Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

थाई राजाको चौरासीमा नेपाली सर्जाम

Posted by Ram Kumar Shrestha on September 12, 2011


सुरेन्द्र पौडेल, काठमाडौँ, भदौ २५- थाइल्यान्डका राजा भूमिबोल आदिल्यादेजको चौरासी पूजाको अवसरमा आयोजना गरिने अन्तर्राष्ट्रिय मेलामा नेपाल झल्किने बगैंचा बनाउन सरकारले विशेष वनस्पति पठाउने भएको छ।

आफूलाई राजा जनकको सन्तान मान्ने थाई राजा भूमिबोलको आउँदो कात्तिकमा चौरासी पूजा हुँदैछ। हिन्दु र बौद्ध धर्मअनुसार ८४ औं जन्मदिनको अवसरमा यस्तो पूजा गरिन्छ। थाई रानीको ८० औं जन्मदिन र युवराजको ६० औं जन्मदिन पनि यही सेरोफेरोमा पर्छ।

यही मेलोमा थाइल्यान्डको कृषि मन्त्रालयले कात्तिक २३ देखि फागुन ३ सम्म (९९ दिन) राजधानी बैंककको च्याङमाईस्थत ‘रोयल फ्लोरा राजा प्रुएक ‘ पार्कमा अन्तर्राष्ट्रिय कृषि मेला गर्न लागेको हो।

मेलामा नेपाली बगैंचा निर्माण गर्न वर, पिपल, रुद्राक्ष, नेपाली दुबो, सयपत्री र मखमली फूल पठाउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। वनस्पति छनोट गरी थाइल्यान्ड पठाउन कृषि विभागको क्वारेन्टाइन महाशाखाले परराष्ट्रलाई सहयोग गरिरहेको छ।

परराष्ट्रका उपसचिव दिलीपकुमार पौडेलले नेपाल झल्किने बगैंचा निर्माण गर्न वनस्पति छनोट गरी थाई विदेश मन्त्रालयसँग पत्राचार गरिरहेको जानकारी दिए। ‘बगैंचा बनाउने जिम्मा नेपालले पाइसक्यो, यो-यो वनस्पति रोप्दैछौं भनी अनुमति मागेका छौं, ‘ उनले भने, ‘जवाफ आउने बित्तिकै पठाउँछौं।’ बगैंचाको नेपाल झल्किने हिस्सा झन्डै १२ आनाको हुनेछ।

थाई राजा भूमिबोलले आफ्नो ६० औं राज्यारोहणका अवसरमा सन् २००६ मै नेपाली दूतावासलाई उक्त जग्गा निःशुल्क हस्तान्तरण गरेका थिए। बगैंचामा नेपाल चिनाउने पाँच आकृति राखिने छन्। ‘पशुपति, लुम्बिनी, स्वयम्भु, जानकी मन्दिर र सगरमाथाको आकृति राख्ने निर्णय भएको छ, ‘ पौडेलले भने, ‘सगरमाथाको आकृति निर्माण सुरु भइसक्यो। ‘

बगैंचामा लुम्बिनी र हिमाली भूभागको माटो लग्ने प्रयास पनि भइरहेको छ। थाइल्यान्डले ‘स्वर्गको एक टुक्रा ‘ भनी वर्णन गरेको पार्कमा हालसम्म २१ देशले आ-आफ्नो पहिचान झल्किने बगैंचा बनाइरहेका छन्। यसमा नेपालसहित जापान, भारत, चीन, इन्डोनेसिया, बेल्जियम, दक्षिण कोरिया, नेदरल्यान्ड, क्यानडा लगायत देश पर्छन्। मेला सुरु हुँदासम्म थप ८ देश बगैंचा निर्माणमा सहभागी हुनेछन्।

हजारौं रोपनीमा फैलिएको पार्कमा मेला सुरु हुनुअघि २ हजार २ सय प्रकारका २५ लाखभन्दा बढी रुख र बिरुवा रोप्ने तयारी छ ।

थाई राजाको चौरासीमा नेपाली सर्जाम.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: