Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

३४ करोडको स्वर्गद्वारी गुरुयोजना निर्माण

Posted by Ram Kumar Shrestha on November 2, 2011


 गोपाल शर्मा भट्टराई दाङ, १३ कात्तिक

प्युठानमा रहेको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल स्वर्गद्वारीको विकासका लागि गुरुयोजना निर्माण गरिएको छ ।

स्वर्गद्वारीको समग्र विकासका लागि ३४ करोड ९ लाख रुपैयाँ लागतको गुरुयोजना तयार गरिएको हो । सहरी विकास तथा भवन निर्माण विभाग भौतिक तथा पूर्वाधार क्षेत्र आयोजनाले आर्थिक वर्ष ०६८/०६९ मा निमार्णकार्य थाल्ने गरी गरुयोजना अघि सारेको स्वर्गद्वारी आश्रम व्यवस्थापन समितिले जानकारी दिएको छ ।

गुरुयोजनालाई तीन चरणमा विभाजन गरी विकासका काम अघि सारिनेसमेत  स्वर्गद्वारी आश्रम व्यवस्थापन समिति प्युठानले जानकारी दिएको छ । गुरुयोजनाअन्तर्गत पहिलो चरणमा कुल बजेटमध्ये २३ करोड ९ लाख रुपैयाँ प्रस्तावित गरिएको समितिका प्रवक्ता केबी मसालले जानकारी दिए । मसालका अनुसार पहिलो चरणमा स्वर्गद्वारी मन्दिर क्षेत्रको संरचना र विशेष धार्मिक पर्यटकीय पूर्वाधार निर्माण गरिनेछ, जसमा स्वर्गद्वारी मन्दिरको संरचना विकासमा ९ करोड ४५ लाख र विशेष धार्मिक पर्यटकीय पूर्वाधार निर्माण क्षेत्रको भौतिक संरचनाको विकासमा ३ करोड ४३ लाख रुपैयाँ खर्च गरिएको छ ।

पहिलो चरणमै स्वर्गद्वारी सम्पूर्ण मन्दिर क्षेत्रको पूर्वाधार विकासका लागि ३ करोड ७६ लाख, स्वर्गद्वारी मन्दिर क्षेत्रको भौतिक संरचना र सडक तथा खानेपानी विस्तार तथा विकासमा ७ करोड ३५ लाख रुपैयाँ प्रस्तावित गरिएको छ । पहिलो चरणका काम सम्पन्न गर्न समयाअवधि पाँच वर्षका लागि तय गरिएको समितिले जनाएको छ । पहिलो चरणको काम सकिएपछि  गुरुयोजनाको दोस्रो र तेस्रो चरणका कार्यक्रमका योजनाहरू सञ्चालन गरिनेछ, जसअनुसार मन्दिरको पवित्र क्षेत्र तथा विशेष धार्मिक पर्यटकीय क्षेत्र पूर्वाधार निर्माणका लागि ८ करोड ६ लाख र भौतिक संरचना विकास गर्न २ करोड ४ लाख रुपैयाँ प्रस्ताव गरिएको आश्रम व्यवस्थापन समितिले जानकारी दिएको छ ।

  गुरुयोजनाको काम पूर्ण रूपमा सम्पन्न हुन १५ वर्ष लाग्नेछ । गुरुयोजनाको भौतिक पूर्वाधार निर्माण तथा सुधारमा सडक, यातायात, खानेपानीको व्यवस्थापन, विद्युत् र सञ्चार क्षेत्रको विकास, मन्दिर क्षेत्रभित्र ढल निर्माण, फोहरमैला व्यवस्थापनलगायतका संरचानाहरू रहेको आश्रम व्यवस्थापन समितिका प्रवक्ता मसालले जानकारी दिए  ।

त्यसैगरी मन्दिर परिसरभित्रको भौतिक पूर्वाधार विकासअन्तर्गत धार्मिक संरचनाहरूमा यज्ञशाला मन्दिर गौशाला, सिद्धबाबाको मन्दिर, वेदपाठशाला, हवनकुण्ड, महाप्रभुको समाधिस्थत रखालमहाराजको समाधिस्थल, स्वर्गद्वारीको द्वार, गुप्तीसागरको संरक्षण तथा मन्दिरहरूका जीर्ण भवनलाई पुनर्निर्माण गरिनेछ । आयोगनाले गुरुयोजनाको ग्राफिक नक्साङ्कनसमेत तयार गरिसकेको छ ।

गुरुयोजना सहरी विकास तथा भवन निर्माण विभाग भौतिक तथा पूवार्धार क्षेत्र आयोजनाले निर्माण गरिसकेको र सो गुरुयोजनालाई आगामी बस्ने स्वर्गद्वारी आश्रम व्यवस्थापन समितिको बैठकमा छलफल गरी पास गरिने मसालले बताए । प्रस्तावित गुरुयोजना व्यवस्थापन समितिको बैठकबाट पास भएपछि पहिलो चरणको काम छिटै सुरु हुने आश्रम व्यवस्थापन समितिले जनाएको छ । धार्मिक रूपमा चर्चित धर्मस्थल स्वर्गद्वारीको समुन्नत विकास हुन नसक्दा धर्मावलम्बीहरूलाई पूजापाठ तथा आवतजावतमा समस्या पर्दै आएको छ । स्वर्गद्वारीमा वार्षिक हजारांै विदेशी पर्यटकले अवलोकन गर्दै आएका छन् ।

३४ करोडको स्वर्गद्वारी गुरुयोजना निर्माण | कारोबार राष्ट्रिय आर्थिक दैनिक.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: