Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

एसएसबीले मलामीलाई कुटे

Posted by Ram Kumar Shrestha on August 8, 2011


बच्चु विक

एसएसबीले कुटेर भएको नीलडाम देखाउँदै पीडित सिद्धराज भट्ट, विरोधमा सीमानाकामा चक्काजाम गर्दै मलामी र स्थानीयवासी

नयाँ पत्रिका, महेन्द्रनगर, २२ साउन

मलामी गएका नेपालीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानहरूले आइतबार निर्घात कुटपिट गरेका छन् । कुटपिटका कारण आक्रोशित मलामी तथा स्थानीय बासिन्दाले नेपाल-भारत सीमानाका गड्डाचौकीमा चक्काजाम गरे ।

महाकाली नदीमा मलामी गएका कञ्चनपुरको सुडा-४ नयाँगाउँका बासिन्दालाई एसएसबीले कुटेका हुन् । महाकाली नदीमा शव लिएर जान लागेका र जलाएर फर्किंदै गरेका मलामीलाई एसएसबीका जवानले ‘सीमा क्षेत्रमा किन आएको ?’ भन्दै कुटपिट गरेको पीडितले बताएका छन् । ‘आपनै बाटो जाऊ, बोर्डर क्षेत्रमा किन आएको भन्दै कुटे,’ मलामी गएका शिक्षक सिद्धराज भट्टले भने । उनी पण्डित बनेर मलामी गएका हुन् ।

एसएसबीको कुटाइबाट भट्टसहित सातजना घाइते भएका छन् । भारतको दिल्लीबाटै आएर मलामी जाँदै गरेका मृतक पार्वती साउदका नाति कमल साउदलाई समेत एसएसबीले कुटेको छ । दिल्लीबाट आएका उनी मलामीभन्दा केही ढिलो पुगेका थिए । ‘थोरै पछाडि थिएँ, किन यहाँ आइस् भन्दै हान्न थाले,’ उनले भने ।

महाकाली नदी किनारको अन्त्येष्टि घाटमा मलामी जाँदा भारतको बाटो भएर जानुपर्छ । नेपाली भूमि भएर गाडी नजाने भएकाले भारतको बाटो प्रयोग हुँदै आएको छ । 

एसएसबीले कुटपिट गरेपछि गड्डाचौकीका स्थानीय बासिन्दा र मलामीले सीमा क्षेत्रमा चक्काजाम गरे । पश्चिमी सीमानाकामा चक्काजाम गरेपछि आइतबार साँझ दुई घन्टा नेपाल-भारत आवतजावत अवरुद्ध भएको थियो । उनीहरूले कुटपिटको विरोध गर्दै सीमा क्षेत्रमा एसएसबीको ज्यादति रोक्न माग गरेका थिए ।

गड्डाचौकी प्रहरी कार्यालयले कुटपिट गर्ने एसएसबीका जवानलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि आवतजावत सुचारु भएको छ । एसएसबीका जवानले मलामीलाई कुटपिट गरेको स्विकार्दै गड्डाचौकी प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक जयबहादुर पालले कारबाहीका लागि पहल गरिने बताए ।

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: