Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

एसएसबीले नेपालीका घर भत्काए

Posted by Ram Kumar Shrestha on October 18, 2011


महेन्द्रनगर, आश्विन ३० – भारतको केन्द्रीय अर्धसैनिक सुरक्षा बल एसएसबीको टोलीले सोमबार दिउँसो कन्चनपुरको भीमदत्त नगरपालिका-११ भूजेलाको सीमा क्षेत्रमा रहेका नेपालीका तीन घर भत्काएको छ ।

दिउँसो ३०/३५ जनाको संख्यामा हतियारसहित आएका एसएसबीको टोलीले भूजेलाका कल्याण लोहार, उचित पाल र भक्तबहादुर रानाको घर भत्काएका हुन् । यी घरहरु नेपाल भारत सीमाको ७ र ८ नम्वर पिलरको बीच भागमा थिए ।

कन्चनपुरका प्रहरी प्रमुख दीलिप चौधरीका अनुसार भारतीय सुरक्षाकर्मीले नेपाली पक्षलाई जानकारीनै नदिइ एकतर्फी ढंगबाट यी घरहरु भत्काएका हुन् । ‘हामीले यो घटनालाई गम्भीरतापूर्वक लिएका छौं,’ उनले भने, ‘यसै विषयमा छलफल गर्न जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ ।’

@ekantipur

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: