Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

भारतीयले नेपालीलाई धम्क्याएर सित्तैंमा ‘पोष्ट’ बनाउन लगाए

Posted by Ram Kumar Shrestha on May 16, 2011


गजेन्द्र बोहरा, गन्धैला नाका (दाङ), जेठ २- दश गजाको पाँचै मिटर क्षेत्रभित्र सुरक्षा पोष्ट स्थापना गर्न थालेको भारतीय सीमा सुरक्षा बलका अधिकांश क्याम्प बनाउनका लागि स्थानीय सीमा निवासी ‘श्रमदान’ गर्न बाध्य भएका छन्। क्याम्प निर्माणका लागि उनीहरुले नेपाली सीमाबासीलाई धम्क्याएर सित्तैमा काम लगाउने गरेका छन्।

दाङसँग जोडिएका अधिकांश भारतीय नाकाहरुमा अहिले धमाधम भारतीय सुरक्षा निकायले सीमा सुरक्षा पोष्ट (बिओपी) हरु स्थापना गर्न थालेको छ। जहाँ सुरक्षाकर्मी भारतीय रहनेछन्।

घरघरै आएर धम्क्याउँछन्, उनीहरुको काम नगरिदिए राशन (खर्च) लिन त जाउला नि ? भनेर डर हालिदिन्छन्’, राजपुर गाविसको डगमारा नाकाका स्थानीय छबबहादुर पुनले भने- काम गर्दिन त जानै पर्‍यो नि, जे गर्न पनि उनीहरुकै ठाउँमा जानुपर्छ। उनका अनुसार नाकाबासीहरु पूरै भारतीय बजारमा निर्भर भएका कारण उनीहरुले धम्क्याएरै काममा लगाएका हुन्।

स्थानीयका अनुसार अहिले भारतीय सीमा सुरक्षा बलले अस्थायीरुपमा भन्दै कोइलावास, खङ्ग्रा, सुनपथ्री, डगमारा, गन्धैला, भैसाही, भौवालगायतका एक दर्जनभन्दा बढी नाकामा बिओपी स्थापना गरेको छ भने कतिपय ठाउँमा बनाउने तयारी गरिरहेको छ। ती सबै ठाउँमा अस्थायी क्याम्प बनाउनका लागि उनीहरुले स्थानीय नेपालीलाई दुईदेखि सात दिनसम्म प्रत्येक घरघरबाट सित्तैंमा कामदारका रुपमा प्रयोग गरेका हुन्।

‘उनीहरुको क्याम्पका लागि जमिन सम्याउने, इँटा राखेर बाटोहरु बनाउने अनि त्रिपाल टाँगिदिने सबै काम हाम्ले नै गर्‍या हो’, गन्धैलाका जोगबहादुर पुनले भने- पैसा भने दिएन, मासु र भात खान दिएको थियो। मासुका लागि भारतीय सुरक्षाकर्मीले  नेपालीकै घरबाट एकदमै सम्तोमा किनेर कुखुरा लगेका थिए। ‘उनीहरुले जति दिन्छन् त्यति राख्‍नुपर्छ,  नत्र फेरि तलतिर (बजारतिर) जालास् नि भनेर धम्की दिन्छन्। उनले पनि ती दिनसम्म डगमारास्थित भारतीय सीमा सुरक्षा बलको अस्थायी सुरक्षाचौकी बनाउनका लागि सित्तैमा श्रमदान गरेका थिए।

भारतीय सीमा सुरक्षा बलले दाङसँग सिमाना जोडिएका अधिकांश नाकामा आफ्ना सीमा सुरक्षा चौकीहरु निर्माण गरिरहेको छ। २५ भन्दा बढी स-साना नाकामध्ये भारतले मुख्य मानिने एक दर्जनभन्दा बढी नाकाहरुमा त्यस्ता सुरक्षाचौकी स्थापना गरिसकेको छ। तर नेपालको भने केही सुगम मानिने कोइलावासमा बाहेक अन्य नाकामा कतै पनि सशस्त्र प्रहरी राखेको छैन। खङ्ग्रा, भैसाही, डगमारा, मुसी नाकामा मात्रै नेपाल प्रहरीहरुको सीमा सुरक्षा चौकी छन्। त्यो पनि असइको नेतृत्वमा जम्मा ९–११ जनासम्मा मात्रै प्रहरी।

नेपालका ती प्रहरी चौकीह पनि दशगजाभन्दा करिब ५० सय मिटर पर नै छन्। तर अहिले निर्माण भइरहेका भारतीय सीमा सुरक्षा चौकी भने दशगजाको ५ मीटर परमात्रै छन्। ‘खै पहिला उनीहरुको चौकी भेट्न २ घण्टा हिँड्नुपर्थ्यो’ गन्धैलाका छबबहादुर पुनले भने- अहिले किन नजिकै आएको छ कुरै बुझिया छैन। स्थानीयका अनुसार एक वर्षअघिदेखि भारतीय सुरक्षाकर्मी त्यति नजिकै बस्न थालेका हुन्।

@Nagariknews

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: