Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

कोसी ब्यारेजमा फेरी रातो झण्डा र बत्ति

Posted by Ram Kumar Shrestha on July 3, 2011


अबधेशकुमार झा

इनरुवा, अषाढ १८ – सप्तकोसी नदीमा पानीको बहाब फेरी बढ्दै गएपछि शनिबार दिउसो सवा चारवजे पछि पुन: खतराको संकेत स्वरुप ब्यारेजमा रातो झण्डागाडनुका साथै रातो बत्ति वालिएको छ ।

पानीको बहाब एकलाख ५० हजार क्युसेक नाघेपछि खतराको सूचकको रुपमा रातो झण्डा गाडनुका साथै रातो बत्ती वाल्ने गरिएको छ । शुक्रबार दिउँसो एकलाख ५० हजार क्युसेक नाघ्दै एकलाख ५९ हजार २५ क्युसेक पानीको बहाब पुग्दा रातो झण्डा गाड्नुका साथै रातो बत्ती वालिएको थियो ।

तर, शनिबार बिहान सवा सात वजे पानीको बहाब कम भइ एक लाख ४८ हजार ६ सय क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाब भएपछि रातो झण्डा झिकिएको थियो भने रातो बत्ति निभाइएको थियो । शनिबार दिउँसो सवा चारवजे पुन: पानीको बहाब एकलाख ५० हजार चारसय ८० क्युसेक प्रति सेकेन्डका दरले बहाब भएपछि फेरी रातो झण्डा गाडनुका साथै रातो बत्ति वालिएको प्रहरी चौकी कोसी ब्यारेजका प्रहरी नायव निरीक्षक शम्भु बस्नेतले बताए ।

पछिल्लो पटक अघि साँझ सवा पाँचवजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर एकलाख ५० हजार ९ सय क्युसेक प्रति सेकेन्डका दरले बहाब भइरहेको बस्नेतले जानकारी दिए । पानीको बहाब बढेसंगै कोसी ब्यारेजका २० वटा ढोका खोलिएको छ ।

@ekantipur

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: