Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

बेलायती कलेजमा नेपाली पढाइ

Posted by Ram Kumar Shrestha on April 8, 2011


नवीन पोखरेल

लन्डन, चैत्र २४ –
बेलायतमा नेपालीको आगमन बढिरहँदा यहाँका स्कुल कलेजले नेपाली विषयसमेत पढाउन सुरु गरेका छन् ।

ब्रेन्ट साइड हाइ स्कुल, ग्रीनफोर्ड लन्डनमा यसै शैक्षिक सत्रदेखि जीसीएसई तह -एसएलसी सरह) मा नेपाली विषयको परीक्षा दिन पाइने भएको छ । नेपाली विद्यार्थी बढेपछि स्कुलको ‘डिपार्टमेन्ट अफ इथ्निक माइनोरिटी एचिभमेन्ट’ -ईएमए) ले परीक्षा दिन पाउने प्रबन्ध गरेको प्रशासकीय अधिकृत मुकुन्द सुनुवारले जनाए । उक्त स्कुलमा हाल ४२ नेपाली विद्यार्थी अध्ययनरत छन् भने कुल विद्यार्थी संख्या १३ सय २० छ । आगामी जुनमा हुने जीसीएसई परीक्षामा विद्यार्थीले नेपाली -ऐच्छिक) विषयमा ३ घन्टा जाँच दिन सक्नेछन् ।

उता नेपालीको घना बस्ती भएको फार्नबोरोस्थित ओकफार्म कम्युनिटी स्कुलमा समेत यसपटक १४ विद्यार्थीले नेपाली विषयमा ‘आईजीसीएसई’ परीक्षा दिँदै छन् ।

त्यहाँ अध्यापनरत शिक्षक डा. अच्युत गौतमका अनुसार युनिभर्सिटी अफ क्यामबि्रज एक्जामिनेसन सिन्डिकेटले परीक्षालाई मान्यता दिएको छ । हाल कोभ स्कुलमा अध्ययनरत १४ विद्यार्थी साँझ साताको पाँच दिन ओकफार्म कम्युनिटी स्कुल आएर नेपाली विषयको तयारी गरिरहेका छन् ।

गत वर्ष ६ विद्यार्थीमात्र नेपाली विषयको परीक्षामा सामेल भएकामा यस वर्ष दोब्बर सहभागी हुँदै छन् । यहाँ नेपाली पढाउन बूढानीलकण्ठ स्कुलका पि्रन्सिपलसँग भेटेर ‘करिकुलम’ तयार गरेको जनाउँदै गौतमले परीक्षामा निबन्ध लेखन र नेपाली अंग्रेजी अनुवाद गर्नुपर्ने जनाए । ‘नयाँ पुस्ता अंग्रेजीमा पनि दख्खल नहुनु र नेपाली भाषा क्षयीकरण भइरहँदा नेपाली विषयको पढाइले बेलायतमा समेत हाम्रो भाषा, संस्कृति जीवन्त राख्नेमा आशावादी छौं,’ गौतमले भने ।

सन् १८३६ मा स्थापित बेलायतकै प्रतिष्ठित र पुरानो विश्वविद्यालय युनिभर्सिटी अफ लन्डनअन्तर्गत ‘दि स्कुल अफ ओरेन्टल एन्ड अपि|mकन स्टडिज’ -सोआस्) मा समेत नेपाली विषयमा बीए -अनर्स) गर्न सकिन्छ । विश्वका एक सय ४० भन्दा बढी देशका ४ हजार ७ सय विद्यार्थी अध्ययनरत कलेजमा विशेष गरी एसिया, अपि|mका र मध्यपूर्वबारे पढाइ हुन्छ । त्यहाँ प्राध्यापक डा. माइकल हट र कृष्ण प्रधानले नेपाली

पढाउँछन् । सेन्टर फर नेपाल स्टडिज, यूकेका निर्देशक डा. कृष्ण अधिकारीले बेलायतमा हाल नेपालीको संख्या एक लाख नाघेको जनाउँदै यहाँको स्कुल कलेजमा समेत नेपाली विषय पढाइ हुनु गौरव भएको बताए ।
@ekantipur

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: