Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

प्रधानमन्त्री एक घन्टाअगावै कार्यालयमा

Posted by Ram Kumar Shrestha on September 7, 2011


काठमाडौ, भाद्र २१ – प्रधानमन्त्री बाबुराम भट्टराई बिहान ९ बजे कार्यालय जान थालेका छन् । १० बजे जाँदा ट्राफिक जाममा पर्ने गरेकाले एक घन्टाअगावै जाने गरेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए ।

आफ्ना लागि मात्र ट्राफिकले जाम हटाउँदा ठूलो संख्यामा सर्वसाधारणले झन् बढी जामको सास्ती बेहोर्नुपरेको देखेपछि उनी चाँडै जान थालेको ती अधिकारीले उल्लेख गरे । भट्टराईले बिहानको खानासमेत कार्यालयमै खाने गरेका छन् । प्रधानमन्त्री निवास फर्किएर खाना खाएर आउन धेरै समय लाग्ने भएकाले उनले यो उपाय निकालेका हुन् ।

‘ट्राफिकले अरू गाडी रोकेर मलाई पठाउँदा आमजनताले झन् बढी दुःख भएको पाएँ, त्यसैलाई म ९ बजे नै कार्यालय आउन थालेको हुँ,’ प्रधानमन्त्रीले आफूहरूलाई भनेको उद्धृत गर्दै ती अधिकारीले भने । चाँडै कार्यालयमा आउँदा भेटघाट गर्न आउने भीडसमेत नहुने भएकाले काम गर्न सजिलो भएको उनले अनुभव गरेको स्रोतले बतायो । प्रधानमन्त्री कार्यालयमा हरेक दिन ५ बजेसम्म र कहिलेकाहीँ अबेरसम्म बस्छन् ।

‘उहाँ पूरै समय बसेर काम गर्नुहुन्छ, यसअघिका कुनै प्रधानमन्त्री कार्यालयमा कम र निवासमा बढी बस्थे,’ अर्का अधिकारीले भने, ‘निवास नै कार्यालय भएजसरी उनीहरूले मन्त्रिपरिषद् बैठकसमेत त्यहीँ गर्ने, मुख्यसचिव र सचिवलाई त्यहीँ फाइलसहित बोलाएर काम गर्ने/गराउने गलत परिपाटी थियो । त्यसलाई भट्टराईले अन्त्य गर्ने प्रयास गर्नुभएको छ ।’

भट्टराई चाँडै आएपछि मुख्यसचिव माधव घिमिरेसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका चारै सचिव र उच्च पदस्थ अधिकारीसमेत ९ बजे नै आउन थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अरू सबै कर्मचारीलाई पनि बिहान नौ बजेदेखि नै कार्यालयमा आउन अनिवार्य गर्ने तयारीसमेत भइरहेको जानकारी एक अधिकारीले दिए ।

@ekantipur

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: