Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

भारतीय सीमा सुरक्षा बलद्वारा मध्यराति नेपाली गाउँलेमाथि आक्रमण

Posted by Ram Kumar Shrestha on January 10, 2012


भारतीय सीमा सुरक्षा बलद्वारा मध्यराति नेपाली गाउँलेमाथि आक्रमण

इनरुवा, पुस २६ – भारतीय सिमा सुरक्षा वल (एसएसबी)का जवानहरुले नेपाली गाउँमा प्रवेश गरी गाउँलेहरुलाई कुटपीट गरेका छन् । एसएसवीले घर घरबाट गाउँलेलाई निकालेर कुट्दा ९ जना घाइते भएका छन् ।

सोमबार मध्यराति भारतीय सीमासंग जोडिएको सुनसरीको घुस्कीका बासिन्दालाई हतियारधारी एसएसबीले कुटपिट गरेको हो ।

करिव २० जनाको समूहमा आएका एसएसबीले महिला पुरुष केही नहेरी कुटपिट गरे । घाइते मध्ये तीन महिला समेत छन् । घाइतेहरुको हात खुट्टा, मुख र छातिमा गम्भीर चोट लागेको छ ।

राति १२ वजे अचानक एसएबीहरु घर-घरमा प्रबेश गरी कुटपटि गर्न थालेपछि स्थानीय बासिन्दाको भागाभाग चलेको थियो । एसएसबीको कुटाइवाट घुस्की ५ का कलमुद्धिन मियाँ, सलिम मियाँ, तजमुल मियाँ, परिविना खातुन, रविना खातुन घाइते रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै कुटाइवाट घुस्की ६ का जिवराइल मियाँ, मतनी खातुन, अल्जेबुल मियाँ र नसमुद्धिन मियाँ पनि घाइते छन् । घाइतेहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । एसएसबीको उक्त रबैयापछि स्थानीयवासी त्रसित छन् भारतीय सीमा सुरक्षा बलद्वारा मध्यराति नेपाली गाउँलेमाथि आक्रमण | मुख्य समाचार | ekantipur.com.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: