Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

लुम्बिनीको विकास

Posted by Ram Kumar Shrestha on November 2, 2011


हिमाली राज्य नेपाल प्राकृतिक  र सांस्कृतिक सम्पदाले मात्र भरिपूर्ण छैन, धार्मिक हिसाबले पनि यो पावन भूमिका रूपमा विश्वभरका हिन्दू र बौद्ध धर्मावलम्बीहरूको मुख्य गन्तव्य बन्न सक्ने पर्याप्त सम्भावना विद्यमान छ । पशुपतिनाथ, मुक्तिनाथ, मनकामनाधामदेखि कैलाश पर्वतसम्म हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्रबिन्दु त रह“दै आएका छन् नै, शाक्यमुनि गौतम बुद्धको जन्मथलो लुम्बिनीलाई विश्वभरिका बौद्ध धर्मावलम्बीहरूको मुख्य धामका रूपमा त्यसअनुरूप विकास गर्न सकिएको छैन । धेरै बुद्ध धर्मावलम्बीहरू सिद्धार्थ गौतमको जन्मथलो लुम्बिनीका बारेमा सुने पनि त्यसलाई मुख्य तीर्थका रूपमा मानेर दर्शनका लागि आउने संख्या भने निकै सानोमात्र छ । लुम्बिनी नेपालमै पर्छ भनेर धेरैलाई त थाहासम्म छैन । हालैमात्र बेलायतमा रहेको एक संग्रहालयमा लुम्बिनीका बारेमा गलत सूचना रहेको खबर प्रकाशमा आएको छ ।

हालैमात्र सरकारले सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्षका रूपमा मनाउने निर्णय गरेको छ । यो अत्यन्तै सकारात्मक कदम हो । वास्तवमा लुम्बिनीलाई मुस्लिम समुदायको मक्का–मदिना र इसाई समुदायको भ्याटिकन सिटीजस्तो पवित्र धार्मिक स्थल बनाएर बौद्ध धर्मावलम्बीहरूले जीवनमा एकपटक पुग्नैपर्ने स्थलका रूपमा विकसित गर्नु आवश्यक छ । वास्तवमा लुम्बिनी भ्रमणले वर्ष कति पर्यटक ल्याउने वा भिœयाउने कुराको त्यति महŒव राख्दैन, जति यसले लुम्बिनीलाई मुख्य तीर्थस्थलका रूपमा विकसित गर्न योगदान पु¥याउन सक्छ । बिनाकुनै पूर्वयोजना हतार–हतारमा भ्रमण वर्षहरू घोषणा गर्ने र अन्तिम अवस्थामा आएर पूर्वाधार विकासलगायतका काम गर्ने जुन परम्परा छ, त्यसलाई अब भने त्याग्नैपर्छ । ४० वर्षअघिदेखि अत्यन्तै सुस्त गतिले अघि बढिरहेको लुम्बिनी विकास गुरुयोजनाका बा“की कामलाई भ्रमण वर्ष आरम्भ हुनुभन्दा अगावै पूरा गरिनु आवश्यक छ, योस“गै कपिलवस्तु, रामग्राम, देवदह, तिलौराकोटसहितका लुम्बिनीवरपरका अन्य क्षेत्रहरूको एकीकृत विकासको प्याकेज पनि अघि सार्नुपर्छ । त्यसो त विगतमा लुम्बिनीलाई मुख्य बौद्ध धार्मिक गन्तव्यका रूपमा अघि बढाउने प्रयास नै नभएका भने होइनन् । एसियाली विकास बैंकको सासेक अवधारणाअन्तर्गत गौतम बुद्धको जीवनीस“ग जोडिएका नेपालदेखि श्रीलंकासम्मका सबै ठाउ“हरूलाई जोड्ने गरी ‘बुद्धिष्ट सर्किट’ को सोच अघि सारिएको थियो, जसअन्तर्गत एडीबीले केही रकम उपलब्ध पनि गराएको थियो, तर यो अवधारणाले मूर्त रूप लिन नपाउ“दै भारत एक्लैले ‘बुद्धिष्ट सर्किट’ नामक भारतभरिका बुद्धस“ग जोडिएका स्थलहरूको परिक्रमाको कार्यक्रम सञ्चालन गरिरहेको छ । यो अभियानअन्तर्गत अहिले पनि भारतीय ट्राभल तथा टुर अपरेटरहरूले बुद्ध धर्मावलम्बीहरूलाई लुम्बिनी ल्याउ“छन्, तर ती पर्यटकलाई म नेपालमा छु या भारतमा भन्ने कुनै ज्ञान नै हु“दैन । उतैबाट आउ“छन् र बस्नका लागि उतै फर्कन्छन् । केही समयअघि बेलहियाको अध्यागनका कर्मचारीले यसरी घुम्न आउने पर्यटकको पासपोर्ट एकमुस्ट रूपमा जम्मा गरेर दर्तै नगरी सा“झमा तिनै टुर अपरेटरका हातमा सुम्पने गरेको समाचार खुलासा भएको थियो, अर्थात् अहिले हामीले लुम्बिनीका नाममा उल्लेख्य राष्ट्रिय लाभ उठाउन सकेका छैनौं भन्दा पनि हुन्छ । यसो हुनुका पछाडि सबैभन्दा ठूलो कमजोरी नेपालको सरकार र यहा“का राष्ट्रिय ट्राभल तथा टुर अपरेटरहरूकै छ ।

लुम्बिनीको एकीकृत विकासमा बौद्धमार्गी राष्ट्र श्रीलंकाले देखाएको चासो सराहनीय छ । श्रीलंका सरकारले श्रीलंका–लुम्बिनी विकास कोष गठन गरेर यसका लागि तत्काल ६ करोड ५० लाख श्रीलंकाली रुपैया“ उपलब्ध गराउन लागेको तथा बौद्ध शिक्षाका लागि थप रकम उपलब्ध गराउने श्रीलंकाली सभामुख चमल राजापाक्षेले जानकारी दिएका छन् । केही महिनाअघि लुम्बिनीलाई विशेष सांस्कृतिक केन्द्रका रूपमा विकसित गर्न राष्ट्रसंघीय औद्योगिक विकास संगठन (युनिडो) र चिनिया“ संस्था एसिया प्यासिफिक एक्सचेन्ज एन्ड कोअपरेसन फाउन्डसेन (एपीईसीएफ) बीच एक विवादास्पद सम्झौतासमेत भएको थियो । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल एपीईसीएफका उपाध्यक्ष छन् । मन्त्रिपरिषद्बाट लुम्बिनी भ्रमण वर्ष सफल पार्न दाहालको नेतृत्वमा एक टोली अमेरिका जानेसमेत निर्णय गरिसकिएको छ । यस परिप्रेक्ष्यमा नेपाल भ्रमण वर्षमा देखिएका त्रुटिहरूलाई सुधार गर्दै लुम्बिनीको विकास र प्रवद्र्धनमा क्षेत्रीय र अन्तर्राष्ट्रिय पहल गर्नु अत्यावश्यक छ ।

लुम्बिनीको विकास | कारोबार राष्ट्रिय आर्थिक दैनिक.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: