon will be instructed to surrender it to the officers of the Nipaulese government.”

तर पछि सन् १८५० मा आएर इष्ट इण्डिया कम्पनीले प्रकाशित गरेको सर्भेयर अफ् इण्डियाको नक्सामा लिम्पियाधुराबाट आउने काली र लिपु भाज्याङबाट आउने लिपुखोलाको नाम उल्लेख गरेन । सन् १८५६ मा जनरल अफ् इण्डिया प्रकाशित गरेको नक्सामा नेपालको सहमति स्वीकृति विनै एकतर्फीरुपमा गैरकानुनी ढंगले सुगौली सन्धिविपरीत दुईदेशबीचको सीमा रेखा लिम्पियाधुराबाट लिपुखोला उल्लेख गर्यो ( हेर्नुहोस् नक्सा सङ्ख्या १) । यद्यपि उक्त नक्सामा लिम्पियाधुराबाट निस्किने नदीलाई भने काली नै भनिएको छ । पछि सन् १८७९ मा सर्भे अफ् इण्डियाले अर्को नक्सा प्रकाशित गरी लिम्पियाधुराबाट निस्कने काली नदीलाई कुटीयाङ्ती तथा लिपुलेकबाट निस्कने नदीलाई कथित काली नाम दियो । खासगरी महाकाली नदीको पानी उपयोग तथा लिम्पियाधुरा क्षेत्रमा तिब्बततर्फको व्यापार व्यवसायलगायतका गतिविधि अघि बढाउन इष्ट इण्डिया कम्पनी सरकारले सुगौली सन्धिको बर्खिलाप यी सब कार्य गर्दै आयो ।

कालापानी समस्या
भारत स्वतन्त्र भइसकेपछि सन् १९६२ को भारत-चीन युद्धताका सो क्षेत्रमा नेपाली सुरक्षाकर्मीको अनुउपस्थिति फाइदा उठाउँदै भारतले उक्त नेपालीभूमि चीन विरुद्ध प्रयोग गर् यो । भारत-चीन युद्धमा भारतीय सेनाको एउटा मोर्चाले नेपालको लिम्पियाधुरा क्षेत्रअन्तर्गत लिपु भाज्याङबाट चीनसँग युद्ध लड्यो । त्यसपछिका दिनहरुमा भने नेपाली भूभाग लिम्पियाधुरा क्षेत्रमा नै ब्यारेक जमाएर बस्न थाल्यो । शुरुमा सीमाचौकी स्थापना गरी केही प्रहरी जवान राखेको भारतले त्यसपछि त अर्धसैनिक बल इण्डो-टिबेटियन बोर्डर पुलिस फोस्र आइटीबीपी को ब्यारेक नै स्थापना गर् यो । सैन्यबलका आधारमा भारतले यतिबेला नेपालको महाकाली नदीको उद्गम लिम्पियाधुरादेखि लिपु भाज्याङसम्मको ३७२ बर्ग किलोमिटरभन्दा बढी भूभाग अतिक्रमण गरेको छ । उक्त अर्धसैनिक बल आइटीबीपीलाई तुल्सीनुराङ कुटी नाभी र गुन्जी सबै नेपाली गाउँहरुमा ब्यारेक संरचनासहित ठूलो सङ्ख्यामा तैनाथ गरेको छ । अत्याधुनिक सुविधासम्पन्न ती सबैतिरका ब्यारेकहरुमा सीसीटीभी क्यामेराहरु जडान गरेको छ । कोही छाङग्रु माथिल्लो कावा लिपु टिङ्कर भाज्याङ पङ्खागाड गुन्जी र नाभीदेखि आएगएको दृश्य ब्यारेकभित्रैबाट हेर्नसक्ने व्यवस्था गरेको छ ।

वास्तवमा हाल भारतको आइटीबीपीको २४ औँ बाहिनी बसेको नेपाली भूभागको नाम “कालापानी” नभई “तुल्सीनुराङ” हो । वास्तविक कालापानी त त्यो भन्दा १७ किलोमिटर माथि लिपु भाज्याङतिर पर्दछ । भारतले त्यहाँ बलजफ्ती आफ्नो सेना राखेपछि नेपालसँग सामना गर्नुपर्ने विवादलाई मत्थर गर्न सो ठाउँको नाम कालापानी नामाकरण गरेको हो । यसका लागि ब्यारेक नजिकै रहेको पानीको मुहानलाई पोखरीमा परिणत गरी उक्त पोखरीको सिरानीमा कालीनामको मन्दिर बनाई कालापानी र कालीमन्दिर नजिकबाट उत्पत्ति हुने नदी नै काली नदी हो भन्ने भ्रम छर्न यो सब नौटङ्की गरेको हो । तर हामी भने अहिलेपनि उक्त भारतीय चालबाजीलाई नबुझी “भारतीय सेना कालापानी छोड” मात्र भनिरहेका छौँ । नेपालीभूमि गुन्जी कुटी र नाभीमा रहेका भारतीय सैनिक क्याम्पबारे धेरै अनभिज्ञ छौँ ,  बेखबर छौँ ।

कहाँ हो कालीको मुहान 
पानीको आयतन जलाधार क्षेत्र ऐतिहासिक नापनक्सा तथा कागजप्रमाणले महाकाली अर्थात काली नदीको उदगमस्थान लिम्पियाधुरा नै हो , जुन कुरालाई पुष्टी गर्ने हामीसँग थुप्रै आधारहरु छन् । ऐतिहासिक नापनक्सा तथा कागजपत्र साक्षी छन् । त्यसैले महाकालीको मुहान लिम्पियाधुरा भएको कुरा निर्विवाद छ । यस विषयमा भारतसँग अनुनयविनय गर्नुपर्ने कारण नै छैन । लिम्पियाधुरा नै महाकालीको उद्गम रहेको धु्रबसत्य अकाट्य छ । प्रचलित अन्तराष्ट्रिय कानुनका सिद्धान्त र मान्यताका आधारमा कुनै नदीको पानीको आयतन बढी भएको नदीलाई मुल नदी र कम भएकोलाई सहायक नदी भनी छुट्याउने गरिन्छ । यस अर्थमा काली नदीको वास्तविक मुहान लिम्पियाधुरा नै भएको प्रष्ट छ । तुल्सीनुराङको तुरतुरे मुहान त के लिपु भाज्याङबाट निस्कने कालीनदीभन्दा थोरै पानी भएको लिपुखोला समेत काली नदी होइन ।

ऐतिहासिक नापनक्साकै कुरा गर्दा सुगौली सन्धि पछि सर्भे अफ् इण्डियाद्वारा प्रकाशित १८१९ देखि १८५६ सम्मका नक्साहरुमा लिम्पियाधुराबाट निस्किने नदीलाई नै प्रष्टरुपमा काली उल्लेख गरिएको छ । सन् १८१६ जनवरी २ मा आरोस्मिथद्वारा लण्डनबाट प्रकाशित “इम्प्रुभ्ड म्याप अफ् इण्डिया” मा महाकालीको उद्गम लिम्पियाधुरा उल्लेख छ हेर्नुहोस् नक्सा सङ्ख्या २ । इष्ट इण्डिया कम्पनीका लागि जेम्स होस्टद्वारा प्रकाशित सन् १८२७ को नक्सामा पनि लिम्पियाधुराबाटै आउने नदीलाई नै काली भनिएको छ (हेर्नुहोस् नक्सा सङ्ख्या ३) । सन् १८३० को “वेष्टन प्रोभिन्सेज अफ् हिन्दुस्तान” (हेर्नुहोस् नक्सा सङ्ख्या ४) सन् १८३५ मा प्रकाशित बाल्डविन तथा काडकको नक्सा सन् १८३७ को जेबी टासिनको नक्सा सन् १८४६ को “एटलस अफ् इण्डिया” (हेर्नुहोस् नक्सा सङ्ख्या ५) सन् १९०३ मा प्रकाशित प्राचीन चिनियाँ एट्लसू सन् १९२१ को एशियाको नक्सा तथा सन् १९१० को “इन्डियन एम्पायर एट सिलोन” आदि सबैमा नेपालको उत्तरपश्चिमी सीमा लिम्पियाधुरा नै उल्लेख छ । बृटिश लाइब्रेरीको इण्डिया अफिस रेकर्डस् एण्ड कलेक्सन्स् नेशनल लाइब्रेरी अफ् चाइना लाइब्रेरी अफ् काङ्ग्रेस वाशिगङ्टन डीसी को जियोग्राफी एण्ड म्याप डिभिजनमा प्राप्त सबै नक्साहरुमा लिम्पियाधुरालाई महाकालीको उद्गमस्थल तथा नेपालको उत्तरपश्चिमी सीमा भनी उल्लेख गरिएको छ ।

लिम्पियाधुरा र भारतीय स्वार्थ
नेपालको सुदूरपश्चिमोत्तर सीमानामा अवस्थित लिम्पियाधुरा नेपाल भारत तथा चीनबीचको त्रिदेशीय विन्दूका रुपमा रहेको छ । यही कारणले गर्दा पनि यस क्षेत्रको आफ्नै खाले विशेष सामरिक महत्व छ । लिम्पियाधुराअन्तर्गतको लिपु भाज्याङ चीनको तिब्बततिर बाह्रै महिना आवतजावत गर्न सकिने प्रमुख नाका हो । यसैकारण परापूर्वकालदेखिनै यो नाका तिब्बतसँगको प्रमुख व्यापारिक नाकाका रुपमा रहेको छ । त्यसैगरी भारतको राजधानी नयाँदिल्लीबाट तिब्बत पुग्ने सबैभन्दा छोटो नाकाका रुपमा लिपु भाज्याङ पर्दछ । निक्कै उचाइमा रहेकोले त्यस क्षेत्रबाट चीनतर्फबाट हुनसक्ने सैन्यलगायतका गतिविधिहरु नियाल्न सकिन्छ । पर्यटकीय दृष्टिकोणले समेत यो क्षेत्र त्यत्तिकै महत्वपूर्ण छ । कैलाश मानसरोवर यात्राका लागि यो नाका प्रमुख प्रवेशद्वारका रुपमा रहेको छ । नेपालको दार्चुला तथा भारतको उत्तरााचलतिरबाट कैलाश मानसरोवर पुग्ने सबैभन्दा छोटो मार्ग पनि यही हो । जहाँ भारतले विगत दुई दशकदेखि आइटीवीपी र कुमाउ मण्डल विकास निगम केएमबीएन को सहयोगमा प्याकेज कार्यक्रमअन्तर्गत हजारौँ भारतीय तिर्थयात्रीहरुलाई कैलाश मानसरोवर दर्शन गराउँदै आएको छ ।

त्यसैगरी कैलाश मानसरोवर पुग्न नसक्ने तिर्थयात्रीहरु परापूर्व कालदेखि नेपालको लिम्पियाधुराक्षेत्रको जोलिङ्कन पर्वतमालामा अवस्थित आदि कैलाश छोटी कैलाश को दर्शन गरी त्यसैको फेदीमा रहेको पार्वतीतालमा स्नान गरेर फर्कने चलन छ । जहाँ आदि कैलाश र पार्वतीतालको दृश्य कैलाश मानसरोवरलाई बिसा्रउने खालको छ । हिन्दू धर्मग्रन्थअनुसार सातवटा कैलाशमध्ये तिब्बतमा रहेको कैलाश मानसरोवरपछि भारतको मणिमहेश श्रीखण्ड श्रीकैलाश किन्नौर पछि नेपालको जोलिङ्कन हिमालमा रहेको आदि कैलाश नाम आउँछ । अर्कोतिर यस क्षेत्रमा प्राकृतिकरुपमै ओम लेखिएको ॐ पर्वतको अनुपम एवं अलौलिक दृश्य महर्षि वेदब्यासले तपस्या गरेको ब्यासगुफा पाँचपाण्डवपर्वत नागनागिनीपर्वत ब्रम्हापर्वत पाण्डव कुटी आदि पवित्र हिन्दू तिर्थस्थल रहेका छन् । वेदब्यासको तपोभूमि भएकै कारण यस क्षेत्रलाई ब्यास उपत्यका भन्ने गरिन्छ । त्यसैगरी पाण्डवहरु स्वर्ग जाने क्रममा यस क्षेत्रमा कुटी बनाइबसेको र पछि त्यही कुटीका नामबाट एउटा गाउँको नाम कुटी रहेको हो भन्ने भनाइ छ । यो क्षेत्र सामरिक महत्व अद्भूत प्राकृतिक सौन्दर्यको खानी पर्यटन विकासको प्रचुर सम्भावना बोकेको क्षेत्र हिमाली वनपैदावार यासा्रगुम्बालगायत बहुमूल्य जडिबुटी भण्डार तथा धार्मिक दृष्टिकोणले समेत उत्तिकै महत्वपूर्ण स्थान रहेको हुँदा भारतले यस पवित्र नेपालीभूमिलाई सैन्यबलका आधारमा हडप्न खोजेको देखिन्छ ।

अर्को महत्वपूर्ण कुरा शारदा तथा तल्लो शारदा ब्यारेजमार्फत महाकाली नदीको ९४ प्रतिशत पानी उपभोग गरिरहेको भारतले महाकाली नदीमाथि आफ्नो आधिपत्य कायम राख्न रणनीतिक हिसाबले लिम्पियाधुराक्षेत्रमाथि हस्तक्षेपको नीति लिएको हो । महाकालीको सिँचितक्षेत्र भारतका प्रभावशाली राजनीतिक दल तथा भूतपूर्व प्रधानमन्त्रीहरुको चुनावी क्षेत्रअन्तर्गत पर्ने भएकोले पनि महाकालीले भारतीय केन्द्रीय राजनीतिमा महत्वपूर्ण स्थान ओगटेको छ । त्यसैगरी पाचेश्वर आयोजना निर्माण गरी महाकालीको पानी भारतले नदी जोड्ने योजनाअन्तर्गत दिल्लीको खानेपानी आपूर्ति गर्दै राजस्थान तथा गुजरातसम्म पुर् याउने खाका यस अघि नै कोरिसकेको छ । यिनै कारणले गर्दा पनि भारत महाकाली नदी जलाधारक्षेत्रको अत्यधिक भूभाग आफ्नो क्षेत्रमा पार्न चाहन्छ । भारतले महाकालीको प्रमुख जलाधारक्षेत्रमा पर्ने लिम्पियाधुरा र कालीनदीको मुहानमाथि अतिक्रमण थाल्नु यो पनि एउटा प्रमुख कारण हो ।

दोषी भारत र जिम्मेवार नेपाल
नेपालको आन्तरिक मामिला जलस्रोत तथा सीमा क्षेत्रमा अतिक्रमण तथा हस्तक्षेप जारी राखेको भारतका विरुद्ध डटेर सामना गर्नुको साटो हाम्रा शासकवर्गहरुको लम्पसारवादका कारण भारतीय हस्तक्षेप दिनानुदिन बढ्दैगएको हो । राजा राणा र काङ्ग्रेसबीच भारतीय संस्थापन पक्षको रोहवरमा वि.स. २००७ सालको भएको दिल्ली सम्झौतादेखि नेकपा माओवादी तथा सात दलहरुबीच २०६२ मा सम्पन्न १२ बुँदे समझदारीसम्म आइपुग्दा भारत प्रत्यक्ष अप्रत्यक्ष रुपमा नेपालको राजनीतिक मार्गचित्र कोर्ने काममा सहभागी बन्दैआएको छ । यसअघि नै कोशी गण्डक र महाकाली फुत्काइसकेको भारतले पछिल्लोपटक सीमाअतिक्रमण जारी राख्दै सुपुर्दगी सन्धि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ूएयरमार्शलू राख्ने लगायतका विषयहरुमा नेपाललाई बारम्वार दबाब दिइरहेको छ । सरकारी तथा निजी कम्पनीहरुमार्फत भारतले अरुण ३ माथिल्लो कर्णाली माथिल्लो मस्र्याङ्ग्दी चैनपुरसेती लिखु ४ दूधकोशी २ दूधकोशी ४ नामलाङ कर्णाली ७ हुम्ला कर्णाली मुगु कर्णाली फुलकोट कर्णाली भेरी १ भेरी २ भेरी ३ आयोजनाहरु आफ्नो पोल्टामा पारेको छ । उसो त तत्कालीन मातृकाप्रसाद कोइराला सरकारले नेपाली सेनाको आधुनिकीकरणका नाममा भारतीय “मिलेट्री मिसन” भित्रयाइ नेपाली सेनाको सङ्ख्या कटौती गर्नुको साथै चीनसँगको उत्तरी सीमा क्षेत्रमा १८ वटा भारतीय सैनिक जाँच चौकी राख्न दिएको थियो । डा. के. आई. िसंह तथा भिमदत्त पन्तको विद्रोहमा समेत मातृका सरकारले भारतीय सेनालाई नेपाल भित्र्याएको थियो ।

यसरी हरेक क्षेत्रमा भारतीय हस्तक्षेप निरन्तर संस्थागत हुँदैजानुमा के भारतको मात्रै हात छ त पक्कै छैन । यसका लागि हाम्रा शासक वर्ग समेत उत्तिकै जिम्मेवार छन । छिमेकीमाथि जाइ लाग्ने अरुको सार्वभौमसत्ता लुट्दै अरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने भारतको पुरानै नीति हो । भारतीय प्रवृति नै हेपाहा मिचाहा तथा विस्तारवादी हो । उ अरुको सहअस्थित्वमा विश्वास गर्दैन । समान व्यवहारभन्दा पनि थिचोमिचोमा रमाउँछ । स्वघोषित कथित ूमहान प्रजातान्त्रिकू देश भारत मत्स्यन्यायमा विश्वास राख्दछ । त्यही भएर यसअघि नै उसले काश्मिर लद्दाख सिक्किम हैदरावाद गोवाजस्ता मुलुकहरुको अस्तित्व मेटाइसकेको छ । उ आफ्नो कथित “सुरक्षा छाता” मुनी सबै छिमेकीहरु माथि एकछत्र शासन गर्न चाहन्छ । यसका लागि भारतले भुटानको परराष्ट्र तथा सुरक्षानीति आफ्नो हातमा लिएर बसेको छ । माल्दिभ्सको सुरक्षा जिम्मा उसैको नियन्त्रणमा छ । श्रीलङ्कामा तमिल टाइगरलाई जन्माएर पछि तमिल टाइगरहरुकै दमनमा सेना पठाइ आफ्नो हस्तक्षेप कायम गरिसकेको छ । पाकिस्तानसँग भारतको जन्मजात शत्रुताको कारण यही हस्तक्षेपकारी नीति नै हो । चीनका हकमा भने भारत सन् १९६२ को युद्धमा नराम्रो हार खाएपछि चुप लागेर बसेको छ । तैपनि भारतसँग चीनको अरुणाचल तथा लद्दाखको सीमा विषयलाई लिएर अहिले पनि विवाद कायम छ । सन् १९७१ मा भारतको सहयोगमा स्वतन्त्र भएको बङ्ग्लादेशको भूभाग डौकीमाथि भारतले दाबी गर्न खोज्दा २००१ को अपि्रल १८ मा दुईतर्फी गोली हानाहानका क्रममा १६ जना भारतीय सैनिकले ज्यान गुमाएपछि भारतले बङ्ग्लादेशसँग सीमा अतिक्रमणको दुस्प्रयास रोकेको छ । तर नेपालको हकमा भने भारतले सीमा अतिक्रमणलगयातका सबैखाले हस्तक्षेप झनझन बढाउँदै लगेको छ ।

त्यसैले पश्चिमी दार्चुलामा भारतीय सेनाको उपस्थिति हाम्रै कमजोरीको परिणाम हो । भारतले कालापानीमा सेना राख्यो मात्र भन्नु त आफ्नो गोजी दह्रो नपार्नु अनि अर्कोलाई चोर् यो भन्नु होइन र हाम्रो भूमिमा पराइ सेनाले दिनदहादै अखडा जमाएर दिनहुँ नेपाल आमाको छातीमा बुट बजार्नु भनेको आफूलाई स्वाभिमानी ठान्ने जोकोही नेपालीका लागि ज्यूदैमरेको अवस्था होइन र आज गुन्जी कुटी तथा नाभीजस्ता नेपाली गाउँहरुमा रहेका आफन्तलाई भेट्न दार्चुलाबासी जनताले भारतबाट अनुमतिपत्र लिनु कतिसम्मको सह्य कुरा हो आफ्नै देशमा आवतजावत गर्न पनि अर्को देशको अनुमति लिनुपर्ने हामी कस्तो देशका नागरिक हौँ यो सबै परिणाम हाम्रो नालायक शासकवर्गको गैरजिम्मेवारीपनको पराकाष्ठा होइन र यसले हाम्रो सरकार आफ्नो माटो र नागरिकप्रति कति जिम्मेवार छ भन्ने कुरा प्रष्टयाउँदैन र आजको वैज्ञानिक युगमा पनि आफ्नो साँधसीमा चुस्तदुरुस्त राख्नु सरकारको दायित्व हो कि होइन तर लाजमर्दो कुरा हाम्रो सरकारले सन् १९६३ मा नेपाल-चीनबीच भएको सीमा सम्झौतामा सुगौली सन्धिलगायतका ऐतिहासिक दस्तावेजहरुको अध्ययन नै नगरी ऐतिहासिक कागजात सीमानक्सा केही पनि नहेरी राष्ट्रिय अखण्डता तथा सार्वभौमिकतामा आँच आउने गरी हचुवाका भरमा लिपुपासलाई त्रिदेशीय विन्दु मान्न पुग्यो । हेर्नुहोस् नक्सा नं ६ । जबकि सुगौली सन्धिले नै लिम्पियाधुरालाई त्रिदेशीय विन्दुको मान्यता दिएको अवस्था छ । त्यसैगरी सन् १९७५ देखि आफैँ नक्सा तयार गर्दैआएको नापी विभागले समेत सुगौली सन्धियताका कुनै पनि ऐतिहासिक दस्तावेज तथा नापनक्सा नहेरी हचुवाकै भरमा सन् १९९३ मा प्रकाशित नक्शामा नेपालको पश्चिमी सीमाना लिम्पियाधुरा नभइ लिपुखोलालाई नै तोकेको छ हेर्नुहोस न ६ । यसबाटै हाम्रो सरकार शासकवर्ग तथा कर्मचारीतन्त्रको नालायकीपन प्रष्टै झल्कन्छ ।

समस्या समाधानका प्रयासहरु
पश्चिमी दार्चुलामा रहेको भारतीय सेना हटाएर उक्त क्षेत्रमा आफ्नो उपस्थिति कायम गर्ने ठोस प्रयास सरकारबाट अहिलेसम्म पनि भएको छैन । भारत चीन युद्धताका अर्थात राजा महेन्द्रको सकि्रय शासनकालमा १९६२ पछि लिम्पियाधुरा क्षेत्रमा छिरेको भारतीय फौजबारे जानकारी नै नभएको बहानामा पाचहरु पाचायतकालभरि मुखमा दही जमाएर बसे । तर महाकाली अाचलका तत्कालीन अाचलाधीश तथा प्रमुख जिल्ला अधिकारीहरुले यस विषयमा केन्द्रमा पठाएको जानकारीअनुसार लिम्पियाधुरा क्षेत्रमा भारतीय सैनिक घुसपैठ बारे पाचायती शासकहरु अनभिज्ञ थिए भन्न मिल्दैन । र पनि खै के कारणले गर्दा हो पाचायतकालमा यस विषयमा कही कतै कुरो उठेन । बरु उल्टै सन् १९६५ मा पाचायती सरकारले भारतसँग हातहतियार तथा सेनासम्बन्धी गोप्य सम्झौता गर् यो ।

तर कालापानी समस्याको समाधान खोज्ने प्रयास भने २०४६ सालको राजनीतिक परिर्वतन पछि मात्रै भएको हो । खासगरी नागरिकस्तरमा यस विषयमा आवाज उठ्न थाले पछि कालापानी समस्या चर्चा बटुल्न सफल भयो । विभिन्न विज्ञविशेषज्ञ तथा इतिहासकारहरुले यस विषयमा लेख्नबोल्न थाले । जनस्तरमा महाकाली नदीको मुहान लिम्पियाधुरा हो भन्ने पहिलो व्यक्ति चेतेन्द्रजङ्ग हिमाली हुन् भनी सीमाविद् बुद्धिनारायण श्रेष्ठले आफ्नो पुस्तक “नेपालको सीमाना” को पहिलो संस्करणमा उल्लेख गरेका छन् । तत्पश्चात २०५१ सालको मध्यावधि निर्वाचनपछि यस मुद्दालाई दार्चुला जिल्लाबाट जननिर्वाचित सांसद् प्रेमिसंह धामीले सदनमा उठाएपछि कालापानी समस्याले सडकदेखि सदनसम्म स्थान पाएको हॊ । यसपछिका दिनहरुमा कालापानी मुद्दाले सदनदेखि सडकसम्म झनै चर्चा बटुल्न सफल भयो । यसक्रममा तत्कालीन सभामुख रामचन्द्र पौडेलको नेतृत्वमा वर्तमान प्रधानमन्त्री झलनाथ खनालसहितको संसदीय टोलीले २०५३ मङ्सिरमा हेलिकोप्टरबाट लिम्पियाधुराक्षेत्रको हवाइ अनुगमन गर् यो । सो टोली तुल्सीनुराङमा रहेको भारतीय सैनिक क्याम्पमा समेत पुगेको थियो । तर पनि यस समस्याको समाधानतिर ठोस प्रगति हुनसकेन । नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधीनताका विषयमा लामो समयदेखि जोडदार अभियान गरिरहेको “राष्ट्रिय सरोकार समाज” ले समेत यस मुद्दालाई थप बहस र छलफलमा ल्याउन ठूलो भूमिका निर्वाह गर् यो । यसबीच “राष्ट्रिय सरोकार समाज” तथा महाकाली सन्धि प्रतिरोध आन्दोलनूले तत्कालीन भारतीय प्रधानमन्त्री आइ. के. गुजरालको नेपाल भ्रमणको बेला २०५५ जेष्ठ २३ गतेका दिन कालापानी समस्या समाधानार्थ नेपालको कुटी गुन्जी र नाभीबाट भारतीय सेना हटाउनुका साथै असमान महाकाली सन्धि निशर्तरुपमा खारेज गर्नुपर्ने मागसहित भारतीय दूतावासमार्फत ज्ञापनपत्र बुझायो । सो क्रममा प्रधानमन्त्री गुजरालले पुराना अभिलेख कागजात तथा नापनक्साका आधारमा कालापानी विवाद समाधान गर्न भारत सरकार तयार रहेको प्रतिकि्रयासम्म दिए । तर व्यवहारमा यो समस्या समाधानको दिशातिर अघि बढ्नै सकेन । यसबीचमा विभिन्न बामपन्थी पार्टीहरुले समेत कालापानी समस्याको सही समाधानका लागि राष्ट्रसङ्घलाई पत्र लेख्ने काम गरे ।

अर्कोतिर नेपालगाज महाधिवेशनपछि नेपाल कम्युनिष्ट पार्टी एमाले फुटेर माले एमाले भइसकेपछि यो मुद्दा नेकपा माले निकट विद्यार्थी संगठन “अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन अनेरास्ववियू” ले बोक्यो र कालापानी मार्चसहित विरोधप्रदर्शनमा उत्रियो । यस मार्चका क्रममा अनेरास्ववियूले भारतीय सैनिक क्याम्प क्षेत्र नजिक पुगी ज्ञापनपत्र बुझाउन खोज्दा अगाडि नबढ्ने चेतावनीसहित भारतीय सैनिकहरुले माइकिङ गरेपछि कालापानीमा प्राण आहुती दिन हिँडेका विद्यार्थी नेताहरुको टोली ६ सय मिटरवरै खुकुरी नाच देखाएर फक्र्यो । पछि एमाले र मालेबीच एकीकरण भएपछि फेरि यो मुद्दा त्यसै बिलाएर गयो । भनिन्छ कालापानी मार्चमा सहभागी केही विद्यार्थी नेताहरुलाई त्यसपछि त जवाहरलाल नेहरु विश्वविद्यालयमा भारत सरकारको छात्रवृतिमा विभिन्न विषयमा स्नातकोत्तर एमफिल तथा विद्यावारिधिको अवशर जुट्यो ।

त्यसैगरी २०५६ साल माघमा तत्कालीन अर्थमन्त्री डा। रामशरण महत र गोविन्दराज जोशीको टोलीले यस क्षेत्रको भ्रमण गर्नखोज्दा भारतले अनुमति नदिएका कारण रोकिएको थियो । पछिल्लोपटक अर्थात् २०६७ साल राष्ट्रिय स्वाधीनताको नारासहित आन्दोलनमा उत्रेको एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी ले अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कालापानीमा सम्बोधन कार्यक्रम तय गरेको थियो । तर पछि प्रतिकूल मौसमको कारण देखाइ अध्यक्ष प्रचण्डको उक्त कार्यक्रम टनकपुरमा सारियो । त्यसैगरी यस विषयमा कर्मचारीतहमा पटकपटक नेपालका प्रधानमन्त्रीहरुको भारत भ्रमण र भारतीय प्रधानमन्त्री तथा मन्त्रीहरुको नेपाल भ्रमणका बेला मसिनो स्वरले बेलाबखत कुरा उठ्दै आए तापनि ठोस निकास भने अहिलेसम्म पनि निस्कनसकेको छैन । अहिलेसम्म आइपुग्दा पनि यो समस्या सल्टिनुको सट्टा झन्झन् बल्झिरहेको अवस्था छ ।

अर्को बिडम्बना महाकालीको मुहानको टुङ्गै नलागी लिम्पियाधुराक्षेत्रमा भारतले नेपाली भूमिमा सेना राखिरहेकै अवस्थामा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराइले नेपालको एकलौटी नदी महाकालीलाई आफ्नो भारत भ्रमणका बेला दुईदेशबीचको “साझा नदी” को मान्यता दिएर आए । सन् १९८० को दशकमा भारतले नेपालको स्वीकृति र सहमतिबिना नेपालभूमि मिचेर गैरकानुनीरुपमा निर्माण गरेको टनकपुर ब्यारेजलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले वैधता प्रदान गरे । कोइरालाले आफ्नो भारत भ्रमणको बेला सन् १९९१ डिसेम्बर ६ का दिन टनकपुर सम्झौता गरी सहमति भन्दै ब्यारेजमा परेको २।९ हेक्टर नेपाली भूमि भारतलाई सुम्पेर आए । टनकपुर सम्झौतालाई राष्ट्रघाती सम्झौता भन्दै राजनीति गर्दैआएको नेकपा एमाले पछि महाकाली सन्धिमा आएर चिप्लियो । महाकाली नदीलाई विधिवतरुपमा भारतलाई कन्यादान गर्नेमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेको विशेष भूमिका रह्यो । एमालेकै कारण महाकाली सन्धि सदनको दुईतिहाइ बहुमतले अनुमोदन हुनपुग्यो । महाकाली नदीको कन्यादानमा पशुपतिशम्शेर राणादेखि प्रकाशचन्द्र लोहनीजस्ता पूर्व पाचहरुले समेत उत्तिकै सकि्रय भूमिका निर्वाह गरे । यसरी काङ्ग्रेस एमाले तथा पूर्वपाचहरुको अप्राकृतिक गठबन्धनले नेपालको एकलौटीरुपमा रहेको महाकाली नदी भारतलाई बुझाउने काम गर् यो । महाकाली सन्धिले नै प्राविधिक आयु सकिएको शारदा ब्यारेजको म्याद अरु ७५ वर्ष थप्यो ।

निष्कर्ष

नेपालजस्तो स्वतन्त्र र सार्वभौम छिमेकी मुलुकको भूमि दिनदहाडै हडप्दै गैरकानुनीरुपमा आफ्नो सैन्य उपस्थितिसमेत कायम गरेबाट भारतको धमिलो छबि अहिले अन्तर्राष्ट्रिय जगतमा समेत उदाङ्गिएको छ । उसले आफ्ना यस्ता काला कर्तुतहरु ढाकछोप गर्नका अनेकौँ हतकण्डा अपनाउँदै आएको छ । नेपाली भूमि तुल्सीनुराङमा रहेको सैनिक ब्यारेक नजिकको तुरतुरे मुहानलाई महाकाली मुहानका रुपमा प्रस्तुत गर्दैआएको छ । तर भारतले जतिसुकै प्रयत्न गरेपनि लिम्पियाधुराबाट निस्किने काली नदी लिपुलेकबाट बग्ने छैन । पानीको आयतन ऐतिहासिक कागजप्रमाण नापनक्सा र अन्तर्राष्ट्रिय कानुनका दृष्टिले लिम्पियाधुराबाट निस्किने नदी नै महाकाली भएको तथ्य कहीँबाट छुप्ने छैन ।

तसर्थ पश्चिमी दार्चुलाको लिम्पियाधुराक्षेत्रमा भारतीय सैन्यवलको उपस्थिति नेपाली अस्मितामाथिको नाङ्गो बलात्कार भएकोले यसको दिगो उपचार खोजिनु जरुरी छ । समस्याको समाधान नखोजिए हाम्रो सार्वभौमिकता एवं राष्ट्रिय अखण्डतामामाथि प्रश्नमात्र उठ्ने छैन भारतले यस्तो हस्तक्षेपमा निरन्तरता दिँदै जानेछ । त्यसैले लिम्पियाधुरादेखि लिपुलेकसम्मको नेपालको अखण्ड भूमि भूभाग भारतले छोड्नै पर्छ । यसका लागि नेपाल सरकारले कुटनीतिक तवरले हुन्छ वा अन्य उपायले तर भारतसँग सक्दो चाँडो छलफल गरी समस्याको स्थायी समाधान खोज्न जरुरी छ । राष्ट्रिय स्वाभिमान तथा राष्ट्रिय अखण्डतासँग जोडिएको यस्तो गम्भीर मुद्दालाई कुनै पनि राजनीतिक दलहरुले सही तरिकाले उठान उनु जरुरी छ । गरी समाधानको बाटो पक्डिनु जरुरी छ । राष्ट्रियताका यस्ता मुद्दालाई विगतका दलहरुझै आफ्नो चुनावी राजनीतिक भर् याङ बनाउने छुट कसैलाई पनि छैन । समस्या समाधानार्थ नेपाल सरकारले भारतसँग ठोस कदम चाल्न जरुरी छ । यसका साथै सन् १९५० को कथित शान्ति तथा मैत्री सन्धिदेखि लिएर असमान कोशी गण्डक र महाकाली सन्धिको पुनरावलोकन एवं आवश्यकताअनुसार खारेजी गर्न आवश्यक छ । त्यस्तै पाँच दर्जन बढी स्थानमा भारतद्वारा भइरहेको सीमा अतिक्रमणलाई रोक्न तथा महाकाली सन्धि र पाचेश्वर आयोजनामा भएका गल्तीलाई सच्चाउन नेपाल सरकार तथा जिम्मेवार राजनीतिक दलहरु चुक्नुहुन्न । यी समस्याको समाधानका निमित्त भारतसँगका कुटनीतिक पहलहरु असफल भएमा संयुक्त राष्ट्रसङ्घदेखि लिएर अन्तर्राष्ट्रिय अदालत र विभिन्न विवाद समाधानसम्बन्धी निकायहरुको ढोका ढक्ढक्याउने विकल्पका लागि पनि तयार हुनुपर्दछ ।

(लेखक जल तथा ऊर्जा उपभोक्ता महासङ्घ-नेपाल तथा राष्ट्रिय सरोकार समाजसँग आवद्ध हुनुहुन्छ)

साभारः नेपाल टिष्टादेखि सतलजसम्म प्रमाणित दस्तावेज किताब आफैँ बोल्छ ! लेखक/सम्पादकः गोपाल कोइराला त्यागी । प्रकाशकः पद्म-भागिरथा प्रकाशन इनरुवा सुनसरी । २०६८

One Response to “सीमाअतिक्रमणका सन्दर्भमा कालापानी समस्या तथा समाधान”

  1. cm paudel said

    त्यसैले पश्चिमी दार्चुलामा भारतीय सेनाको उपस्थिति हाम्रै कमजोरीको परिणाम हो । भारतले कालापानीमा सेना राख्यो मात्र भन्नु त आफ्नो गोजी दह्रो नपार्नु अनि अर्कोलाई चोर् यो भन्नु होइन र हाम्रो भूमिमा पराइ सेनाले दिनदहादै अखडा जमाएर दिनहुँ नेपाल आमाको छातीमा बुट बजार्नु भनेको आफूलाई स्वाभिमानी ठान्ने जोकोही नेपालीका लागि ज्यूदैमरेको अवस्था होइन र

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: