Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

भानु जयन्ती: भानु जयन्तीमा स्कटल्याण्डमा नौलो प्रयोग

Posted by Ram Kumar Shrestha on July 17, 2011


एबरडिन (स्कटल्याण्ड) , अषाढ ३१ – नेपाली समय अनुसार बिहीबार बिहानको करिब दुई बज्न लागेको थियो । राष्ट्र गानका रचयिता कवि ब्याकुल माइला स्कटल्याण्डको एबरडिनमा भानु जयन्तीको अवसरमा आयोजित अन्तर्राष्ट्रिय कविता वाचन कार्यक्रममा उपस्थित नेपाली साहित्यप्रेमीहरुमाझ  प्रत्यक्ष कविता सुनाइरहेका थिए ।

उता अमेरिकाबाट ज्ञानेन्द्र गदाल, शैलेन्द्र साकार, रुसबाट डा. मधु माधुर्य, बेलायतबाट डा. कविताराम श्रेष्ठलगायत आठ राष्ट्रबाट साहित्यकारहरुले स्काईपको माध्यमबाट कविता वाचन गरेका थिए भने कार्यक्रमस्थल एबरडिन, स्कटल्याण्डमा कार्यक्रमलाई प्रोजेक्टरमार्फत ठूलो पर्दामा देखाइएको थियो ।

स्कटल्याण्डस्थित अर्गनाइजेशन फर नेप्लिजन कल्चर एण्ड वेलफेयरले १९८ औं भानु जयन्तीको अवसरमा आयोजना गरेको कविता वाचन कार्यक्रमको झलक थियो यो ।

कार्यक्रमस्थलमा उपस्थित साहित्यप्रेमीहरुले करिब तीन घण्टासम्म कविता सुन्ने सुनाउने त गरे नै विश्वका विभिन्न भागमा रहनुभएको साहित्यकारहरुलाई समेत सूचना प्रविधिले जोडेर प्रत्यक्ष झैं अनुभव गर्न सके ।

स्कटल्याण्डमा भानु जयन्ती मनाउने क्रममा नेपाली मात्र होइन नेपाली साहित्यमा अभिरुचि राख्ने आयरल्याण्डका सुप्रसिद्ध कवि कायल ओ सर्काइलले पनि अनलाइनको माध्यमबाट सहभागिता जनाए । आदिकवि भानुभक्तको बारेमा आफूले थाहा पाएसम्मको जानकारी सुनाउँदै उनले कार्यक्रममा भूपि शेरचनको कवितालाई नेपाली, अंग्रेजी र आईरिस गरी तीनवटा भाषामा वाचन गरेका थिए ।

स्काईपकै माध्यमबाट बेलायतबाट डा. कविताराम श्रेष्ठ, रामकुमार श्रेष्ठ, दुर्गा पोख्रेल, अमेरिकाबाट शैलेन्द्र साकार, ज्ञानेन्द्र गदाल, गीता खत्री, पुरानाघरे, रुसबाट डा. मधु मार्धुय, इटालीबाट जगत नवोदित, डेनमार्कबाट वृजेश गौतम र ब्रुनाइबाट विश्वासदिप तिगेलाले आआफ्नो कविता पाठ गरेका थिए ।

नेपालमा शैक्षिक र राजनीतिक ब्यक्तित्वको रुपमा परिचित कार्यक्रमका प्रमुख अतिथि घनश्याम शर्मा पौडेलले छन्दमा दुईवटा कविता सुनाए । साथै एबरडिनका गणेश चापागाईंले भानुभक्तका केही कविताहरु वाचन गरे भने नवीन क्षेत्री, आनन्द अर्याल, सन्तोष गैरेलगायतले पनि मर्मस्पर्शी रचना सुनाएका थिए ।

कार्यक्रमका सहभागी विजय सिग्देलले धेरैपछि स्तरीय कविताहरु सुन्न पाएको प्रतिक्रिया दिए । अर्का सहभागी कवि नवीन क्षेत्रीले सूचना प्रविधिको प्रयोगले यस्ता कार्यक्रमहरु अझ प्रभावकारी हुनसक्छ भनी आफूलाई प्रेरणा मिलेको अनुभव ब्यक्त गरे ।

आनन्द अर्यालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा आयोजक संस्था अर्गनाइजेशन फर नेप्लिजन कल्चर एण्ड वेलफेयरका अध्यक्ष दिपेश रेग्मीले आगामी दिनहरुमा पनि नेपाली कला, साहित्य, संस्कृतिको क्षेत्रमा संस्था अझ क्रियाशील रहिरहने प्रतिबद्धता जनाए ।

-भाष्कर अर्यालबाट


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: