Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

लुम्बिनीमा भारतको चासो रहने भारतीय कङ्ग्रेस नेता करण सिंहको भनाई

Posted by Ram Kumar Shrestha on November 8, 2011


काठमाडौ, कात्तिक २२ (नागरिक)- भारतीय काग्रेस आईका विदेश विभाग प्रमुख करण सिंहले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतको चासो रहने बताएका छन्। रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भारतीय सीमा भन्दा आठ किलोमिटरमात्र टाढा रहेको लुम्बिनीमा अन्य मुलुकले लगानी गर्दा भारतको पनि चासो रहने बताएका हुन्।उनले गौतम बुद्ध नेपालमा जन्मिए पनि भारतमै ज्ञान आर्जन गरेको र भारतमै देह त्याग गरेकोले लुम्बिनीमा भारतको चासो रहनु स्वभाविक भएको उनको तर्क थियो। 

उनले भारतदेखि लुम्बिनीसम्म बुद्धिस्ट सर्किट भएको भन्दै यसको विकासमा भारतले पनि लगानी गर्नु पर्ने बताए। यसका लागि आफूले भारतीय प्रधानमन्त्रीसँग कुरा गर्ने उनले दृढता ब्यक्त गरे। लुम्बिनीको विकासको लागि नेपाल र भारतले मिलेर काम गर्नुपर्ने उनले बताए।

सिहले एपेकमार्फत् चिनिया लगानी लुम्बिनीमा ल्याउने र माओवादी अध्यक्ष पुष्पकमल दाहाल लुम्बिनीमा सहयोग जुटाउन अमेरिका गएको विषयमा आफूलाई कुनै जानकारी नभए पनि अरुले लुम्बिनीमा लगानी गर्दा भारतको चासो भने रहने स्पष्ट पारे। 

उनले लुम्बिनी र पशुपतिनाथ नेपाल भारत सम्बन्धको पहिचानको रुपमा रहेकोले पशुपतिनाथको पनि गुरुयोजना बनाएर विकास गर्नु पर्ने सुझाव दिए।

पछिल्लो समयमा शान्ति प्रक्रिया निष्कर्षसमा पुर्‍याउँदै संविधान निर्माण गर्ने सम्बन्धमा दलहरुबीच भएको सात बुँदे सहमतिप्रति भारत सकारात्मक रहेको भन्दै उनले भारतको नेपाल नीति सधै सकारात्मक र सहयोगी रहेको दावी गरे। उनले नेपालमा कसको नेतृत्वमा सरकार बन्छ भन्नेमा भारतको चासो नरहेको भन्दै शान्ति, संविधान र स्थायित्वमा भारतको चासो र सदभाव रहेको स्पष्ट पारे। उनले सात बुँदे सहमतिले दलहरु मिले नेपालमा जे पनि हुन सक्ने भन्ने प्रमाणित सगरेको भन्दै सात बुँदे सहमति कार्यान्वयन हुनेमा आशा भए पनि चुनौतीहरु रहेको बताए।

उनले नेपाल र चीन सार्वभौम राष्ट्र भएकोले उनीहरुबीचको सम्बन्धमा भारतको कुनै आपत्ति नरहने भन्दै नेपालको विकास र स्थायित्वमा भारत सधै चासो रहने बताए।लुम्बिनीमा भारतको चासो रहने भारतीय कङ्ग्रेस नेता करण सिंहको भनाई.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: