Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

२१ बर्षे नेपाली युवा बने इवेको सवैभन्दा ठूलो बिक्रेता

Posted by Ram Kumar Shrestha on September 14, 2011


नेपालबाट बसाई सरेर लण्डन पुगेका एक नेपाली युवक अनलाइन खरिदबिक्रि गर्ने सवैभन्दा चर्चित साइट ebay.com को सवैभन्दा ठूलो बिक्रेता बन्न सफल भएका छन् ।

गुल्मी अमरपुर घर भएका सुदिप गौतम इवेको युकेका लागि सवैभन्दा ठूलो बिक्रिता बन्न सफल भएका छन् । १२ बर्षको उमेरमा अभिभावकसँगै लण्डन बसाई सरेका गौतमले १३ बर्षको उमेरदेखि अनलाइनमा मोवाइल तथा त्यसका सामाग्री खरिदबिक्रिको काम थालेका थिए ।

२१ बषिर्य गौतमले हाल बाषिर्क ३० लाख पाउण्डको कारोवार गर्छन भने इबेबाट दैनिक दुईहजार भन्दा बढि सामाग्री बेच्छन् । एक नेपाली मुलको नागरिकले वेलायतमा पाएको यो सफलतालाई बेलायतसहित बिश्वका अग्रणी संचारमाध्यमले प्राथमिकताका साथ प्रकाशन गरेका छन् ।

 

londonmagaicstore.co.uk  नामबाट अनलाइन कारोवार संचालन गरिरहेका गौतमले आफ्नो नाम परिवर्तन गरि डारियो लोपेजका नाम राखेका छन् । आफ्नो छुट्टै पहिचान बनाउन आफुले नाम परिवर्तन गरेको गौतम बताउँछन् । केही बर्षअघि आमालाई ढाँटेर क्रेडिटकार्ड मार्फत डोमेन दर्ता गरेका गौतमले त्यसयता घरमै बसेर मोवाइल, सीम तथा मोवाइका सामाग्री खरिद बिक्रिको काम गर्दथे । अहिले उनको कम्पनीमा १३ जनाले रोजगारी पाएका छन भने कारोवारलाई उनले निरन्तर फैलाइरहेका छन् ।

छोराले पाएको सफलता देखेर बुबा दिनेश गौतम र आमा सुशिला गौतम पनि दंग छन् । आफु यो स्थानमा आइपुग्न आफ्ना कर्मचारी र ग्राहकको ठूलो हात रहेको सुदिप बताउँछन् । बजारमा आएका नयाँ नयाँ सामाग्री राख्ने, ग्राहकले किन्नुअघि र पछि पनि राम्रो सेवा उपलब्ध गराउने आदि कारणबाट ग्राहकमाझ आफ्नो बिश्वसनीयता बढेको गौतम बताउँछन् ।

देख्दा सजिलोजस्तो भएपनि एकदमै धेरै जोखिम रहेको बताउने गौतम ग्राहकलाई आफ्ना सामाग्री चित्त नबुझे नयाँ सामाग्री दिने वा पैसा फिर्ता गर्ने बताउँछन् । आफ्नो ब्यापारलाई युरोपभरि विस्तार गर्ने योजना भएपनि नेपालमा यस्तो ब्यबसाय संचालन गर्न हुलाक सेवा भरपर्दो नभएको उनको ठम्माई छ ।

२१ बर्षे नेपाली युवा बने इवेको सवैभन्दा ठूलो बिक्रेता :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Audio, Video, Interview.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: