Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

नेपालीको खेत हडपेर भारतीयले धान रोपे

Posted by Ram Kumar Shrestha on July 29, 2011


१३ साउन, बारा । बाराको दक्षिण झिटकैया गाविस-६ मा नेपाली किसानको खेत बलजफ्ती हडपेर भारतीयले धान रोपाईं गरेका छन ।

सिमावर्ती भारतीय गाँउ औरैयाका बासिन्दाहरुको एक समूहले भारतीय सिमा सुरक्षा बल एसएसबीका जवानहरुको सहयोगमा एक साताअघि नेपाली किसान अम्बिकाप्रसाद जैसवार, चन्दि्रका, किशोरी, रामकृत, कामेश्वर, रामप्रवेश हजारा, विरेन्द्र पासवान र मनोज चमारको करिब डेढ बिगाहा खेतमा धान रोपेका हुन् ।

भारतीय पक्षले नेपाली किसानले पुस्तौदेखि भोगचल गर्दै आएको जमिन कब्जा गर्न यसअघि पनि पटकपटक प्रयास गर्दै आएको स्थानीय अम्बिकाप्रसादले बताए । ‘तर यसपटक एसएसबीसहित आएर उनीहरुले कब्जा गरे,’ अम्बिकाप्रसादले भने ‘आफ्नो खेत लुटेर अर्काले धान रोप्दा पनि टुलुटुलु हेरिरहयौँ । रोक्ने आँट आएन ।’ तीन बर्षअघि धान रोप्न भनेर आएका भारतीयलाई स्थानीयले प्रतिकार गरेर धपाएपछि उनीहरु नेपाल छिर्न सकेका थिएनन् । औरैया ग्रामका नरुलहोदा मियाँ ठकुराईको अगुवाईमा भारतीय नागरिकहरुको समुहले नेपाली भुमी कब्जा गरेकोे अम्बिकाप्रसादले जानकारी दिए । भारतीय नागरिकहरुले नेपाली किसानलाई जमिन छोड्न यसअघि निरन्तर धम्की दिँदै आएको स्थानीयले बताएका छन् ।

त्यस्तै बसतपुर गाविसमा समेत भारतीय पक्षले नेपाली किसानको ५० बिगाहा भन्दा बढी धान खेत कब्जा गरेको बताइएको छ । दक्षिणझिटकैया गाविसबाट पश्चिमतर्फ पसाहा नदी पारी बसतपुरसम्मको करिव ४ किमी क्षेत्रमा भारतीय पक्षले नयाँ पिलर गाढेर जमिन कब्जा गरेको हो ।

दशगजा क्षेत्रका पुराना पिलर हराएको भन्दै भारतीय नापी विभागका कर्मचारीले नेपाली भूमी मिचेर २०५८ सालमा नयाँ पिलर गाढेपछि दुई देशका किसानबीच विवाद शुरु भएको हो । नापीका कर्मचारीले पिलर गाढेर गएपछि भारतीय पक्षले नेपाली किसानको जमिनमा दाबी गर्न थालेको बताइएको छ । सिमा यकिन गरिदिन पटकपटक अनुरोध गर्दा पनि नेपालको नापी विभागले बेवास्ता गरेको स्थानीयको गुनासो छ ।

शसस्त्र प्रहरी सिमा सुरक्षा बल बाराका प्रमुख कृष्णबहादुर थापाले जिल्लाका विभिन्न गाविसमा वर्षौँदेखि सिमा समस्या रहेकाले आफूहरुले केही गर्न नमिल्ने बताउँदै दुवै देशबीच उच्च तहमा वार्ता गरी विवाद टुङ्गोमा पुर्‍याउनु पर्ने बताए ।

@Onlinekhabar

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: