अन्तर्राष्ट्रिय म्याराथुनमा नेपाली प्रथम
Posted by Ram Kumar Shrestha on April 3, 2011
काठमाडौं, चैत १९ (नागरिक) – नेपाली सेनाका धावक विकास शाही एक अन्तराष्ट्रिय स्तरको म्याराथुन दौडमा प्रथम भएका छन्। लेबनानको बेरुतस्थित लेबनान रोड रनिङ एण्ड एथलेटिक्स क्लबद्धारा चैत १३ गते आयोजना गरेको ‘सिडार ग्रिन म्याराथुन २०११’ मा हवल्दार शाहीले प्रथम स्थान हासिल गरेका हुन्।
संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ लेवनानमा तैनाथ युद्धभैरव गण ४९ औं डफ्फाबाट सहभागी भएका शाहीले ४२दशमल १९५ किलोमिटर दुरी दुई घण्टा ४० मिनेट ४० सेकेण्डमा पूरा गरेको शुक्रबार सैनिक जनसम्पर्क निर्देशनालयद्धार जारी विज्ञप्तीमा जनाइएको छ।
म्याराथुन दौडमा शान्ति स्थापनार्थ तैनाथ नेपाल, ईन्डोनेसिया, चीन, भारत, फ्रान्स, स्पेन गरी जम्मा ६ राष्ट्र तथा लेवनानबाट समेत गरी जम्मा १सय ४० जना धावकको सहभागीता रहेको थियो। उक्त दौडमा लेवनान र इन्डोनेसियाले क्रमशः दोश्रो र तेश्रो स्थान हासिल गरेका थिए।
प्रथम भएका शाहीलाई पुरस्कार स्वरुप १ हजार ५ सय अमेरिकी डलर (झण्डै १ लाख ८ हजार रुपैयाँ) तथा ट्रफी प्रदान गरिएको छ। उनलाई निकट भविष्यमा जर्मनीमा हुने ग्रिन म्याराथुनमा सहभागी हने अवसर समेत दिईन जनाइएको छ।
@Nagarik
Leave a Reply