Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

नेपाली महिलालाई अस्ट्रेलियामा उच्च सम्मान

Posted by Ram Kumar Shrestha on March 9, 2011


By नारायण खड्का

सिड्नी, माघ २७ – अस्ट्रेलिया सरकारले नेपाली समुदायको सेवामा निष्ठापूर्वक सक्रिय रहेको भन्दै नेपाली महिला इन्द्रा वनलाई उच्च सम्मान गर्ने भएको छ ।

अस्ट्रेलियाको संघीय सरकारले गैरआवासीय नेपाली संघकी सल्लाहकार वनलाई यहाँको उच्च पाँचौं तहको सम्मान ‘अर्डर अफ अस्ट्रेलिया’ ले सम्मान गर्ने घोषणा गरेको हो । गैरसैनिक क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने व्यक्तिलाई सरकारले यो सम्मान दिने गरेको छ । यो उपाधि पाउने कमै विदेशी महिलामध्ये वन परेकी छन् । नेपालीले अस्ट्रेलियाबाट पाएको यो नै पहिलो उच्च सम्मान हो ।

अस्ट्रेलिया सरकारले यो सम्मानको घोषणा जनवरी २६ मा गरेको थियो । उक्त सम्मान बेलायतकी महारानी एलिजावेथको प्रतिनिधिका रूपमा अस्ट्रेलियाका गभर्नर अफ जनरलले प्रदान गर्नेछन् । आउँदो मे महिनाभित्र यो सम्मान गभर्नर जनरलको निवास अस्ट्रेलियाको राजधानी क्यानबेरामा प्रदान गरिने जनाइएको छ । कुनै नेपालीले पाएको यो उच्च सम्मानले सबै नेपालीलाई गौरवान्वित बनाएको नेपाली समुदायका प्रतिनिधिहरूले जनाएका छन् ।

यो सम्मान आफ्ना लागि मात्र नभएर सम्पूर्ण नेपालीका लागि भएको वनले बताइन् ।

‘अस्ट्रेलिया सरकारको उच्च सम्मान पाउनु सबै नेपालीका लागि गर्वको विषय हो,’ उनले भनिन् ।

झापा जिल्लामा जन्मिएकी वन ३५ वर्षअघि अस्ट्रेलिया आएकी थिइन् । महिला हकहित र समाज सेवामा सक्रिय रहँदै आएकी वनले विश्वको ५५ भन्दा बढी देशहरूमा शाखा बनिसकेको एनआरएनको अस्ट्रेलिया शाखा खोल्न योगदान गरेकी थिइन् ।

 

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: