Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

पत्यारै नलाग्ने सत्यता

Posted by Ram Kumar Shrestha on September 24, 2011


७ असोज, काठमाडौं । कतिलाई पत्यारै नलाग्न सक्छ खोलाको छेउँमा बर्षौदेखि निरन्तर रुपमा ज्वाला बलिरहेको छ भनेर । तर यो सत्य हो, दैलखको श्रीस्थानमा बषौदेखि निरन्तर रुपमा ज्वाला बलिरहेको छ । जुन बाइसे चौबिसे राज्यमा शक्तिशाली मानीएको दुल्लु र दैलेख सदरमुकामको विच खोचमा रहेको श्रीस्थान खोलाको छेउँमा बर्षौदेखि निरन्तर रुपमा बलीरहेको छ ज्वाला । जसलाई धार्मिक रुपले पनि निकै महत्तवका साथ लिइएको छ ।

दैलेखको राउतकोट गाविस – ९ मा रहेको ज्वाला पाँच पाण्डवको समयदेखि निरन्तर बल्दै आएको हो भन्ने जनविश्वास छ । यही ज्वाल रहेको मन्दिर नै श्रीस्थान ज्वाला मन्दिर हो । मन्दिरको उचित संरक्षण अभावका कारण दिन प्रतिदिन जिर्ण बन्दै गएको छ भने यहाँ रहेको ऐतिहासीक बस्तुहरु समेत नासिंदै गएका छन् ।

दैलेख सदरमुकामदेदि करिव एक घण्टा टाढा रहेका श्रीस्थान मन्दिर अहिले आफ्नो अस्तीत्वको संकटमा पुगेको छ । यस क्षेत्रमा आधिकारीक रुपमा कहिलेदेखि ज्वाला बलेको हो भन्ने एकिन हुन नसेके पनि पाँचपाण्डवको पालादेखि नै ज्वाला हाल सम्म पनि बल्दै आएको मन्दिरका पुजारी केदारनाथ योगीले बताउँछन् । उनी २०२४ सालदेखि पूजा गर्दै आएका हुन् ।

स्वस्थानि ब्रत कथाअनुसार दक्षप्रजापतिको यज्ञमा होमिएकी सती देवीलाई महादेवले बोकेर यत्रतत्र लैजादा सती देवीको अंग पतन हुँदा शिर खसेको स्थानलाई शिरस्थान भन्दै आएको किम्दन्ती छ । यसै गरी सतीदेवीको नाभी खसेको स्थानलाई नाभीस्थान, पाउ खसेको स्थानलाई पादुका, धुलो उडेको स्थानलाई धुलेश्वर भन्ने गरेको लोक किम्बदन्ति छ ।

मन्दिरसँगै करिब ४०० बर्ष पुरानो तिनतलाको धुनिघर रहेको छ । जुन उहिले उहिले कालीकोट, अछाम तथा यो स्थान भएर पहाड तिर जानको बाटो घाटा नहुँदा र बस्ने स्थान नहुँदाको लागि अप्ठ्यारो नहोस भनेर बनाईएको घर हो ।

 मन्दिरको नाममा प्रशस्तमात्रामा खेत तथा पाखो जमिन रहेको स्थानिय बासीहरु बताउँछन् । तर हाल आएर मन्दीरको नाममा मन्दिरको वरीपरी रहेको १० रोपनी जग्गामात्र रहेको छ । हाल मन्दिरमा मुर्दा जलाउन आएका मानिसहरुले छाडेको गाईहरु ८ वटा रहेका छन् । दैलेख सदरमुकाम लगाएत आसपासका मानिसहरुको मृत्यृ हुँदा श्रीस्थानमा ल्याउने गरीन्छ । मृत्यृ भएका मानिसलाई जलाउनलका लागि समेत ज्वालाको आगोको प्रयोग गर्ने गरिन्छ ।

मन्दिरका पुजारीका अनुसार यस मन्दिर यस मन्दिरको दर्शन गरेमा र यहाको टिका ग्रहण गरेमा भुत प्रेत नलाग्ने, आफुले चिताएको पुग्ने जस्ता विशेषता रहेको बताउछन् । विगतमा तिन वटा ज्वाला रहेको श्रीस्थानमा हाल एकवटा ज्वालामात्र निरन्तर बल्दै आएको छ । जुन कहिल्यै पनि निभेको छैन । जस्लाई मुल मन्दिर श्रीस्थानको मन्दिर भन्निछ ।

 यसै गरी शिरस्थानको पश्चिममा नाभीस्थान मन्दिर पर्दछ । जस्मा दुईवटा ज्वाला मौसम अनुसार बल्ने गरेको पाईन्छ । यो मन्दीर गमौढी गाविसमा पर्दछ । यस मन्दिमा श्रीस्थान मन्दिर जस्तै पहिले जता ततै ज्वाला बल्ने गर्दथीए । तर हाल आएर सरक्षणका अभावमा कहिले काही ज्वाला बल्ने कहिले निभ्ने गर्दछन् । शव्द/तस्विरः भरतबन्धु थापा

पत्यारै नलाग्ने सत्यता :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Audio, Video, Interview.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: