Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

कलाकार प्रेमराजा महत कपिलवस्तु दिवस विश्व अभियानका सांस्कृतिक दूत घोषित

Posted by Ram Kumar Shrestha on April 9, 2011


राज श्रेष्ठ, काठमाडौं चैत २६ । नेपाली लोक गायन र संगीत क्षेत्रका लोकप्रिय कलाकार प्रेमराजा महत कपिलवस्तु दिवस विश्व अभियानको तर्फबाट नेपाली संगीत र सामाजिक क्षेत्रमा उहाँले पुर् याउनु भएको योगदानको कदर स्वरुप सम्मानित हुनुभएको छ । नेपाल संयोजक निलकण्ठ उप्रेतीको सभापतित्वमा आयोजित कार्यक्रममा सार्क सल्लाहकार केदार शाक्य र विश्व सल्लाहकार डा कविताराम श्रेष्ठले उहाँलाई सम्मान गर्नुभयो । सो अवसरमा उहाँलाई अभियानको तर्फबाट कपिलवस्तु दिवस विश्व अभियानका सांस्कृतिक दूतको घोषणा पनि गरियो । उहाँ नेपाल सरकारको तर्फबाट संयुक्त राज्य अमेरिकाको मेरिल्यान्ड र पेनसिल्भानिया राज्यका लागि मानार्थ कन्सुलेट हुनुहुन्छ । कलाकार प्रेमराजा महतलाई नेपाल सरकारले पर्यटन बर्षको दूत्को रुपमा समेत घोषणा गरेको छ । कार्यक्रममा सार्क संयोजक राज श्रेष्ठले अभियानको परिचय दिनु भएको थियो भने डा कविताराम श्रेष्ठले अभियानको उद्देश्यमाथि प्रकाश पार्नु भयो । कार्यक्रममा नेपाल सल्लाहकार डा कुसुम शाक्य, चन्दा थापा, सुरेश कोइराला र हिमाल जङ्ग भण्डारीले कपिलवस्तु दिवस अभियानप्रति समर्थन र सदासयता प्रकट गर्नु भयो ।

कार्यक्रमका केही थप फोटाहरु:

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: