Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

शान्ति, संविधान र सत्ता साझेदारीबारे ९ बुँदे सहमति , विरोधमा वैद्य पक्ष

Posted by Ram Kumar Shrestha on November 1, 2011


पुनर्स्थापना हुनेलाई ४ देखि ८ लाख दिइने
काठमाडौं, कात्तिक १५- बहुप्रतिक्षित सेना समायोजन र शान्ति प्रकृया अन्त्य प्रकृयाले अन्तत: सार्थक रुप लिएको छ । शान्ति प्रकृयालाई टुङ्गोमा पुर्याउने सम्बन्धी सहमतिमा माओवादी, काँग्रेस र एमालेका शीर्ष नेताहरुले हस्ताक्षर गरेका छन् । केही छिनमा प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गरेर सहमति सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । सहमतिमा ६ हजार ५ सय लडाकुलाई नेपाली सेनाको माताहात रहने महानिर्देशनालयमा समायोजन गर्ने र पुनसथापनामा जानेलाई तह अनुसार ५ देखि ८ लाख रुपैयाँसम्म रकम उपलब्ध गराउनेलगायत रहेको छ ।   ६ हजार ५ सय माओवादी लडाकूलाई सेनामा समायोजन गर्ने सहमति गर्दै मुख्य तीन दल शान्ति प्रक्रिया अन्त्य गर्न सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटार भएको माओवादी, कांग्रेस र एमालेको संयुक्त बैठकले पुनर्स्थापना हुने लडाकूलाईलाई ५ देखि ८ लाख रुपैयाँ दिने सहमति गरेको छ।
माओवादीको मोहन बैद्य पक्षले समायोजन हुने संख्यालाई लिएर अहसमति जनाएको छ। मंगलबार दिउसो र्‍याडिसन होटलको निर्णयदेखि नै वैद्य पक्षलाई मनाउन प्रयास गर्दा सहमतिको दस्तावेजमा हस्ताक्षर हुन केही समय ढिलाइ भएको हो। स्रोतका अनुसार शान्ति प्रक्रिया टुंग्याएर देशलाई अग्रगामी दिसा दिन अध्यक्ष पुष्पकमल दाहालले नेता वैद्यलाई मनाउन छुट्टै बैठक गरिरहेका छन्।
संयुक्त बैठक अघि ३ वटै दलले प्रधानमन्त्री निवासमा छुट्टा छुट्टै बैठक गरेका थिए।
यसअघि र्‍याडिसन निर्णयबारे माओवादी अध्यक्ष पुष्पकमल दाहालले मुख्य मधेसी नेताहरुलाई प्रधानमन्त्री निवास बोलाइ ब्रिफिङ गरेका थिए। बैठकमा माओवादी, कांग्रेस र एमालेका शीर्ष नेता ६ हजार लडाकूलाई सेनामा समायोजन गर्न सहमत भएका थिए।
यसअघिको र्‍याडिसन बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशीला कोइराला तथा एमाले अध्यक्ष झलनाथ खनाल सहभागी थिए। सहमति जुटाउन गठित कार्यदलका सदस्यहरु वर्षामान पुन, कृष्ण सिटौला तथा भीम रावल समेत उपस्थिति थियो।

विशेष समितिबाट एकसाताभित्र लडाकू वर्गिकरण प्रक्रिया थाल्ने र मंसिर ७ गतेसम्ममा लडाकूहरुको बर्गिकरण प्रक्रिया पूरा गर्ने सहमति भएको छ । यस्तै सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता खोजविन आयोग गठन सम्वन्धी विधेयक सहमतिका आधारमा सदनबाट पारित गरि एक महिनाभित्र आयोग गठन गर्ने सहमति भएको छ । यसैगरी द्वन्द्व पिडितहरुलाई विना भेदभाव राहत दिने, मंसिर सात गतभित्र कब्जा सम्पत्ति फिर्ता गर्ने र कब्जा गरिएको समयमा भएको क्षतिको उचित क्षतिपूर्ति दिने, माओवादी नेताका गाडीहरु कानुनी प्रक्रियामा ल्याउने बाईसीएलको अर्ध सैन्य संरचना भङ्ग गरी उनीहरुको नियन्त्रणमा रहेका घर तथा भवन फिर्ता गर्ने सहमति भएको छ ।

१० वर्षदेखि देशमा आमूल परिवर्तन ल्याउने उद्देस्यले सशास्त्र क्रान्तिमा होमिएको माओवादी खुला राजनीतिमा प्रवेश गर्ने क्रममा २०६३ मंसिर ५ गते सरकार र माओवादी पक्षबीच शान्ति सम्झौता भएको थियो। सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष दाहालले हस्ताक्षर गरेका थिए। यही सम्झौताले माओवादीलाई शान्तिपूर्ण राजनीति प्रवेशको वैधानिक बाटो खुला गरेको थियो।
सरकारको नेतृत्व गरिसक्दा पनि पार्टीको सेना नत्यागेको भन्दै कांग्रेस लगायतका लोकतान्त्रिक शक्तिले सेना समायोजनका लागि माओवादीलाई दवाब दिँदै आएका थिए। नयाँ संविधान लेखनका लागि समेत शान्ति प्रक्रिया टुंगिनु पर्ने भन्ने शर्त कांग्रेस-एमालेले अघि सारेपछि अध्यक्ष दाहालको समर्थनमा बनेको बाबुराम भट्टराई नेतृत्वको सरकार यो विषय टुंग्याउन सक्रिय देखिएको थियो।
मधेसी मोर्चा सहमतिको पक्षमा
६ हजार ५ सय माओवादीलाई लडाकूलाई सेनामा समायोजन गर्दै शान्ति प्रक्रिया अन्त्य गर्ने मुख्य ३ दलको निर्णयप्रति मधेसवादी दलहरुले सहमति जनाएका छन्।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: