Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

सुगौली सन्धी खारेज गर्, नेपालको सबै भुभाग फिर्ता गर ।

Posted by Ram Kumar Shrestha on May 6, 2011


सिदिन-१, पाँचथरका पेम्बाछिरिङ शेर्पाले दुई वर्षअघि गोठ छेवैमा गाडिएको ५८/९ नम्बरको सीमास्तम्भ नजिकै गाडिएको एउटा सहायक सीमास्तम्भ उखेलेर फ्याँकिदिए । भारतीय अधिकारीहरूले साविकको सिमानाभन्दा झन्डै ५० मिटरभित्र मेरो घरमाथिको डाँडामा स्तम्भ गाडेका थिए । स्तम्भ उखेलेर फ्याँकेपछि एसएसबीले निकै धाकधम्की दिए तर मैले अटेर गर्नाले फेरि गाडेनन्, शेर्पाले भन्नुभयो ।सिदिनका शेर्पाले जस्तै सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीले जोखिम मोलेर नेपालपट्टीको जमिन मिचिनबाट जोगाउँदै आएका छन् । सशस्त्र सीमा बल (एसएसबी)ले नेपालपट्टीको जमिन खेलमैदानका रूपमा प्रयोग गर्न थालेपछि मावु-८, कालपोखरीका पेमलमु शेर्पाले तारबेरा गरिदिएका छन् । “एसएसबीले अरूतिर सिमाना मिचेको देखेको हुनाले यहाँ पनि खेल्दाखेल्दै खेल मैदानमै क्याम्प विस्तार गर्लान् भन्ने डर लाग्यो, त्यसैले तारबेरा गरिदिएँ”, उहाँले भन्नुभयो ।

भारतले सन्दकपुरमा सीमा मिच्न थालेपछि पासाङदावा शेर्पाले आफ्नो जमिनमा तारबेरा गर्नुभएको छ । “भारतले सन्दकपुरमा नयाँ बाटो खनेर नेपालपट्टिको एउटा डाँडा नै उता पारेपछि थप मिच्न नदिन हामीले तारबेरा गरेका हौँ”, शेर्पाले बताउनुभयो । एसएसबीको बीओपीले २०६३ सालमा पनि पशुपतिनगर-४, हिलेमा सीमा मिचेर तारबेरा गर्दा स्थानीयले विरोध गरेपछि तारबेरा रोकिएको थियो ।

इलाममा २०४५ सालदेखि सीमा अतिक्रमणको छिटफुट विवाद सुरु भए पनि भारतले एसएसबीको क्याम्प खडा गर्न थालेपछि सीमा विवाद बढेको हो ।
पशुपतिनगरका मिलन क्षेत्रीले धेरै ठाउँमा निषेधित दशगजा र नेपालपट्टीको जमिन मिचिएको बताए । नेपालीले निजी जमिनचाहिँ मिच्न दिएका छैनन् । तर बसोबास नभएको ठाउँमा स्थानीयले सधैँ निगरानी गर्न सम्भव नै छैन,उहाँले भन्नुभयो ।
इलामको पशुपतिनगरदेखि पाँचथरको फालोटसम्ममा सीमावर्ती सिमानाबजार, मानेभञ्ज्याङ, चित्रे, लामीधुरा, मेघमा, तुम्लिङ, कैयाकट्टा, गैरीबास, विखेभञ्ज्याङ, कालपोखरी, सन्दकपुरमा नेपालीको बसोबास रहेको छ । सिमाना मिचिएको आवाज उठाउँदा र सिमानाको आफ्नो जमिन तारबेरा गर्दा एसएसबीबाट अनावश्यक दुःख झेल्नुपरेको स्थानीयको गुनासो छ ।
पशुपतिनगर-४ हिलेका रामकुमार योञ्जन, फूलमाया दाहाल, सञ्जु यल्मु, पेम्बा भोटिया, वीरबहादुर बमजन, जुहारीलाल तामाङको घर र एक सरकारी कार्यालय भारतपट्टी पर्नेगरी गाडिएको ७१/२२ नम्बरको सहायक सीमास्तम्भ स्थानीयले २०५९ वैशाख २२ गते उखेलेर फ्याँकिदिएपछि स्थानीय नेपालीले एसएसबीको कुटाई खाएका थिए ।
सीमा क्षेत्रका बारेमा पटकपटक आवाज उठाउँदा पनि नेपाल सरकारले समाधानका लागि पहल नै नगरेको स्थानीयको गुनासो छ । “सीमा मिच्दा विरोध गर्ने हामी एक्लै छौँ “, पासाङ दावा शेर्पाले बताउनुभयो

about an hour ago · 1318 ·  ·  · Share
@Facebook

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: