Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

नेपाली सामान बोकेका ट्रकमा भारतले लक लगाउने

Posted by Ram Kumar Shrestha on April 5, 2011


विज्ञान अधिकारी, काठमाडौं, चैत २२- तेस्रो मुलुकबाट नेपालमा सामान ल्याउने कन्टेनरमा भारतले एकतर्फी रुपमा अतिरिक्त लक (एडिसनल लक) लगाउने भएको छ।

विसाकापटनम बन्दरगाह प्रयोग गर्दा यस्तो लक लगाउने प्रस्ताव राखेको भारतले जुलाईदेखि कोलकता बन्दरगाहमा समेत यही व्यवस्था कार्यान्वयनमा ल्याउने भएको हो।
भारतले तेस्रो मुलुकबाट नेपाल ल्याउने सामानमा एउटा भनेर अरु ल्याएको भन्दै लकको व्यवस्था गर्न लागेको हो। लक लगाए पछि भारतले नेपाली सामान खोलेर हेर्न सक्छ। नेपाल – भारत वाणिज्य सन्धी अनुसार कुनैपनि मुलुकले लक लगाउन पाउँदैन।

‘भारतले कोलकता बन्दरगाहमा पनि लक प्रयोगमा ल्याउने जानकारी गराएको छ,’ वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले भन्यो। हालै भएको नेपाल-भारत अन्तर सरकारी बैठकमा भारतले कोलकतामा पनि लक प्रयोग गर्ने प्रस्ताव गरेको थियो। नेपालले विसाकापटनममा लक प्रयोग स्वीकार गरे पनि कोलकताका लागि मानेको थिएन।

स्रोतका अनुसार नेपाली पक्षले कोलकता बन्दरगाहमा लक लगाउने भए त्यहाँको झझन्टिलो प्रणाली हटाउनुपर्ने प्रस्ताव गरेको थियो। व्यवसायीहरुका अनुसार विसाकापटनम बन्दरगाहमा सामान छुटाउन ९ देखि ११ र कोलकतामा ३३ प्रक्रिया पूरा गर्नुपर्छ।

कोलकता बन्दरगाह सरकारी संयन्त्रले सञ्चालन गरिरहेकाले प्रक्रिया झण्झटिलो भएको हो। विशाखापटनम सार्वजनिक-निजी साझेदारीमा चलेकाले चुस्त छ। ‘हामीले कलकत्ता बन्दरगाहको जाँचपास लगायत प्रक्रियालाई कम गरे मात्र लक लगाउने कार्यको समर्थन गर्छौ भनेका छौ,’ वार्तामा सहभागी एक अधिकारीले भने, ‘तर उनीहरुले यसमा कुनै प्रतिक्रिया जनाएनन्।’

 

कोलकता बन्दरगाहमा धेरै झझन्टिलो हुनुका साथै पानीको सतह कम भएकाले ठूलो जहाज समेत आउदैन। विसाकापटनममा ठूलो जहाज आउने भएकाले प्रयोग गर्न सजिलो र ढुवानी भाडालगायतमा कमीले व्यापार लागत घटाउँछ। बन्दरगाहको डक चलाए ड्यामरेज शुल्क नलाग्ने र भाडामा पनि दिन सकिन्छ।

अमेरिका, युरोपेली युनियनलगायत् पश्चिमी मुलुकमा सामान पठाउन र आयात गर्न कोलकता बन्दरगाह नेपालका लागि अपायक छ। सरकार र निजी क्षेत्र दुवैले भारतसँग कोलकताका अतिरिक्त अर्को एक बन्दरगाहको सुविधा दिन माग गरिरहेका थिए। भारत थप एक नाका दिन सहमत भएपछि डेढ दसकअघि गरिएको एक अध्ययनले मुम्बईस्थित जवाहरलाल बन्दरगाह उपयुक्त देखिएको थियो। हालसम्म पनि नेपालले यो बन्दरगाह प्रयोग गरेको छैन। नेपालले भर्खरै गरेको अर्को एक अध्ययनले जवाहरलालभन्दा पनि विसाका फाइदाजनक देखिएको हो।

नेपालको प्रमुख नाका वीरगन्जबाट विसाकापटनम पुग्न १ हजार ३ सय किलोमिटर सडक दूरी छ। जवाहरलाल बन्दरगाह पुग्न १ हजार ९ सय किलोमिटर दुरी पार गर्नुपर्छ। दुई बन्दरगाहबीच ६ सय किलोमिटरको दुरी फरक परेको र गाडी भाडाभन्दा पानी जहाजको भाडा कम पर्ने भएकाले विसाकामा लागत कम हुने देखिएको हो।

@nagarik

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: