Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

प्रधानमन्त्रीको गाडी

Posted by Ram Kumar Shrestha on August 30, 2011


डा बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने बित्तिकै एउटा उदाहरणीय काम शुरु गर्नु भएको छ र त्यो हो नेपालमै बनेको गाडी चढने इच्छा । उन्ले रोजेको नेपालमा बनेको मुस्ताङ गाडी उनकै एस्कर्टिङमा गुड्ने प्रहरीको गाडीभन्दा सस्तो हो। पूर्व प्रधानमन्त्रीले लगेको चमेलिया विद्युत आयोजनाको चिल्लो गाडीको मोलबाट पाँच वटा आउँछ बाबुराम भट्टराईले चढेको गाडी। कस्तो छ त भट्टराईको रोजाइको गाडी भिडियोसहित हेर्न भित्र आउनुस्।

सुरक्षा निकायले सुरक्षाको कारण दर्शाउँदै र कर्मचारीहरुलेसमेत शपथ ग्रहण गर्न जाँदा र आउँदा कालो गाडी नै चढ्नु पर्ने भनी मनाउन खोजेका थिए। देशका प्रमुख कार्यकारीले सस्तो गाडी चढे नैतिक दबाब पर्ने कारणले पनि उनीहरुले यसो गरेका हुनसक्छन्। तर भट्टराईले ‘शपथमा कालो गाडी नै चढ्नुपर्छ भनी कहाँ लेखिएको छ’ भन्दै हुलास कै गाडी ल्याउन भने पछि उनीहरुले हार खाएका थिए।

नेपालमा एसेम्बल्ड गरिने हुलास कम्पनीको गाडी नै नेपालमा तयार हुने एक मात्र गाडी कम्पनी हो। विशेषगरी नेपालको पहाडी क्षेत्रमा चलाउनका लागि उपयुक्त गाडीका रुपमा यसलाई लिइन्छ। यसको मोल पनि सस्तो छ अरुको तुलनामा। १४ लाखदेखि सुरु हुने यस्तो गाडीमा सुविधा थपे अनुसार मूल्य बढ्दै जान्छ। प्रधानमन्त्रीका लागि भनी हतारहतार तयार पारेर विराटनगरबाट रातारात ल्याइएको यो गाडीको चाहिँ १६ लाख ५० हजारमा किनिएको हो। यसमा एअरकन्डिसन छैन, यो बुलेट प्रुफ हैन र यसमा अटोमेटिक शिशा बन्दसम्म हुँदैन। हुलास कम्पनीले प्रधानमन्त्रीका लागि सुविधा थपिएको अर्को गाडी केही महिनापछि बनाइदिने बताएको छ।

मुस्ताङ म्याक्स ब्रान्डको यो गाडी २५ सय सीसीको हो र डिजेलले चल्छ। यसको माइलेज प्रति लिटर ११ किमी छ। बजारमा पाइने भन्दा प्रधानमन्त्रीका लागि भनी तयार पारिएको यो गाडीमा पावर स्टियरिङ, पावर विन्डोज, सुविधाजनक सिटहरु, एन्टि न्वाइज फ्लोरिङ सिस्टम, एडभान्स स्टिरियो सिस्टम लगायका सुविधा थपिएका छ्न्।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: