Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

सीमावर्ती गाउँका नागरिक एसएसबीबाट त्रस्तः अध्ययन प्रतिवेदन

Posted by Ram Kumar Shrestha on March 29, 2011


जनक नेपाल

नेपालगन्ज, चैत्र १५ – सीमावर्ति क्षेत्रका नागरिकहरू भारतीय एसएसबीबाट त्रसित रहेको पाइएको मानवअधिकारकर्मीहरुको एक अध्ययनले दाबी गरेको छ ।

भारतीय सिमा सुरक्षा बल एसएसबीले नियन्त्रणमा लिई बर्दिया शान्तिपुरका तुलबहादुर शाहीलाई बेपत्ता पारेको घटनापछि कतिखेर के हुने हो सन्त्रासमा सर्वसाधारणहरु बाँचिरहेको उक्त अध्ययन प्रतिवेदनमा उल्लेख छ । सरकारले उक्त बेपत्ता घटनाप्रति देखाएको बेवास्ताले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले असुरक्षा महसुस गरेको मानव अधिकार सन्जाल बाँकेको अध्ययनमा उल्लेख छ ।

घटनाको स्थलगत अध्ययन प्रतिबेदन सोमबार सार्बजनिक गर्दै सन्जालले सरकारी बेवास्ताका कारण पीडित परिवारले विदेशी सुरक्षाकर्मीबाट बेपत्ता आफन्तको लास वा सासको अवस्था थाह पाउनबाट बन्चित भएकोमा सरकारको ध्यानाकर्षण गराएको छ । भारतीय सुरक्षाकर्मीले नेपाली भूमिबाट आफ्नो नागरिक कब्जामा लिई बेपत्ता पारेको एक महिना नाघीसक्दा पनि पीडितको अवस्था पत्ता  नलाउनुले सरकार, परराष्ट्र मन्त्रालय तथा स्थानीय प्रहरी प्रशासन घटनाप्रति गम्भीर नभएको अध्ययन टोलीको ठहर छ ।

बर्दिया जिल्लाको जमुनी गाविस भारतसाग सिमा जोडिएको गाविस भएकाले त्यहाका वासिन्दाहरू घाँसदाउराका लागि भारतीय जङ्गलमा जाने गरेका छन् । भारतीय जङ्गलमा घासदाउरा गर्न भारतीय सुरक्षाकर्मीले छुट दिएको तर त्यो छुट नीतिगत रुपमा नभएर सुरक्षाकर्मीको स्वविवेकमा भरपर्ने र उनीहरूले चाहेको बखत छुट गर्ने र नचाहेको बखत रोक लगाई घाासदाउरामा गएकाहरूको हसिया बञ्चरो खोस्ने गरेको छन् । बेपत्ता पारिएका हर्कबहादुर शाही ०६७ फागुन ५ गते भारतीय जङ्गलमा घाँस लिन गएको पत्नी जुनकिरीले बताईन् ।

जङ्गलबाट घाँस लिएर नेपाली भूमिमा प्रवेश गरिसकेका शाहीलाई शिकारीको आरोपमा भारतीय एसएसबीले बर्दियाको जमुनी गाविस-७ बाट नियन्त्रणमा लिएको थियो । नियन्त्रणपछि शाहीलाई एसएसबीले निर्मम् कुटपिट गरी कलेजी रङ्गको मोटरसाईकलमा हालेर भारततर्फ लगेको र हालसम्म उनको अवस्था अज्ञात रहेको प्रत्येक्षदर्शीले बताएका छन् । नागरिक जिउधनको सुरक्षा गर्ने दायित्व बोकेको प्रहरी प्रशासनले अविलम्ब हर्कबहादुर शाहीको अवस्था पत्ता लगाई सत्यतथ्य परिवारलाई जानकारी गराउनुपर्ने अधिकारकर्मीले बताएका छन् ।

भारतीय पक्षसाग कुटनीतिक पहलका आधारमा यथार्थ जानकारी लिई सोको जानकारी सार्वजनिक गरिनुपर्नेमा नगरिएकोमा भारतीय सीमा नजिक रहेका नेपाली बस्तीका नागरिकहरूको जीउाधनको सुरक्षाको सुनिश्चितता गरिनुपर्ने सुझाब पनि प्रतिवेदनमा दिइएको छ । घटना छिमेकी राष्ट्रसाग सम्बन्धित भएकाले सरकार र परराष्ट्र मन्त्रालयले समेत घटनाको यथार्थ जानकारी लिनका लागि सरकार स्तरीय कुटनीतिक पहल गर्नुपर्ने माग अधिकारकर्मीले राखेका छन् । कुनै पनि बहानामा नेपाली भूमिमा भारतीय सुरक्षाकर्मीको प्रवेशलाई निषेध गर्न अविलम्ब कुटनीतिक पहल गरिनुपर्नेमा उनीहरुको जोड छ ।

अध्ययन टोलीमा इन्सेकका भोला महत, मानवअधिकार संगठनका गणेश रेग्मी, हिमराईट्का प्रकाश उपाध्याय, वार एशोशिएसनका दिपक रेग्मी र एड्भोकेसी फोरमका बसन्त गौतमलगायत छन् ।

@ekantipur

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: