Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

हिमाली अनुसन्धानकालागि विश्वमै प्रख्यात

Posted by Ram Kumar Shrestha on March 30, 2011


 

लक्ष्मण अधिकारी / सोलुखुम्बु

विश्वको सर्वोच्च शिखर सगरमाथाको काखैमा रहको पिरामिड प्रयोगशाला विश्वकै सबैभन्दा उच्च क्षेत्र (High Altitude) मा रहेको विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र हो । समुदि् सतहबाट ५०५० मिटरको उचाइमा रहेको यो अनुसन्धान केन्द्र पिरामिड इन्टरनेशनल ल्याब्रेटोरी एण्ड अब्जरभेटोरी सेन्टर (PYRAMID INTERNATIONAL LABORATORY AND OBERSERVATORY CENTER ) को नामले चिनिन्छ । यो उच्च भू- भागिय अनुसन्धान (High altitude research) गर्ने सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रयोगशाला हो ।
सन् १९९० मा इटालियन भुगोल विद्ध आर्दियो देसियो (Ardito Desio) को नेतृत्वमा ईटालियन नेशनल रिसर्च काउन्सिल (Italian National Research Council (CNR) र तत्कालिन नेपाल राजकिय विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान (Royal Nepal Academy of Science & Technology (RONAST) विच भएको सम्झौता अनुरुप यो प्रयोगशालाको स्थापना भएको हो ।
सन् १९९० को अन्त्य तिरसम्म पुग्दा हिमालहरूको मूल्य, पर्वतारोहणको अवधारणा सँग मात्रै गाँसिएको थिएन त्यस सम्बन्धी नयाँ वैज्ञानिक सोच र मूल्य मान्यताको प्रादुर्भाव हुँदै आएको थियो । उच्च हिम श्रृंखलाहरू चुमेर नयाँ कीर्तिमान बनाउने सोच भन्दा भिन्न उद्देश्य लिएर वैज्ञानिकहरूको एउटा समिति बन्यो । र जन्म भयो एक स्वतन्त्र नाफा रहित संस्था “EV-K2-CNR Committee” जसले विश्वकै उच्च पहाडी तथा हिमाली क्षेत्रमा अनुसन्धान गर्ने नीति लियो । यस समितिले पहाडी र हिमाली दुर्गम क्षेत्रमा दिगो विकासका लागि आवश्यक विशिष्ट वैज्ञानिक सहयोग उपलब्ध गराई त्यसको माध्यमबाट पर्यावरण संरक्षण,स्थानिय जनताको जीवनस्तरको सुधार गर्दै वैज्ञानिक ज्ञानको प्रचार गरी वैज्ञानिक खोजको नतिजा,पहाडी क्षेत्रको दिगो व्यवस्थापन, क्षमता विकास सम्बन्धी क्रियाकलाप, स्थानीय संस्कृति र परम्पराको विकासका लागि आवश्यक सहयोग अभिवृद्धि गर्ने कार्यमा सहयोग गर्ने उद्देश्य राखेको छ ।
(५००० मिटरमा खाना पकाउने तरिका)
इटालिको राष्ट्रिय अनुसन्धान केन्द्र सि एन आर (CNR) को सहयोगमा GPS LASER जस्ता अत्याधुनिक प्रविधि प्रयोग गरि १९९२ मा सगरमाथाको उचाई पुन: नाप्ने काम गर्‍यो । यहि संस्थाको सहयोगमा सगरमाथाको उचाई ८८४८ मिटरनै कायम गरियो । इटालियन माउण्टेनका नामले चिनिने विश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टु (mount k2) को पनि सन् १९९६ मा पुन उचाई नापियो । यसरी निजि क्षेत्रमा स्थापित सस्थांले हिन्दुकुश, काराकोरम र हिमालय पर्वत क्षेत्रमा विशेष गरि नेपाल, पाकिस्तान, तिब्बत, भारत, भुटान र अफ्रिकाको पर्वतिय क्षेत्रमा प्रविधि विकास र वैज्ञानिक अनुसन्धान गर्दै आएको छ । बीस लाख यूरो भन्दा बढी खर्च गरि आजसम्म यस केन्द्रले १४३ देशको ५२० भन्दा बढी वैज्ञानिक प्रयोजनलाई आतिथ्य गरेको छ । त्यस्तै, २२० जना अनुसन्धानकर्ताका अनुसन्धान प्रयोजन पुरा गर्नुका साथै ७६५ वटा पुस्तकहरू प्रकाशित गरिसकेको छ ।
पिरामिड अन्तर्राष्ट्रिय प्रयोगशाला तथा अनुसन्धान केन्द्रको संरचना सुविधा तथा उपकरणहरु
अत्यधिक गतिको हावाबाट बच्न र हिउँ सजिलै चिप्लिन सक्ने गरि स्पातको संरचनामा आल्मुनियम, सिसा र रवरको प्रयोग गरि पिरामिडको आकारमा बनाइएको छ । यो ३ तले भवनको चौडाई ३.२२ वर्ग मिटर र ८.४० मिटर अग्लो छ । प्रवेश द्धारवाट भित्र प्रवेश गर्नासाथ सानो हल सँगै अत्याधुनिक power control room रहेको छ । पिरामिड, एबीसी स्टेशन (PYRAMID, ABC Station) र लज (Lodge) मा आवश्यक पर्ने शक्ति (power) यस हल वाट उपलव्ध गराईन्छ । आपतकालिन अवस्थामा इन्टरनेटको सहायताले विश्वको कुनै पनि कुनावाट शक्ति नियन्त्रण (Power Control) गर्न सकिन्छ । त्यस्तै यसमा Enviroment Lab,Physical Lab, Constant Temprature maintained medicine and Scientific Sample Storage room पनि रहेको छ भने अर्को सबैभन्दा ठूलो हलवाट सम्पुर्ण व्यवस्थापकिय कार्यको निर्देशन र नियन्त्रण हुन्छ ।
खुम्वु क्षेत्रमा जडान गरिएको सवै स्टेसनहरु यहाँबाट कम्प्युटरको सहायताले नियन्त्रण गर्ने हुनाले सवै भन्दा महत्वपुर्ण हलको रुपमा रहेको छ । यहाँ व्यवस्थापक लगायत ५ जना दक्ष प्राविधिकहरु हरपल दूर स्टेशन (remote Station) हरुको गतिविधि डाटा (Data) को निरिक्षण गरिरहेका हुन्छन् । सानो तथा आकर्षक भर्‍याङद्वारा दोस्रो तलामा पुग्न सकिन्छ । जहाँ Physiological Investigation Lab,Technical Lab, Doris / ABC Pyramid को केन्दि्रय नियन्त्रण कक्ष रहेको छ । भूउपग्रहसँग जोडिएकाले यो कक्ष कक्ष (Server) बाट सम्पुर्ण उपकरणहरु रिमोटद्धारा संचालन गर्न सम्भव भएको हो ।
(एबिसी स्टेशन ५०७३ मिटर; लोबुचे)
९० डिग्रीको कोणमा राखिएको सानो भर्‍याङवाट डोरीको सहायताले तेस्रो तलामा पुग्न सकिन्छ । पिरामिडको तेस्रो तलामा चढेर हेर्दा त्यहाँको बनावट र वरिपरिको दृष्यावलोकनले मानौ हामीलाई कतै अन्तरिक्षमा प्रवेश गरेको जस्तो भान हुन सक्छ । त्यही तलावाट टेलिकम्युनिकेशनको नियन्त्रण नियन्त्रण हुन्छ । विकट भूगोल मात्र नभई समुन्द्री सतहवाट ५०५० मिटरमा भएकोले यहाँ Atmospheric Pressure 1013 millibar मात्र अथवा ५४५ कम चाप हुन्छ । त्यहि अनुपातमा प्राणवायू (अक्सिजन) पनि कम हुने भएकोले स्वभाविकरुपमा मानव शरिरमा रहेका विभिन्न अगंहरुले आफ्नो कार्यक्षमता पुर्ण रुपमा गर्न नसक्ने हुन्छ । तसर्थ तुरुन्त लेक लाग्ने (altitude sickness) हुने, होस हराउने जस्तो समस्या हुनाले व्यक्तिगत सुरक्षाको दृष्टिकोणबाट  संचारको महत्वपुर्ण भूमिका हुन्छ । त्यसैले संचारको सवै विकल्पहरु यहाँ प्रयोग गरिएको छ । जस्तै:
v      VHF Local Radio Communication(Walki Talki)
v      HF Regional Radio Communication
v      Satellite Telephone communication
v      Fax, Email, internet आदी
पिरामिड तथा फिल्डमा  कार्यरत सवै वैज्ञानिक ,प्राविधिक तथा लज कर्मचारीहरुलाई व्यवस्थापकले अनिवार्यरुपमा वाकि टाकी (Walki Talki) दिएको हुन्छ । त्यसै मार्फत सबैसँग नियमित सम्पर्क भइरहेको हुन्छ ।
पिरामिड उच्च विज्ञान तथा अनुसन्धान केन्द्रमा शुद्ध सौर्य शक्तिको मात्र प्रयोग गर्दछ । त्यसो त हाइड्रो पावर (Hydro Power) र  वायु शक्ति (wind power) जडान नगरिएको होईन तर यो भरपर्दो नभएकोले पिरामिडको पूर्वी र दक्षिण मोहडामा जडित Solar array हुँदै जमिनमुनी राखिएको ९८ व्याट्रीहरुवाट विधुत वितरण गरिएको छ । त्यहि संचित विजुलीवाट पिरामिडको सम्पुर्ण उपकरण लगायत ल्यावको दक्षिण दिशामा बनाएको अतिथि गृहमा प्रयोग हुने steambath,Hotshower,kitchen लगायत कोठा न्यानो बनाउनकालागि लागि प्रयोग गरिन्छ । प्रत्येक कोठामा न्यूज च्यानल सहित ३०० भन्दा बढी ल्भधक न्यूज च्यानल जोडिएको यो अतिथि गृह यूरोपको पहाडी ईलाकामा रहेको अतिथि गृह वरावर छ । एक पटकमा २५ जना सम्म अनुसन्धान कर्ता,प्राविधिक र अन्य सहयोगी कर्मचारीको आवास र खानपिनको आवश्यक्ता थेग्न सक्ने यो सुविधा सम्पन्न प्रयोगशालामा अध्ययन अनुसन्धान कार्य गर्ने गराउनको लागि कुनै पनि वैज्ञानिक संस्थाले EVK2 CNR(ITALY) र NAST technical committee(Nepal) वाट अनुमति लिनु पर्छ । यसरी अनुमति पश्चात पिरामिड व्यवस्थापक को सहयोगमा आफ्नो अध्ययन तथा अनुसन्धान कार्य सम्पन्न गर्न सकिन्छ ।
(उपकरणहरु)
ABC- PYRAMID(NCO-P)
Atmospheric brown cloud laboratory or Nepal Climate Observatory-Pyramid
भू-विज्ञान,चिकित्सा,मानव शास्त्र र जीव विज्ञान जस्ता उच्च स्तरको अनुसन्धानको क्रम सँगै सन् २००० को शुरु देखिनै वातावरण विज्ञानले ठुलो हिस्सा लियो । द्रुत गतिमा भइरहेको जलवायु परिवर्तन र नकरात्मक असर नै यसको प्रमुख कारण थियो । यसै कुरालाई मध्यनजर गरि संयुक्त राष्ट्र संघिय वातावरणिय प्रोजेक्ट संयुक्त राष्ट्र संघिय वातावरणिय प्रोजेक्ट (UNEP) र EVK2CNR को संयुक्त प्रयासमा project (ABC-p) Atmospheric brown cloud निर्माण गरियो । यसलाई { (NCO-P) Nepal climate Obeservatory –p भन्ने अन्तर्राष्ट्रिय नाम दिइयो । पिरामिड अनुसन्धान केन्द्र भन्दा ०.३ किमी टाढा ५०७३ मिटर उचाइमा बनाइएको ABC-pyramid अथवा NCO-p प्रयोगशालामा चौवीसै घण्टा प्रदुषणकारी तत्व pollutants and aerosol को अनुसन्धान गरिरहेको हुन्छ । विश्वकै अत्याधुनिक वातावरण विज्ञानको अनुसन्धान गर्ने उपकरण जोडिएको यो स्टेसनवाट अत्याधिक सानो (15nm to 32 m)तर अति संवेदनशील तत्वहरु नजिकवाट नियालीरहेको हुन्छ । ११२ वटा सौर्य पट्टीका (Solar Panel) हुँदै १२० वटा ब्याट्रीवाट संचालित यस प्रयोगशाला भित्र
● Aerosol number & size distribution((15 nm to Um) DMPS/SMPS
● OPC GRIMM (Environmental  dust monitor)
● Black carbon concentration.MAAP
● Total &Back scattering coefficient integrating Nephelometer TSI-3563
● Aerosol Optical Depth CIMEL
● Surface Ozone Concentration TEI 49C
● Green house gasses concentration (CFC HFC, HCFC)
● Chemical Mass closure of aerosol .Filter sampling
● Solar Irridance (200-360nm) pyranometer CMP 21
● Meteorological parameter (VIASALA WXT -510)
जस्ता वायुमण्डल अनुसन्धानको उपकरण जोडिएका छन् । यि उपकरणहरु वाहिरी वातावरणसंग सिधा सम्पर्क हुने गरि छानामा ४ वटा प्वाल वनाई त्यसवाट उपकरणहरुको टाउको वाहिर निकालिएको छ । EVK2 CNR समिति तथा pyramid को उच्च प्राविधिक औजारहरु अन्तराष्ट्रिय वैज्ञानिक समुदायका लागि महत्वपुर्ण स्रोतस्थल सावित भएको छ ।
कार्यस्थलहरु (station) को सञ्जाल (SHARE Asia ,Stations at high Altitude for research on the Environment) को आयोजनामा ४ स्टेसनहरु संलग्न छन् । हिमालय तथा काराकोरम क्षेत्रमा जलवायु तथा भौगोलिक स्थितिको अनुगमन अहिलेसम्म भएका व्यवस्था मध्ये यो उत्तम व्यवस्था हो । विश्वमा जम्मा १३ वटा मात्र यी स्टेसनहरु रहेको छन् । ज्यादै कठिन अवश्थामा पनि काम गर्न सक्ने यि स्टेसनहरुले छिट्टै जर्जिया देखि पाकिस्थान, नेपाल र भुटान सम्मका सुचना संकलन गर्छ ।
SHARE –asia Stations को मुटु भनेको ABC PYRAMID हो । संसारको सवै भन्दा उच्च भागमा रहेको यस विश्व वातावरणिय प्रदुषण अनुगमन स्टेसनलाई औपचारिक रुपमा नै संयुक्त राष्ट्रसंघिय वातावरण योजना (United Nations Environment Program-UNEP) को शाखा कार्यस्थल, Project Atmospheric Brown Clouds (ABC) का रुपमा मान्यता प्राप्त भए पछि यो स्टेसन हिमालयमा गरिने इटालियन अनुसन्धानको अर्को महत्वपुर्ण उपलव्धिको रुपमा लिइन्छ । ABC-Pyramid को सफल सञ्चालनको कारण पृथ्वीको उच्च भागमा रहेको वातावरणिय योगहरुको गहिरो विश्लेषण गर्न र प्रदुषणकारी तत्वहरुका संवाहन र त्यसले मनसुनि चक्रमा हुने उतार चढाव जस्ता महत्वपुर्ण पक्षहरु र यिनिहरुले वातावरणमा रहेको पानी र उर्जा वीचको सन्तुलन जस्ता विषयहरुमाथि अनुसन्धान गर्न सम्भव भएको छ । SHARE – Asia Network को अति महत्वपूर्ण पूझ्जी भन्नु नै स्वचालित मौसमी केन्द्रहरु हुन् ।
यि स्टेसनहरु निम्न ठाउँमा रहेका छन्—-
• चौंरीखर्क स्वचालित मौसम केन्द्र (Chauri kharka AWS and CEOP)
• नाम्चे स्वचालित मौसम केन्द्र  (Namche Automatic weather station)
• फेरिचे स्वचालित मौसम केन्द्र (Pheriche Automatic weather station,4200m)
• पिरामिड स्वचालित मौसम (Pyramid AWS& CEOP 5000m)
• कालापथ्थर स्वचालित मौसम केन्द्र (Kalapatthar Automatic weather station,5600m)
• छ्याडरी नुप स्वचालित मौसम केन्द्र (Changri Nup Automatic weather station,5700m)
• साउथकोल स्वचालित मौसम केन्द्र (South Col Automatic weather station 8000m)
यिनिहरुले सकंलन गरेका तथ्याकंको विश्लेषण गरि तयार गरिएको जलवायु तथा वातावरण सम्वन्धि मान्यताहरुले अन्तराष्ट्रिय कार्यक्रम coordinated enhanced observing period (Ceop) लाई ठुलो योगदान पुर्‍याएको छ ।  SHARE-Asia ले आफ्नै किसिमका भौगर्भिक तथ्याकंहरु पिरामिडको GPS Master Station वाट प्राप्त गर्दछ । French National Center for Space Slides(CNES) को रेडियो स्टेसनको रुपमा रहेको Doppler orbitography and radio postioning Integrated by satellite (DORIS)  पृथ्वीको परिधिसगं सम्वन्धित अत्यन्त महत्वपुर्ण तथ्याकं सकंलन गर्दछ । पिरामिडले सकंलन गरेका विभिन्न सूचनाहरूबाट नेपालको सगरमाथा राष्ट्रिय निकुञ्ज र पाकिस्थानको के टु क्षेत्रमा रहेका हिमताल सम्वन्धि महत्त्वपूर्ण वैज्ञानिक उपलव्धिहरु प्राप्त भएका छन् । यूरोपेली परिषदको सहयोगमा संचालित दीर्घकालिन वातावरण अनुसन्धान (Long Term ecological Research –LTER) ले पिरामिड क्षेत्रमा संकलन गरेका तालहरुको जल रसायन र जीव विज्ञान सम्वन्धि तत्याकंवाट पनि महत्वपुर्ण उपलव्धिहरु प्राप्त भएका छन् ।
SHARE – Asia को महत्वपुर्ण पक्ष स्थानिय संगठनहरु, विज्ञहरु, राष्ट्रिय निकुञ्ज व्यवस्थापन, जलवायु विज्ञान विभागको प्रत्यक्ष संलग्नता गर्नु हो । विकासोन्मुख देशमा वातावरणीय दृष्टिवाट सफा प्रविधि र वातावरण संरक्षण र विकासमा महत्वपुर्ण प्रयास थालनी गरेको छ । उच्च हिमाली क्षेत्रमा फोहोरमैलाको वातावरणीय व्यवस्थापन सम्वन्धि कार्यहरु संस्थागत हुन पुगेका छन् । औषधी र hypoxia थेग्न सक्ने गरि चिकित्सकिय विज्ञानको क्षेत्रमा गरिएका नविनतम अनुसन्धानले हिमाली क्षेत्र र ककेसस क्षेत्रमा वसोवास गर्ने जातीहरुमा गरिएको अनुसन्धानले विश्व स्वास्थ्य संघको मात्रै ध्यानाकर्षण नगरि औषधी उत्पादनको क्षेत्रमा (pharmaceutical sector) हुन सक्ने सहकार्य समेतका सम्भावनाको ढोकाहरु खोलिदिएका छन् ।
अधिकारी नेशनल टिभी तथा पिरामिड ईन्टरनेशनल ल्याबोरेटोरी एन्ड अब्जरभेटोरी सेन्टरमा व्यवस्थापक छन्

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: