Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

मंगलग्रहमा जोमसोम, पोखरा र रारा

Posted by Ram Kumar Shrestha on November 25, 2011


९ मंसिर, काठमाण्डौं । मंगलग्रहमा पानी रहेको तथ्य पत्ता लगाउने युवा नेपाली वैज्ञानिक लुजेन्द्र ओझाले त्यहाँ पानी रहेका ठाउँलाई नेपाली नाम दिएका छन् । अमेरिकाको युनिभर्सिटी अफ एरिजोनाका बिद्यार्थी लुजेन्द्रले मंगल ग्रहका बिभिन्न ११ ठाउँमा पानी रहेको तथ्यसहितको सोधपत्र तयार पारेका थिए । लुजेन्द्रले ती ११ वटा ठाउँलाई नेपाली नाम दिएको आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
लुजेन्द्रका बुबा डा. टंकप्रसादका अनुसार ती ठाउँको नाम जोमसोम, दिपायल, पोखरा, काठमाण्डौं, फेवा, सगरमाथा, रारा, बेगनास र तिलिचो लगायत रहेका छन् । ‘लुजेन्द्रलाई नेपाली हुनुमा गर्व छ, त्यसैले मंगलग्रहमा पानी पत्ता लागेका ठाउँहरुलाई नेपाली नाम दियो- भूगर्भबिद् समेत रहेका टंकप्रसादले भने ।

लुजेन्द्रले अध्ययन सकेपछि नेपाल फर्किएर काम गर्न चाहेको पनि उनले बताए । डोटीको महादेवस्थान गाविसमा जन्मिएका टंकप्रसादको परिवार अहिले अमेरिकामा वसोवास गरिरहेको छ ।

यतिखेर टंकप्रसाद पुर्खौली थलो आइपुगेका छन भूउपयोगसम्बन्धी अनुसन्धानका लागि । उनले आफ्नो पुर्खौली गाउँमा घर बनाउने तयारी गरिरहेका बताए ।

नेपालमा अहिलेसम्मै नभएको डिजिटल अटोग्राफी तयार पारेको टंकप्रसाद बताउँछन् । आफुले गरेका केही अनुसन्धान र नक्साहरु नेपालमा नभएको उनले बताए । केहीसमय नेपालको खानी तथा भूगर्भ बिभागमा काम गरेका उनी हाकिमको खप्की सहन नसकेर अमेरिकातिर लागेको बताउँछन् । ‘नेपालमा चाकडी गर्नेहरुकै जमात बढी छ, काम गर्ने र केही गर्छु भन्नेहरु लखेटिन्छन् ।’ उनले भने ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: