Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

नेपाल-भारत सुरक्षा अधिकारी बैठकमा सधैं पूरानै एजेण्डा

Posted by Ram Kumar Shrestha on June 22, 2011


ठाकुरसिंह थारु

बाँके, अषाढ ८ – नेपाल-भारत सुरक्षा अधिकारीबीच बर्षमा दुई/तीन पल्ट बैठक हुने गरेको भएपनि सबै बैठकका एजेण्डा उस्तै हुने गरेका छन् । दुई देशबीचका स्थानीय अधिकारीबीचको बैठकको छलफलको ऐजेण्डा स्थायी छ ।

दसगजामा रहेका पीलरको सुरक्षा, सीमामा हुने आपराधिक गतिबिधी, हातहतियार ओसारपसार नियन्त्रण गर्ने विषय ती बैठकहरुका लागि स्थायी एजेण्डा हुन् ।  त्यसैगरी, अबैध काठ तस्करी, वन्यजन्तु चोरी शिकारी, सीमा अतिक्रमण, चेलिबेटी विचबिखन, चोरी तस्करी, लागुऔषध नियन्त्रण बारे बैठकमा छलफल हुने गरेको छ ।

गएको साता बाँके र बर्दिर्याका सुरक्षा अधिकारीहरुले भारतको बहराईचमा भएको बैठकमा ती पुरानो एजेण्डालाई नै निरन्तरता दिए । पटक-पटका बैठकमा ती विषयहरुमा नै निर्णय भएपनि  व्यवहारमा कहिल्यै कार्यान्वन भएको छैन ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरले नेपालका तर्फबाट ९ वटा एजेण्डामाथि भारतीय अधिकारीहरुसंग छलफल गरेको बताए ।

मोस्टवान्टेड सूचीमा रहेका अपराधिहरु भारतमा निर्वाधरुपमा बसिरहेको भन्दै पक्राउ गर्न नेपालका अधिकारीहरुले सहयोगका लागि आग्रह गरे । यस अघिको बैठकमा नेपालका सुरक्षा अधिकारीले तीन दर्जन मोस्ट वाण्टेड अपराधिहरुको सूची भारतीय अधिकारीहरुलाई बुझाएका थिए ।

भारतीय भूमिमा बसेर नेपालमा अपराधिक क्रियाकलाप गरिरहेको भन्दै उनीहरुलाई पक्राउ गर्न नेपालका अधिकारीहरुले माग गर्दै आएका हुन । तर, भारतीय सुरक्षा अधिकारीहरुले आश्वासन दिने तर उनीहरुलाई पक्राउ गर्ने कार्यमा सहयोग गरेका छैनन् ।

सशस्त्र समूहले भारतभुमिबाट नै व्यवसायीहरुसंग चन्दा माग्ने गरेको गुनासो नेपालका अधिकारीले गर्दै आएका छन् । तर, भारतीय अधिकारीहरुले भने नेपाल प्रहरीले बुझाएको अपराधीहरुको खोजतलास जारी रहेेको र हालसम्म नभेटिएको जवाफ फर्काए । 

त्यसैगरी दुई देशको सिमानामा भारतीय पक्षले एकतर्फी रुपमा खल्डो खन्ने र बाटो निमार्ण गरेको बारे ध्यानार्षण गराएको प्रजिअ घिमिरले बताए । नेपाल-भारत आवातजावत गर्दा नेपालीहरुलाई भारतीय पक्षले दुःख दिने गरेको गुनासो गरिएको छ । भारतीय अधिकारीहरुदे नेपालीहरुलाई निर्वाधरुपमा आवातजावत गर्न दिने प्रतिबद्धता जनाए । यसअघिको बैठकमा पनि यो विषय प्राथमिकतामा पर्दै आएको छ ।

नेपालका अधिकारीहरुले दुई देशबीचको बैठकले गर्ने गरेको निर्णयलाई कार्यान्वन गर्न भारतीय पक्षसंग आग्रह गरे । ‘निर्णय मात्रै गर्ने तर कार्यान्वयन नहुँदा समस्या भएको बारे भारतीय अधिकारीलाई जानकारी गराएका छौ,’ प्रजिअ घिमिरेले भने ।

त्यसैगरी, भारतले निमार्ण गरेको लक्ष्मणपुर बाँधका कारण राप्ती आसपासका गाउँ डुबान हुँदै आएको भन्दै भारतीय पक्षलाई जानकारी गराइएको छ । बषर्ातको समयमा बाँधको गेट नखोल्दा डुबान हुने गरेको भन्दै दुई देशबिच सूचना आदानप्रदान गर्ने सहमतिका भएको छ । नेपालगन्ज रुपैडिहा नाकामा एकिकृत चेकपोष्ट निमार्ण तिव्र गतिले भइरहेको नेपालका अधिकारीहरुले जानकारी दिए ।

@ekantipur

 

 

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: