Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

भारतीय सुरक्षाकर्मीद्वारा नेपाली बेपत्ता

Posted by Ram Kumar Shrestha on February 22, 2011


कमल पन्थी

गुलरिया, फाल्गुन १० – चोरीसिकारी आरोपमा पक्राउ गरिएका नेपाली नागरिकलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बेपत्ता पारेको छ ।

पाँच दिनअघि पक्राउ बर्दिया जमुनी ९, शान्तिपुर बस्ने ५० वर्षीय हर्कबहादुर शाहीलाई बेपत्ता पारेको परिवारले बताएका छन् । उनलाई भारतको सीमावर्ती लम्बीकुवुस्थित एसएसबी सुरक्षाकर्मीले पक्राउ गरेका थिए । भारतीय सीमावर्ती जंगलमा चोरी सिकारी गर्न उनीसहित ६ जना गएका थिए । अन्य सिकारी भागेर बँचेका थिए ।

सिकारीले गोली चलाउँदा एसएसबीका एक सुरक्षाकर्मी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सूर्य उपाध्यायले बताए । चोरी सिकारीको आरोप लागेका शाहीलाई जिल्लाको जमुनी ७, डाँफेबाट कुटपिट गर्दै एसएसबीले भारत लगेको स्थानीय बासिन्दाले बताएका छन् । ‘एसएसबीको पिटाइबाट बेहोस शाहीलाई अचेत अवस्थामा लगिएको हो’, एक जना प्रत्यक्षदर्शीले बताए ।

भारतीय सुरक्षा बल एसएसबीका अधिकारीले शाहीलाई पक्राउ नगरेको दाबी गरेका छन् । घटनाबारे नेपाल प्रहरी तथा सशस्त्र प्रहरी टोलीले एसएसबीसँग सम्पर्क राखेको उपरीक्षक उपाध्यायले बताए । ‘शाही भन्ने कुनै पनि व्यक्ति पक्राउ नपरेको एसएबीले बताए पनि भारतीय सञ्चार माध्यमले चोरीसिकारी पक्राउ गरिएको समाचार टिभी च्यानलहरूबाट प्रसारण गरेका थिए ।

अधिकारकर्मीको टोलीले भारतीय सुरक्षाकर्मीसँग सम्पर्क राखे पनि शाहीको स्थितिबारे कुनै जानकारी नपाएको जनाए । प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले भारतीय सीमावर्ती जिल्ला बहराइचका समकक्षीसँग सम्पर्क गर्ने बताए ।

सीमाको घटनाबारे परराष्ट्र मन्त्रालयले भारत सरकारसँग सम्पर्क राख्नुपर्ने जनाएका छन्् । शाहीको पक्राउ र बेपत्ताको विषयलाई लिएर सदरमुकाम गुलरियादेखि पूर्व दक्षिण करिब ३० किलोमिटर टाढा रहेको सीमावर्ती शान्तिपुर गाउँ अहिले तनावमा छ ।

@ekantipur

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: