Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

सत्यमोहनलाई महाविद्यावारिधि

Posted by Ram Kumar Shrestha on August 21, 2011


मनोज बस्नेत 

संस्कृतिविद् सत्यमोहन जोशी अर्को एक कार्यक्रममा सहभागी हुन् बनेपा आएका थिए । त्यसैबेला लिइएको तस्विर । तस्वीरः मनोज बस्नेत/ईकान्तिपुर

काभ्रे, अषाढ ५ – संस्कृतिविद् सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि प्रदान गरिने भएको छ । आइतवार विश्वविद्यालयका सहकुलपति एंव गंगालाल तुलाधरको अध्यक्षतामा बसेको काठमाडौ विश्वविद्यालय सभाको ५५ औं बैठकले जोशीलाई महाविद्यावारिधिको उपाधि प्रदान गर्ने निर्णय गरेका हो ।

‘उहाँको अतुलनीय कामको कदर गदै हामीले यो उपाधि दिने निर्णय गरेका हौ’ काठमाडौ विश्वविद्यालयका उपकुलपति डा. सुरेश राज शर्माले भने ‘छिट्टै भव्य कार्यक्रमका माझ उहाँलाई उपाधि प्रदान गर्नेछौ । त्यसपछि उहाँले आफ्नो नामको अगाडी डाक्टर लेख्न पाउनु हुनेछ ।’

सभाको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा. भद्रमान  तुलाधरले सम्मानार्थ विद्यावारिधि दिने प्रस्ताव बैठकमा पेश गरेको थिएँ । तर, बैठकमा सहभागीहरुले बैठकमा महाविद्यावारिधि दिने निर्णय गरेका छन् । काठमाडौ विश्वविद्यालयले पहिलो पटक यसरी महाविद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।

‘मैले त यस्तो हुन्छ भनेर कल्पना समेत गरेको थिइन’ जोशीले हर्षिद मुद्रामा ईकान्तिपुरसँग भने ‘यो सम्मान मेरो होइन । ग्रामीण भेगका आम नेपालीको हो ।’ वि.स. १९७७ साल बैशाख ३० गते पाटनमा जन्मिएका उनले २००१ सालमा ‘औद्योगिक व्यापारी समाचार संग्रह अड्डा’ मा जागिर खाई तनहुँ र लमजुङ जाँदादेखि त्यहाँका गाउँलेहरुको हौसलामा लोक संस्कृतिको क्षेत्रमा काम सुरु गरेको बतए ।

@ekantipur

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: