Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

भारतीय प्रहरीद्वारा लुटपाट

Posted by Ram Kumar Shrestha on June 21, 2011


कञ्चनपुर, अषाढ ७ – कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको रामपुर विलासीपुरमा मेडिकल सञ्चालन गर्दै आएका लालबहादुर सिंह थापाबाट भारतीय प्रहरीका जवानले सोमबार नगद र मोबाइल सेट लुटेर लगेका छन् ।

सादा पोशाकमा आएका एसएसबीका जवानहरुले ‘डाक्टरको बहानामा मलखाद तस्करी गर्ने’ भन्दै आफूसँग रहेको रु.१० हजार पर्ने मोबाइल सेट र नगद रु.सात हजार लुटेर लगेका पीडित थापाले बताए ।

भारत कम्पोजनगरमा कार्यरत ती प्रहरीमाथि कारबाहीको माग गर्दै स्थानीय प्रहरी र सीमा क्षेत्रमा रहेको भारतीय एसएसबीलाई समेत जानकारी गराएको पीडित थापाले बताए ।

यसैबीच सेती महाकाली मुक्ति टाइगरको नामबाट सर्वसाधारणसँग जबर्जस्ती चन्दा असुल्ने गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–५ वनखेतका राजेन्द्रसिं महरालाई पक्राउ गरेको छ ।

चन्दा असुल गर्न व्यापारीहरुलाई दिइएको पर्चामा लेखिएको मोबाइल नम्बर ९८४८७२०९८४ को आधारमा उनी पक्राउ परेको प्रहरीले बताएको छ ।

सेती महाकालीलाई टुक्र्याउने चलखेल बढेकाले त्यसलाई बचाउन सहयोग गर्न भन्दै झलारी र वाणीका व्यवसायीहरुसँग उक्त सङ्गठनका अध्यक्ष सत्यप्रकाशका नामबाट पर्चा जारी भएको थियो ।     

सङ्गठनले जारी पर्चामा रु.१० हजार चन्दा तोकेर विगत दुई सातादेखि असुल्ने कार्यलाई तीब्र बनाएको थियो ।

पक्राउ परेका महराबारे अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी स्रोतका अनुसार उनले बयानमा उक्त नम्बर भएको मोबाइल आफूले बेचेको बताएका छन् । प्रहरीले मोबाइल खरिद गर्ने व्यक्तिको पनि खोजी भइरहेको जनाएको छ । रासस

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: