Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

पश्चिम सेती र तीन राजमार्ग निर्माण सम्झौताको तयारी

Posted by Ram Kumar Shrestha on December 9, 2011


सन्तोष घिमिरे/नयाँ पत्रिका
1. हिल्सा—मुसिकोट, किमाथान्का—विराटनगर तथा बेनी जोड्ने तीन  राजमार्ग निर्माण, सात सय ५० मेगावाटको पश्चिम सेती परियोजनामा चिनियाँ लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षरको तयारी
2. सिगात्से तराई हुँदै बिहार जोड्ने उत्तर-दक्षिण रेलसञ्जाल विस्तार, चार सय मेगावाटको नर्सिङ्घाट, ६ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना र द्वन्द्व व्यवस्थापनमा सहयोगको प्रस्ताव गरिने

काठमाडौं, २१ मंसिर
चिनियाँ प्रधानमन्त्री वेन जिआ वाओको नेपाल भ्रमणका क्रममा पश्चिम सेती जलविद्युत् परियोजना र तीन राजमार्ग निर्माणसहितका पूर्वाधार विकासमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरको तयारी भएको छ । महत्त्वाकांक्षी परियोजनामा चिनियाँ सहयोगको प्रस्ताव गर्ने तयारीसमेत सरकारले गरेको छ ।

चिनियाँ प्रधानमन्त्री वेन एक सय एक सदस्यीय टोलीसहित तीनदिने भ्रमणमा ५ पुसमा नेपाल आउँदैछन् । भ्रमणका क्रममा तीन राजमार्ग निर्माण तथा पश्चिम सेती परियोजनामा लगानी गर्ने समझदारीमा हस्ताक्षर हुनसक्ने र उत्तर-दक्षिण जोड्ने रेलमार्ग निर्माणमा सहयोगका लागि प्रस्ताव गरिने मन्त्रीहरूले बताएका छन् । उनीहरूका अनुसार द्वन्द्वपीडित र लडाकु पुनस्र्थापनाका लागि आवश्यक पर्ने रकम सहयोग माग्ने तयारीसमेत भएको छ ।

चिनियाँ प्रधानमन्त्रीको भ्रमणमा हुनसक्ने सहयोग घोषणा तथा द्विपक्षीय सम्झौता हस्ताक्षरसम्बन्धी विषयमा बुधबार विभिन्न मन्त्रालयका मन्त्रीबीच छलफल भएको छ । अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री पोष्टबहादुर बोगटी, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, वाणिज्यमन्त्री अनिल झा र भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीसहित ती मन्त्रालयका उच्च अधिकारीबीच सहयोगबारे छलफल भएको हो ।

भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले चिनियाँ प्रधानमन्त्रीको भ्रमणमा विशेषगरी पूर्वाधार विकास र राजमार्ग निर्माणमा चिनियाँ सहयोगबारे विभिन्न समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भएको बताए । उनका अनुसार उत्तरतर्फ चीन र दक्षिणतर्फ भारतलाई जोड्ने गरी तीनवटा राजमार्ग निर्माणमा सघाइदिन चीनलाई आग्रह गरिसकिएको छ ।

‘चिनियाँ प्रधानमन्त्री वेनको भ्रमणलाई सरकारले विशेष महत्त्व दिएको छ,’ मन्त्री त्रिपाठीले बुधबार साँझ नयाँ पत्रिकासँग भने, ‘प्रधानमन्त्री वेनको भ्रमणमा हिल्सा—मुसिकोट, किमाथान्का—विराटनगर तथा बेनी जोड्ने तीन राजमार्ग निर्माणमा चीनले अनुदान दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने सम्भावना छ ।’

दीर्घकालीन महत्त्व राख्ने परियोजनामा चीनको सहयोग माग्ने तयारी पनि भएको मन्त्री त्रिपाठीले जानकारी दिए । उनले भने, ‘सिगात्से—खासा रेलसञ्जाललाई त्यतिमै मात्र सीमित नराखी स्याप|mुबेँसी, गल्छी, आबुखैरेनी तथा तराईका विभिन्न भूभाग हुँदै भारतको बिहारसम्म जोड्ने गरी परियोजना निर्माण गरिदिन चीनलाई आग्रह गर्ने हाम्रो तयारी छ ।’

मन्त्री त्रिपाठीले दुई छिमेकी मुलुक चीन र भारतका बीचमा नेपालले ‘टे्रड रुट’ का रूपमा काम गर्नका लागि उत्तर-दक्षिण रेल सञ्जाल परियोजना फलदायी हुने बताए । चीनले आफ्नो रेलसेवालाई केरुङ्तर्फ पनि जोड्दै छ ।

चिनियाँ प्रधानमन्त्रीको भ्रमणमा हुनसक्ने सहयोग घोषणा तथा द्विपक्षीय सम्झौताबारे बुधबार छलफल भएको छ । अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री पोष्टबहादुर बोगटी, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, वाणिज्यमन्त्री अनिल झा र भौतिक योजना तथा निर्माण मन्त्री त्रिपाठीसहित ती मन्त्रालयका उच्च अधिकारीबीच सहयोगबारे छलफल भएको हो ।

ऊर्जामन्त्री बोगटीका अनुसार चिनियाँ प्रधानमन्त्री वेनको भ्रमणमा बहुप्रतिक्षित सात सय ५० मेगावाटको पश्चिम सेती परियोजनामा चिनियाँ एक्जिम बैंकले एक अर्ब ६० करोड अमेरिकी डलर लगानी गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने सम्भावना छ । ‘पश्चिम सेती परियोजनामा चिनियाँ लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने सम्भावना बढेको छ,’ मन्त्री बोगटीले नयाँ पत्रिकासँग भने ।

त्यस्तै, चार सय मेगावाटको नर्सिङ्घाट जलविद्युत् आयोजना तथा ६ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्नसमेत सरकारले चीनलाई आग्रह गर्ने मन्त्री बोगटीले जानकारी दिए । चीनले निर्यात आयात -एक्जिम) बैंकमार्फत आयोजनामा एक अर्ब ६० करोड अमरिकी डलर -एक खर्ब १६ अर्ब रुपैयाँ) लगानी गर्ने सहमति जनाइसकेको छ ।

चीनले उपलब्ध गराउने एक अर्ब ६० करोड डलरमध्ये आधा रकम सहुलियतपूर्ण र आधा रकम व्यापारिक ऋणमा उपलब्ध गराउन सकिने जानकारी नेपाल सरकारलाई गराएको छ । नेपाल सरकारले भने सम्पूर्ण रकम सहुलियत रूपमा उपलब्ध गराउन चीन सरकारलाई आग्रह गर्दै आएको छ । चीनले दिने ऋणको अवधि करिब २८ वर्षको हुने बताइएको छ । बुढीगण्डकी परियोजनाको कुल लागत एक खर्बभन्दा बढी हुने अनुमान छ ।

मन्त्री त्रिपाठीका अनुसार वेनको भ्रमणमा सरकारले द्वन्द्वपीडितहरूको सहयोग, स्वेच्छिक अवकाश लिएर पुनस्र्थापित जान चाहने माओवादी लडाकुका लागि चाहिने आवश्यक रकम सहयोग गर्न पनि चीन सरकारसँग प्रस्ताव गर्नेछ । ‘द्वन्द्व व्यवस्थापनका लागि नेपाललाई ठूलै धनराशीको आवश्यकता छ,’ त्रिपाठीले भने, ‘यसका लागि प्रधानमन्त्री वेनको भ्रमणमा सहयोगको आग्रह गरिनेछ ।’ चीनसँग कति रकम माग्ने भन्ने तय हुन बाँकी रहेको पनि उनले बताए ।
वाणिज्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वेनको भ्रमणका क्रममा चीनले द्विपक्षीय लगानी तथा सुरक्षण सम्झौता -बिप्पा) मा हस्ताक्षर गर्न नेपाललाई आग्रह गर्ने सम्भावना छ । ‘भारतसँग बिप्पा सम्झौता भइसकेको छ । चीनबाट त्यसखालको प्रस्ताव आए हामीले स्वीकार्नुपर्ने हुन्छ,’ ती अधिकारीले भने । उनका अनुसार चीनसँगको ४३ अर्बको व्यापार घाटा अन्त्यका लागि पनि विशेष आग्रह गरिने भएको छ ।

चिनियाँ प्रधानमन्त्रीले नेपालमा यसअघि एकपटक भ्रमण गरेका थिए । तत्कालीन चिनियाँ प्रधानमन्त्री झु रोङ्जीले सन् २००१ मा नेपाल भ्रमण गरेयता चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमण भएको छैन । चिनियाँ प्रधानमन्त्री वेन विशेष विमानमा भ्रमण टोलीसहित ५ पुसको अपराह्न ६ः३० मा त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछन् ।

चिनियाँ प्रधानमन्त्री वेनको भ्रमणमा तिब्बतविरोधी गतिविधिलाई नियन्त्रण गर्न सरकारले कदम चालिरहेको र एक चीन नीतिप्रति प्रतिबद्ध रहेको जानकारी गराइने प्रधानमन्त्री डा. बाबुराम भट्टराईका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले बताए । ‘चीनको सुरक्षा संवेदनशीलता र अखण्डताप्रति नेपाल सचेत भनेर आश्वस्त गराउने हाम्रो प्रयास रहनेछ,’ उनले भने ।

नेपालमा अहिले २५ हजार तिब्बती शरणार्थीले आश्रय लिइरहेका छन् । ‘कतिपय पश्चिमी देशहरूले तिब्बती शरणार्थीलाई उचाल्ने काम गरिरहेका छन् भन्ने आभास चीनलाई भएको होला,’ प्रधानमन्त्रीका सल्लाहकार पौडेलले भने, ‘त्यसैले हामी चीनको अखण्डता र सुरक्षा संवेदनशीलतामा सचेत छौँ भन्ने प्रतिबद्धता भ्रमणमा व्यक्त गर्नेछौँ ।’

गत महिना अमेरिकी संसद्मा वैदेशिक सहायता हेर्ने सांसद सेन्ब्रेनरले तिब्बती शरणार्थीलाई तेस्रो मुलुक आवातजावत गर्न सहज व्यवस्था नेपालले नमिलाए नेपाललाई वर्षेनि अमेरिकाले दिँदै आएको सहयोग रकम कटौती गरिदिने चेतावनी दिएका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: