Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

भारतीय मिडियाको दादागिरी

Posted by Ram Kumar Shrestha on August 8, 2011


विश्व समुदायले बुद्धको जन्मस्थान लुम्बिनी भएको स्विकार गरिसिक्दा पनि उसले लुम्बिनी भारतमा पर्छ भन्दै भ्रम फैलाई नै रहेको छ। माधव नेपाल नेपालको प्रधानमन्त्री चुनिंदा भारतीय संचार माध्ययमले भारतीय मुलका नेपाल नेपालके प्रधानमन्त्री भन्दै प्रचार गरेका थिए। लुजेन्द्र प्रकरण त्यसको निरन्तरताको एक अंश मात्र हो।

भारतीय नेताको मात्र हैन,मिडियाको दादागिरी पनि टुलु टुलु हेरेर बस्नुपर्ने यो कस्तो बाध्यता हो हाम्रो?

के डोटी जिल्ला भारतभित्र पर्छ? कि ठमेलसंगै जोडिएको नयांबजार वा म्हैपी भारतीय सिमाभित्रका स्थान हुन? भारतको नक्सा हेर्ने हो भने यी दुबै प्रश्नको उत्तरहैन भन्ने पुष्टी हुन्छ नै। यदि त्यसो हो भने हिजोका दिनसम्म कुनै वास्तै नभएका लुजेन्द्र ओझाले जव मंगलग्रहमा पानी रहेको तथ्य पत्ता लगाएको सार्वजनिक भएपछी उनी एकाएक कसरी भारतीयमुलका भए ? मंगलग्रहबारे लामो समयदेखि अनुसन्धान गरिरहेको नासाले मंगलग्रहमा नुनिलो पानीको सतह भएको पत्ता लागेको घोषणासंगै त्यसको अनुसन्धानको श्रेय नेपाली मुलका हैन नेपाली नागरिक लुजेन्द्रलाई दिएपछी अहिले भारतीय मिडिया उनलाई भारतीय मुलका बैज्ञानीक भन्दै प्रचारप्रसारमा ब्यस्त छ।

डोटी महादेवस्थान,गाविस २ का उनी सन् २००८ मा अमेरिका जानु अगाडिसम्म काठमाडौंको म्हैपीमा बस्दै आएका थिए। अनी ग्यालेक्सी पब्लीक स्कुलमा अध्ययनर उनी बाबुको पिएचडीसंगै अमेरिका गएका थिए। जहां पुगेर उनले नेपाली बैज्ञानिकहरुले कल्पनै गर्न नसक्ने उपलब्धी पाए। जुन उपलब्धीले सबै नेपालीको शिर उचो बनाएको छ।

उनीहरुले लुजेन्द्र कुन आधारमा भारतीयमुलका हुन भन्ने खुलाउन सकेको छैन। लुजेन्द्रसंगै नेपालको नाम समेत चर्चामा आएपछी केही भारतीय मिडिया अहिले ज्यान फालेर लागेका छन् लुजेन्द्रलाई भारतीय मुलको बैज्ञानीक बनाउन।

त्यसमा सबैभन्दा अगाडि देखिएको छ इन्डीया एक्सप्रेस। जसले आाफ्नो समाचारको प्रारम्भमै भारतीयमुलको भनेर दावी गरेको छ। तर समाचारमा उनी कुन आधारमा भारतीयमुलका भए, उनी भारतको कहां बस्थे? केही खुलाएको छैन समाचारमा।

नेपाल र नेपालीको उपलब्धी विरुद्ध भ्रम फैलाउन होस् या गलत प्रचारप्रसारमा भारतीय मिडिया सधै एक कदम अगाडि नै छन्। सगरमाथा चढ्ने तेन्जीगं शेर्पालाई प्रलोभनमा पारेर भारतीय नागरिक बनाईछाड्यो। त्यसपछीपनि उसको अभ्यास रोकिएको छैन। आफ्नो नभएपनी भ्रम फैलाएर राम्रो कामको श्रेय लिने अनी नेपाल र नेपाली संलग्नै नभएका घटनामा पनि सश्लग्न छन् भन्दै बदनाम गराउने मामलामा भारतीय मिडिया एक कदम अगाडि छन् सधै।

त्रिभुवन विमास्थलवाट पाकिस्तानी एयरलाईन्स अपहरणहुंदा विमानमा यात्रारत गजेन्द्र ताम्राकारलाई अपहरणकारी भएको दावी गर्दै विमान अपहरणमा नेपाली समेत संलग्न छन् भनेर भ्रम फैलाएको थियो। जवकी काश्मीरी पृथकदावादी र पाकिस्तानी उग्रवादी मिलेर विमान अपहरण गरेका थिए र गजेन्द्र अन्य यात्रु समान थिए।

तर, जसरीपनि नेपाल र नेपाली आस्थामाथी हिलो छ्याप्ने मौकाको खोजीमा रहेका भारतीय मिडियाले गजेन्द्रलाई अपहरणकारीकै मतियारको रुपमा कुप्रचार गराईरह्यो। जव उनी यात्रु मात्र भएको खुल्यो तव मौन बस्यो तर, गल्ती सच्याएन।

विश्व समुदायले बुद्धको जन्मस्थान लुम्बिनी भएको स्विकार गरिसिक्दा पनि उसले लुम्बिनी भारतमा पर्छ भन्दै भ्रम फैलाईनै रहेको छ। माधव नेपाल नेपालको प्रधानमन्त्री चुनिंदा भारतीय संचार माध्ययमले भारतीय मुलका नेपाल नेपालके प्रधानमन्त्री भन्दै प्रचार गरेका थिए। लुजेन्द्र प्रकरण त्यसको निरन्तरताको एक अंश मात्र हो।

हेरौं अब भारतीय मिडियाहरुले उनलाई भारतीयमुलकै हो भनेर पुष्टी गर्न अरु के के नाटक रचेर भ्रम फैलाउने हो?

अनी अर्को पाटो,

नेपाली सञ्चारमाध्यममा भारतीय नागरिकले सञ्चालीत उद्योगले गरेको गलत कामको समाचार प्रकाशित गर्दा समेत नेपालमा रहेको भारतीय दुतावासले विज्ञप्ती नै निकालेर प्रतिवाद गर्छ। डावर नेपालको रियल जुस प्रकरणमा भारतीय राजदुत राकेश सुदले निकालेको विज्ञप्ती अझै ताजै छ।

तर, राष्ट्र र राष्ट्रियतामाथी नै धावा बोल्ने श्रृंखलालाई भारतीय मिडियाहरुले नियोजीत र प्रायोजीत रुपमा निरन्तरता दिएपनी न भारतमा रहेको नेपाली दुतावासले कुनै प्रतिकृया जनाउंछ न परराष्ट्र मन्त्रालयले।

विमान अपहरण प्रकरण सकिएपछी भारतीय सञ्चारमाध्यमहरुले आफुलाई अपहरणकारीको रुपमा गलत प्रचार गराएर चरित्र हत्या गरेकाले कार्वाहीको माग गर्दै ताम्राकार लैनचौरमा रहेको भारतीय दुतावासमा निवेदन दिन जांदा समेत कुनै सुनुवाई भएको थिएन। निर्दोश ब्यक्तिलाई अपहरणकारीको विल्ला भिडाउने भारतीय मिडियालाई यसले केही असर पारेन।

भारतीय नेताको मात्र हैन,मिडियाको दादागिरी पनि टुलु टुलु हेरेर बस्नुपर्ने यो कस्तो बाध्यता हो हाम्रो?

इन्डीयन एक्सप्रेसलाई यहां गएर जवाफ दिउ

@Hamro Blog


2 Responses to “भारतीय मिडियाको दादागिरी”

  1. Durga Lamichhane said

    Oh India, can you prove Lujendra Ojha, an Indian citizen?

    • Setupadhey said

      On its independence day, Nepal is also shown within Indian territory, which is DADA GIRI of India, India can have a UN membership the way it is behaving with its neighbour or those who are running political show in Nepal are really all Indians? I don’t know, but it feels like what I said to many Nepalese these days

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: