Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

नयाँ बर्ष २०६८ को शुभ-कामना

Posted by Ram Kumar Shrestha on April 11, 2011


श्रद्धेय मित्रहरु,
“अब त केही सुधार होला कि” भन्ने आशा र सकारात्मक सोंचका साथ शुभ-कामनाको आदान प्रदानबाट शुरु भएर पुन: निराशै निराशामै सकिएको वर्षको सूचिमा २०६७ पनि अपबाद बन्न नसकी नयाँ बर्ष २०६८ शुरु हुँदैछ केही दिनमा नै ।
राजनीति गर्नेहरुमा जनताद्धारा ठूलो पाठ सिकाइंदा समेत नानीदेखी लागेको बानीमा रत्तिभर सुधार देखा नपर्नु तथा स्वार्थपूर्ण भावनाका कारण लोकतन्त्रलाई अत्यन्तै हास्यतन्त्रमा परिणत गरिदिनु, राष्ट्रियतासम्बन्धी अत्यन्तै संबेदनशील बिषयमा पूर्ण रुपले सरकारी मौनता दर्शाउने मात्र नभएर अझ अनाबस्यक कुरामा भने निसंकोच झन झन बल मिच्याइ गर्नु, प्राप्त गणतन्त्रलाई मजबूत बनाउँदै लैजानुको अलावा झन झन कम्जोर बनाउँदै लगेको आभास दिलाउनु जस्ता यथार्थताहरुको सामना गर्नु पर्‍यो देशले । एकातिर भोकमरी, जीवन जलको लागि तडपिएका, सीमा क्षेत्रमा सीमा अतिक्रमणका अतिरिक्त अमानबीय व्यबहार सामना गर्नेहरुले अनाथ भएको महसूस गर्न पर्‍यो भने त्यही बेला जिम्मेवारी बहन गर्नु पर्नेहरु आवश्यकताभन्दा बढी हुल बाधेर बिदेश शयर गर्न र समस्यामा पर्नेहरुको लागि आबस्यक पर्ने औषधी र खाद्यान्न ब्यबस्था गर्नभन्दा हतियार किन्ने गोप्य कार्य गर्नतिरै ब्यस्त देखिनुले “काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर” भनाइ चरितार्थ गराउँदै आफूहरुमा लागेको दाग मेटाउने सुबसरलाई बुझ्न नसकेको देखियो । निहत्था सर्ब साधारणलाई हत्या गरेर हत्या गरेको प्रमाण नस्ट गर्ने सेनाको प्रयासलाई ढाक छोप गर्ने मन्त्रीको प्रयासले गणतन्त्रमा  पन्चायती मानसिकताको आभास दिलायो । झन्डै साढे दुई दशकपछि देश भित्रिनेभन्दा बाहिरिने रकम बढेर शोधनान्तर घाटा खेप्न बाध्य भएको छ । यसअघि ०४१ मा शोधनान्तर घाटा हुँदा नेपाली रुपैयाँ नै अवमूल्यन भएको थियो ।  आफन्तलाई राजनीतिक नियुक्ति दिन नियम मिच्ने तथा नाम नै समेत परिवर्तन गर्ने र नियमानुसार आबस्यक योग्यता नपुगेकाहरुलाई प्रधानमन्त्रीको सल्लाहकार बनाउने कार्य समेत हुनुले “नेपालका कानून दैबले जानून” भन्ने संस्कारलाई अझै हामीले बिदा दिनुको सट्टा झन सिदा दिएर पालन पोषण गरेको भन्न हिचकिचाउन नपर्ने अवस्था यथावत भएको पाइयो । ज्यान मार्ने उद्योग, फिरौतीको अभियोग लगाइएको ब्यक्तिलाई मन्त्रिपरिषदबाटै मुद्दा फिर्ता लिने मात्र नभएर तत्कालै संयुक्त राष्ट्रसंघको महासभामा ससम्मान प्रतिनिधिको रुपमा लैजाने, घुमिफिरी रुम्जाटार भने झैं जति गरे पनि भ्रस्ट भनेर चिनिएकाहरु र जनताबाट पाखा लगाइएकाहरु नै सरकार सन्चालनका प्रत्यक्ष परोक्ष रुपमा हर्ताकर्ता हुने जस्ता यथार्तताहरुले गर्दा सतीको श्राप परेको देश भन्ने कुरालाई नचाहेरै पनि बारंबार संझनु पर्ने अवस्था छ । हरेक क्षेत्रमा यस्तै हास्यास्पद तर अत्यन्तै पीडादायक बिसंगतिहरुका कारण सकारात्मक कुराहरु खोज्न चाहेरै पनि अत्यन्तै दुर्लभ जस्तै बनाइएर हरेक दृष्‍टिकोणबाट देशलाई बदनाम र असफल बनाउँदै गणतन्त्र पस्चातका बर्षहरु हामीबाट बिदा भएका छन ।
विस्वभरबाट शुभ-कामना र खुशीयालीका साथ शुरु भएको अन्तरराष्ट्रिय नयाँ बर्षको शुरुवातसंगै बिशेषत: मध्यपूर्बमा देखा परेको हलचल र जापानको अत्यन्तै दु:खदायी दुर्घटनासंगसंगै लिबियामा देखा परेको युद्धमा अरब लिगले अलिकति कोल्टे फेर्न लागेको र रुस, चीन र जर्मन नाटोसंग  असहमत देखिनु र संयुक्त राष्ट्र संघद्धारा पारित प्रस्ताबलाई फरक फरक किसिमबाट गरिएको व्याख्याले कता कता तेस्रो बिस्वयुद्ध त निम्त्याउने होइन भन्ने जस्तो संत्रास पनि छोटो समयकै लागि भने पनि सिर्जना गरिदियो । र त्यो संत्रास भने थाहा छैन कतिन्जेलको लागि टरेर गएको छ ।
जे होस अब पुन: एउटा सकारात्मक सोंच, आशा, उमंग सहित नयाँ बर्ष २०६८  लाई स्वागत गरौं । देशमा शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्न तथा नागरिक अधिकारको सम्मान हुने गणतान्त्रिक राज्य व्यवस्था स्थापनाका लागि राजनीतिक दलहरुलाई प्रेरणा मिलोस; नेपालीको  चाहना अनुसार सुख, शान्ति र सन्तुष्टिमा जिउने वातावरण तयार होस । संपूर्ण नेपालीमा पनि तदनुरुपको भावनाको बिकास होस । यो नयाँ वर्ष २०६८  को सुखद उपलक्ष्यमा मेरोतर्फबाट यहाँहरु  लगायत यहाँहरुको स- परिवारमा सुख, शान्ति तथा सम्बृद्धिको हार्दिक मंगलमय शुभ कामना !!!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: