Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

‘एसएसबीले सतायो’

Posted by Ram Kumar Shrestha on January 14, 2012


ब्रह्मदेव (कञ्चनपुर), माघ १ –

सीमा बजार ब्रह्मदेवको नेपाली भूभागमा स्थानीय एक व्यवसायीले घर निर्माण गरिरहेको विषयलाई लिएर सीमा क्षेत्रमा तैनाथ एसएसबीले सर्वसाधारणलाई सताउन थालेको छ । सीमापारि टनकपुरतर्फ आउजाउ गर्दा तथा भारतीय बजारबाट घरायसी प्रयोगका सामानसमेत ल्याउन रोक लगाएर एसएसबीले त्रसित तुल्याएको स्थानीय बासिन्दाहरू बताउँछन् ।

सामान्य उपचारदेखि दैनिक उपभोग्य वस्तु किनमेल गर्न सीमापारिको टनकपुरमा निर्भर यहाँका बासिन्दा एसएसबीले सातायता खासगरी ब्रह्मदेव बजार क्षेत्रकालाई दुःख दिन थालेको हो । ‘बर्सेनि पटकपटक केही न केही निहुँ खोजेर हामीलाई एसएसबीले दुःख दिँदै आएको छ,’ ब्रह्मदेव ट्रेड युनियनका अध्यक्ष व्यवसायी खड्कसिंह भाटले भने, ‘नेपाली भूभागमा घर निर्माण भइरहेको विषयलाई लिएर यहाँका सबैलाई दुःख दिइरहेको छ ।’

डेढ महिनाअघि टनकपुरको तटबन्ध नजिकै वषौर्ंदेखि बसोबास गर्दै आएको नेपालतर्फको भूभागमा रामसिंह कार्कीले घर निर्माण सुरु गरेका हुन् । घरको छत ढलान गर्ने अवस्थामा पुगेको बेला ५ दिनअघि एसएसबीको टोली आएर घर निर्माण भइरहेको ठाउँ भारतीय सीमा क्षेत्रमा पर्ने भएकाले निर्माण तत्काल बन्द गर्नु भनेको रामसिंह बताउँछन् । एसएसबीका सवइन्स्पेक्टरले घरको फोटो खिचेकोमा रामसिंहका छोरा इन्द्रले विरोध गरी खिचेको फोटो डिलिट गर्न लगाएपछि विवाद चर्केको हो ।

‘कार्कीको घर पुगेर फर्केपछि एसएसबीले यहाँका सर्वसाधारणलाई टनकपुरतर्फ आउजाउ गर्दा सताउन थालेको हो,’ स्थानीय इन्द्रसिंह धामीले भने, ‘हिजोआज त टनकपुरबाट र्फकंदा १ किलो चिनी र नुनसमेत ल्याउन दिँदैनन् ।’ उनले आसपासका बासिन्दालाई नसताए पनि ब्रह्मदेव बजार क्षेत्रकालाई भने केही दिनयता एसएसबीले त्रसित पारेको बताए ।

कार्कीले घर निर्माण गरिरहेको ठाउँ नेपाली भूभागमा पर्ने भए पनि जग्गाको स्वामित्वको विषय भने विवादित छ । एसएसबीले उक्त ठाउँ भारतको सीमाभित्र पर्ने बताइरहेकै बेला यहाँको सिद्धनाथ सामुदायिक वन समितिले जग्गा समितिको भएको दाबी गरेको छ । ‘जग्गा र घर निर्माणको विवाद नेपालभित्रको हो,’ रामसिंह कार्कीले भने, ‘२२ वर्षदेखि यही ठाउँमा बसोबास गर्दै आएको छ, वषर्ायाममा घरभित्र पानी पस्ने भएकाले पक्की घर निर्माण गर्न लागेको हुँ ।’ उनले आफूसमेत ३८ जना व्यवसायी सीमा क्षेत्र नजिकको नेपाली क्षेत्रमा टहरा बनाई व्यापार व्यवसाय गर्दै आएको बताए । आफूजस्तै अन्य व्यवसायीहरूले पनि टिनको छाना भएको पक्की घर बनाएको बताए ।

कार्कीले घर निर्माण गरेको विषयमा ब्रह्मदेववासीभित्रै विवाद देखिन्छ । तर उनीहरू भारतीय सुरक्षा बल -एसएसबी) नेपाल पसेर नेपाली भूभागलाई आफ्नो बताउनु र घर निर्माणको विषयलाई लिएर स्थानीय बासिन्दालाई सीमा क्षेत्रमा सताउन थालेको घटनाप्रति निकै आक्रोशित छन् । ‘नदीमा पर्ने ३ नं. सीमास्तम्भ उनीहरूले गायब गरेका छन्,’ स्थानीय वृद्ध मानसिंह धानुक भन्छन्, ‘यहाँको स्पष्ट सीमांकन नभएसम्म एसएसबीले बर्सेनि हामीलाई दुःख दिइरहेकोछ ।’ भारतले कार्कीको घर भएको ठाउँसम्म मात्र होइन पक्की सडक निर्माण भएको दायाँ बायाँका ३८ पसल रहेको ठाउँसमेत भारतको हो भन्दै स्थानीयवासीलाई त्रसित पार्न थालेको धानुकले बताए ।

यसैबीच सामुदायिक वन समितिको निवेदनका आधार र विवादित सीमा क्षेत्र भएका कारण कार्कीलाई घर निर्माण कार्य रोक्न ब्रह्मदेव प्रहरी चौकीले आदेश दिएको छ । ‘घर निर्माण त निहुँमात्र हो,’ खड्कसिंह भाटले भने, ‘आफ्नै देशभित्र पनि बस्न अप्ठ्यारो भएको छ, सरकारले सीमा समस्या तत्काल टुंगो लगाउनुपर्छ ।’‘एसएसबीले सतायो’ | राजनीति | देश | ekantipur.com.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: