Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

लुम्विनीलाई खुला चिडियाखाना बनाउने योजना

Posted by Ram Kumar Shrestha on March 31, 2011


शेरबहादुर केसी, लुम्विनी, चैत १७- शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्विनीलाई प्राकृतिक दृष्टिले भरिपूर्ण बनाउन लुम्विनी विकास कोषले खुला चिडियाखानाको अवधारणा अघि सारेको छ। डब्लुडब्लुएफको सहयोगमा कोषले लुम्विनीलाई खुला चिडियाखाना बनाउने योजना अघि सार्न गइरहेको हो।

‘बुद्ध जन्मस्थललाई प्राकृतिक दृष्टिले विकास गर्ने सोचअनुरुप खुला चिडियाखाना बनाउने योजना अघि सारेका हौं– लुम्विनी विकास कोषका सदस्य सचिव राजेन्द्र थापाले नागरिकलाई भने।

लुम्विनीलाई खुला चिडियाखाना बनाउने योजना दीर्घकालीन दृष्टिले अघि बढाउनेबारेमा डब्लुडब्लुएफका अधिकारी र लुम्विनी विकास कोषबीच केही चरणमा छलफलसमेत भइसकेको छ। यो दीर्घकालीन योजना अघि बढाउन डब्लुडब्लएफसँगको छलफल प्रारम्भिक भएको कोषको भनाई छ।

कोषले यो अवधारणा सुरु गर्न पहिलो चरणमा वन विस्तारका लागि नर्सरी व्यवस्थापन र कोषको खुला क्षेत्रलाई तारवार लगाउने कामलाई पहिलो चरणमा राखेको छ। कोषको कोषको ७ सय ७७ हेक्टर क्षेत्रफलको वरिपरिको १६ किलोमिटर क्षेत्रफलमा तारबार लगाए खुलारुपमा सर्वसाधारण कोषको क्षेत्राधिकारभित्र मनपरी पस्न पाउँदैंनन्।

कोषका इञ्जिनियर सरोज भट्टराईका अनुसार अझै चार किलोमिटर क्षेत्रफलमा तारवार लगाउन बाँकी छ। १२ किलोमिटरमा तारबार गर्ने काम भइसकेको छ। बाँकी क्षेत्रफलमा दुई वर्षभित्र तारबार गर्ने काम सक्ने योजना बनाउँदै कोष प्रशासनले बजेटका लागि माथिल्लो निकायमा पहल गरिरहेको छ।

‘तारबार गरिसकेपछि गाई भैंसी चराउने काम बन्द हुनेछ, रोपेका बिरुवा हुर्कने छन्– उनले भने। तारबारसँगै विभिन्न जातका बिरुवाको नर्सरी तयार गर्ने काम पनि कोषले अघि बढाउने भएको छ। रोपेका सिसौ हुर्केर घना बन्ने बेलामा धमाधम सुक्दै गएकोले अब कोषको वन क्षेत्रमा टिक, साल, अर्जुना, जामुन, वर पीपल, खयरलगायतका बिरुवा रोप्ने योजनाअनुसार नर्सरी तयार गर्ने काम भइरहेको कोषका  वनस्पति विभाग प्रमुख सब्बिर खानले नागरिकलाई बताए। अहिले कोषको नर्सरीमा ७० हजार बेर्ना तयारी अवस्थामा छन्। आगामी असारसम्म थप १ लाख बिरुवा तयार गरिने उनको भनाई छ। यो वर्ष विभिन्न जातका डेढ लाख बिरुवा लगाउने कोषको योजना छ। नर्सरी व्यवस्थापनका लागि डब्लुडब्लुएफले ७ लाख सहयोग गरेको छ। कोषले यो वर्ष २५ लाख रुपियाँ नर्सरी व्यवस्थापनका लागि परिचालन गरेको छ।

कोषको ७ सय ७७ हेक्टर क्षेत्रफलमध्ये ४ सय ९९ हेक्टर क्षेत्रफललाई वन क्षेत्र मानिएको छ। यो क्षेत्रफलमा वि.सं. २०३६ सालदेखि २०४० सालसम्म सिसौका बिरुवा रोपण गरिएको थियो। रोपिएका सिसौ सुक्दै गएकोले लुम्विनीको घना वन अहिले उजाड बन्दैछ। ‘यसैबाट पाठ सिक्दै लुम्विनीको वनमा विभिन्न जातका बिरुवा रोपेर प्राकृतिक वन बनाउन थालिएको हो– वनस्पति प्रमुख खानले भने।

लुम्विनीमा दुर्लभ पंक्षी सारस र निलगाईले बासस्थान बनाउँदै आएका छन्। कोषको वन क्षेत्र तारबार भएपछि सारस र निलगाईको बासस्थान पनि जोगिने अपेक्षा कोषले गरेको छ। यसका साथै लुम्विनी क्षेत्रमा विश्वमै दुर्लभ ११ प्रजातिसहित ३ सय ८० प्रजातिका चरा पाइन्छन्। विभिन्न जातका बिरुवा रोपेर हुर्काइएको वन चराका लागि झन् राम्रो हुने चराविद्हरुको भनाई छ। ‘तारबार र वृक्षरोपण गर्दा बिरुवाका जातको विविधीकरणमा ध्यान दिएर हुर्काए दुर्लभ पंक्षी र वन्यजन्तुको लुम्विनी साँच्चिकै चिडियाखाना हुनेछ– चराविद् दिनेश गिरीले नागरिकलाई भने।

@Nagarik

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: