Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

बिश्व रेकर्डका लागि भिड्दै दिनेश

Posted by Ram Kumar Shrestha on October 18, 2011


काठमाडौं , आश्विन ३० – लामो समयसम्म लगातार पढ्ने बिधामा बिश्व रेकर्डका लागि नेपाली युवाले सात दिन सात रात पढ्ने भएका छन् ।

प्यूठानका दिनेश आचार्यले कार्तिक २ गते बिहान ७ बजेबाट पढ्न थाल्ने सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिए । बिश्व रेकर्डका लागि दिनेशले सन २००८ मा नेपालकै दिपक शर्मा बजगाईंको १ सय १३ मिनेटको रेकर्ड तोडिनेछ । बजगाईंले सन् १९८७ को बेलायती एड्रि हिल्टनको रेकर्ड तोडेर बिश्व रेकर्ड कायम गरेका थिए । ‘एक सय ५० घण्टा त पुरा गर्नेछु’, रिडर्स क्लवले आयोजना गरेको पत्रकार सम्मेलनमा दिनेशले भने, ‘एक सय २१ घण्टाको अभ्यास गरिसकेको छु ।’

आवाज निकालेर निरन्तर पढ्नुपर्ने र उनका सबै गतिबिधिलाई परीक्षण गर्ने दुई जना साक्षी र क्यामरा खिचेको रेडर्कसहित गिनिज बुक आफ वल्र्ड रेकर्डमा दावी प्रस्तुत गर्ने रिडर्स क्लवका अध्यक्ष आमोद डोमजोन तामाङ्ले बताए । हरेक घण्टाको ५ मिनेट आराम गर्ने समय पाउने भएकाले सोही समयमा उनले खाने, दिशापिसाव, सरसफाइ लगायत काम पुरा गर्नेछन् ।

स्वदेशी तथा विदेशी लेखकका नेपाली भाषाका पुस्तक पढ्ने दिनेशले त्यस अवधीभरमा ४९ वटा पुस्तक पढ्ने बताए । बालकुमारीको माइलस्टोन कलेजमा सञ्चालन गरिने कार्यक्रममा चिकित्सक, एम्बुलेन्स, प्रहरी र स्वयंसेवक लगायतको ब्यवस्था गरिएको छ ।

@Ekantipur

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: