Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

नेपाली नाममा भारतबाट कमसल पस्मिना विदेश निर्यात

Posted by Ram Kumar Shrestha on August 15, 2011


विज्ञान अधिकारी, काठमाडौं, साउन ३०- छोटो समयमै लाभ लिन केही नेपाली व्यवसायीले कमसल खालको पस्मिना भारत पठाई त्यहाँबाट ‘नेपाली’ भन्दै तेस्रो मुलुकमा निर्यात गर्न थालेपछि उक्सन प्रयासमा रहेको पस्मिना निकासी फेरि समस्यामा परेको छ।

नेपालीको नामबाट विदेशमा कमसल खालका पस्मिना निर्यात भएपछि व्यापार खस्केका कारण नेपाल पस्मिना उद्योग संघले सामूहिक ट्रेडमार्क दर्ता गरेको छ। यसको निकासीमा केही सुधार आएको छ। तर, यही बेला केही व्यवसायीले नेपालबाट कमसल खालका पस्मिना भारत पठाउने र त्यहाँबाट नेपाली भन्दै तेस्रो मुलुकमा निर्यात गर्न थालेपछि फेरि समस्या देखिएको हो।

‘भारतबाट नेपाली भनेर सिल्क र अन्य धागो मिसाएको पस्मिना पठाउन थालेपछि फेरि हामी समस्यामा परेका छौं,’ संघका अध्यक्ष पुष्पमान श्रेष्ठले शनिबार नागरिकसँग भने, ‘अन्तर्राष्ट्रिय बजारमा च्याङ्ग्रा पश्मिनाको नाममा बजार लिन थालेकामा अहिले फेरी बिगार्ने प्रयास हुँदैछ।’ विगतमा निकासी बढेको समयमा केही व्यवसायीले सिल्क मिसिएका कमसल खालका पश्मिना पठाएर नेपाली पश्मिनाको छवि विगारेका थिए। यसले सन् १९९९ मा ६ अर्ब बराबरका पस्मिना सामान निकासी भएकोमा अहिले एक अर्बको हाराहारीमा झारेको छ।

निकासी उच्च दरले घटेपछि संघले सामूहिक ट्रेममार्कको अबधारणा ल्याएको थियो। तर केही व्यवसायीले छिटो नाफा लिन नेपाली पश्मिनाको छवि विर्गान लागेको उनले आरोप लगाए।

‘हामीले भारतमा कमसल खालका पश्मिना सल निकासी भइरहेको बारेमा सरकारलाई जानकारी गराइरहेका छौ,’ श्रेष्ठले भने, ‘सरकारले हामीले भनेको कुरालाई सुनेको नसुन्यै गरेको छ।’

भारतबाट नेपाली पश्मिना भनेर निकासी हुन थालेका बारे बाणिज्य मन्त्रालयमा जानकारी गराइएको छ।

‘भारतबाट नेपाली पश्मिना भनेर गुणस्तरहिन सामानहरु निकासी भएको गुनासो आएको छ,’ मन्त्रालयका सहसचिव चन्द्र कुमार घिमिरेले नागरिकसँग भने। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकले समेत कमसल खालका पश्मिना सल निकासी भएको देखिएको छ।

सन् २००८/००९को तुलनामा सन् २००९/२०१० मा बढी पश्मिना सल निकासी भए पनि थोरै रकम आएको छ। सन् २००९/२०१० मा १ अर्ब ८४ करोड पीस पस्मिना सल निकासीबाट एक अर्ब ३१ करोड रुपैयाँ आएको छ। तर, २००८/००९ मा १ अर्ब ६३ करोड पीस पश्मिना सल निकासी गरेर १ अर्ब ८१ करोड रुपैयाँ भित्रिएको थियो।

‘बढी पश्मिना सल निकासी भए पनि कम मूल्य देखिनुले कमसल खालका सामान निकासी भएर हो,’ संघका प्रमुख कार्यकारी मन्दुवाबु अधिकारीले भने। उनका अनुसार भारतमा सन् २००९/२०१० मा ८ करोड ३० लाख बराबरको पश्मिना निकासी भएको थियो भने २००८/ २००९ मा १९ करोड पस्मिना निकासी भएको थियो।

‘भारतमा पस्मिना निकासी द्रुत रुपमा बढेको छ तर मूल्य भने कम देखिएको छ,’ अधिकारीले भने, ‘यो तथ्यांकले भारतमा कमसल खालका पश्मिना निकासी भएको स्पस्ट हुन्छ।’ यिनै पस्मिना भारतबाट ‘मेड इन नेपाल’ नाम गरेर तेस्रो मुलुक पठाइने गरिएको छ।

संघका अनुसार सामूहिक ट्रेडमार्क दर्ता भएपछि ५ हजार पीस च्याङ्ग्रा पश्मिना बितरण भएको छ। लोगो अहिले ३९ मुलुकमा दर्ता भइसकेको छ। ब्राजिल, ताइवान र दक्षिण अफ्रिकामा दर्ताको प्रक्रिया अन्तिममा पुगेको छ भने रुस र युनाईटेड अरब इमिरेट्समा दर्ता प्रक्रिया अगाडि बढेको छ।

@Nagariknews

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: