Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

भारतले नदी थुनेपछि किसान मारमा

Posted by Ram Kumar Shrestha on February 24, 2011


१२ फागुन, राजविराज । त्रियुगा नदीमा लगाइएको बाँध नखोल्दा सप्तरीको रम्पुरा मल्हनीया गाविसका साथै अन्य गाविसमा लगाइएको गहुँबालीमा पानी पसेको छ ।

रम्पुरा मल्हनीया हुँदै बग्ने नदीको पानीको बहावलाई दुई दिनअघि भारतीय पक्षले थुनेपछि सप्तरीको दुई गाविसका तीन दर्जन कृषकको ५० विघाभन्दा बढी जग्गामा लगाइएको गहुँबालीमा पानी जमेको हो । त्रियुगा नदीको पानी रम्पुरा मल्हनीया गाविस-५ र ६ तथा तिलाठी गाविस-८ मा लगाइएको गहुँबालीमा पानी पसेपछि बाली नष्ट हुने सम्भावना बढेको किसानहरूले बताएका छन् ।

भारतको कुनौली बजारमा बन्न लागेको पुलमा पानीले नछोओस् भनेर पुलका ठेकेदारहरूले नदीको पानी थुनेपछि यसको प्रत्यक्ष असर नेपाली किसानलाई परेको छ । कोसी ब्यारेज हुँदै बग्ने उक्त नदीको सतहमा बालुवा भरिएका कारण पानी किसानको खेतमा पसेको हो ।

यसैबीच नेपाली किसान र नेपाली प्रहरीसँग भएको वार्तामा भारतीय ठेकेदारले पानीलाई निकास दिन काम थाल्ने प्रतिबद्धता जनाएका छन् । ठेकेदारले हृयुमपाइप लगाएर पानीको बहाव कम गराउने जनाएका छन् । भारतले एक महिनाअघि माघ १४ गते पनि राष्ट्रिय राजमार्गअन्तर्गत बिहारको भटिनीयामा कोसी नदीमा निर्माण भइरहेको पुलमा पानी नजाओस् भनेर कोसी ब्यारेजको सबै ढोका बन्द गर्दा नेपाली जमिन डुबानमा परेको थियो ।

त्यसक्रममा पनि नेपाली किसानको सयौं बिघा जमिनमा लगाएको गहुँबालीमा क्षति पुगेको थियो । रासस

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: