Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

एउटा पत्र आमालाई

Posted by Ram Kumar Shrestha on April 14, 2011


मेरी प्यारी नेपाल आमा,
हजुरको खुट्टामा ढोग छ।

आमा, मलाई हजुरको माया कति लाग्छ भनेर सोध्नु भयो भने, संख्याले भनु, अपुग होला; आकारले देखाउँ ब्रम्हाण्ड सानो होला । तर आमा म आज हजुरलाई केही प्रस्न सोध्दै छु? आमा यादव दाईलाई के भा’को ? अनि त्यो सोझो राईलाई कस्ले भड्काको ? खै आजकाल त के- के भन्छन् के-के?

मेरो बाजे-पुर्खाको यो धरोहरको अब बटुवारा गर्ने रे । उनीहरु हेपिये रे आमा? खै कस्ले हेपेछ? मैले हेपें कि आमा? म दोषी भए आमा, म आज हजुरलाई भन्दै छु; आमा म सब छोडिदिन्छु- छन त मेरो के नै छ र? तर नि आमा सब छोडिदिन्छु – तर एक्चोटी त्यो बिर्खे राई अनि यदव दाईलाई सपना जुराइस्योस आमा- त्यो राईलाई गोर्खाको सुन्तलबारीमा अनि त्यस्ले खाएर हुर्केको सुन्तलामा; मनाङमा स्याउ मात्र खान पाउने चरो डोल्माको पनि हक लाग्छ भनी सम्झाइदिस्योस आमा, यादव दाईलाई बुझाईदिनु आमा, हप्प तराइको खेतमा मेरा बाले नि तेत्ति नै पसिना  बगाएकाछ्न् जति तेस्का बाले बगाएका होलान। आमा, यदव दाईलाई संझाइदिनु – तराईमा बाढि आउँदा, मेरो घर नि पहिरोले पखालेर लग्या हुन्छ; पानी यहाँ पनि पर्छ, फरक यत्ति हो कि त्यहाँ बाढि आउँदा यहाँ पहिरो जान्छ। अनि म पनि रुन्छु आमा, यादव दाई मात्र हैन।

तर केही फरक पर्दैन जस्तो लाग्छ अब त; यादव दाई अनि बिर्खे राईले अब त नयाँ भाषा पनि सिकेछन्; याद आएसम्म त हामी तीन जना पिपलबोट मुनि नाच्दै एकै आवाजमा गाउँथ्यौ: ” छरिएर बसे के भो? सन्तान त एउटै हो” । कसम खाएर भन्छु; हामी एउटै भाषामा; एउटै लवजमा गाउँथ्यौ – उत्ति नै खुशी हुन्थौ; उत्ति नै गर्व गर्थौ; खै यादव दाई र बिर्खे राईले नयाँ भाषा कसरी सिकेछन् आमा?

तर म भन्दिन्छु आमा; म सब थोक छोड्न तयार छु; तर मेरो भाषा, मेरो टोपी, मेरो भक्ति अनि मेरो झन्डा म छोड्न सक्दिन। त्यसैले  आमा सम्झाउनु तिनीहरुलाई- पिता पुर्खाको चिनो मेटाइ आफ्नो स्वार्थको लागि ठडाइएको नयाँ महल् नै किन नहोस्; एकपलमै चकनाचुर हुन्छ; – सराप लाग्छ आमा, ठुलो सराप लाग्छ । अनि  उडी आउँछ आमा यहाँ त्यो अवसरबादी लाम्खुट्टे जस्ले हामी सबको रगत चुस्छ; नमज्जाले चुस्छ।

खै आमा पिता पुर्खाको शिर कहिलै झुकेन रे? हाम्रो त ठड्याउन सक्या छैन अझ; कहिले ठडिएला कि नठदिएला ? ठडिए पनि कति बेर अड्ला-  त्यो हामीमै निर्भर गर्ला ।

त्यसैले आमा मैले भनी सकें; म मिट्न तयार छु, तर सजिलै पुर्खौली जग मिटेको हेर्न चाँहीं सक्दिन; कायर छैन- शरीर त्यग्दिन; क्रुर छैन – आफ्नैलाई चुपी हान्दिन; उनीहरुले आफ्नो मानुन् कि नमानुन्; मलाई चुप्पी हानुन् कि नहानुन् ?

बरु आमा आज म फेरि त्यही पिपल बोटको मुनी चिच्याइ गाउँछु – यादव दाईले सुनी हाल्छ कि? बिर्खे राई आत्मग्लानीमा रोइ हाल्छ कि? मलाई आज जति आशिर्वादको आवस्यक्ता कहिले परेको थिएन आमा, मेरो आजको आवाजमा- मेरो पुर्खाको एकताको ध्वनीको उजागर् गर्न सकूँ, आज पीपलबोटमा फेरि म राष्ट्रियता गुन्जाउन सकूँ । अनि गुन्जियोस आमा फेरि त्यो राष्ट्रियता – जुन यादव दाईले बिर्सेंको छ; त्यो जुन बिर्खे राईले सम्झेको छैन; त्यही राष्ट्रियता जुन म हरेक पल महसुस गर्छु र त्यही राष्ट्रियता जुन एक युग यति शक्तिशाली थियो कि जस्ले संसारलाई झुकाएको थियो। मलाई आशिर्वाद दिनुस् आमा –

हजुरको छोरो; सधैं हजुर कै लागि

Dr.Sagun B.Pant

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: