Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Complete Nepal: Facebook Triuph6

Posted by Ram Kumar Shrestha on January 17, 2011



  • दशगजा (No MAN LAND ) को ८ किलोमिटर वरपर कुनै पनि निर्माण कार्य गर्न नपाउने अन्तरास्ट्रिय प्रावधान छ l तर भारतले ८ किलोमिटर होइन सिमाना छेउछाउ नेपाल भारत दुवै देसको सहमति बिना यस्ता धेरै बाध र सडकहरु निर्माण गरि सकेकोछ l

    January 5 at 9:17am · ·

      • Parihas Subba हामी कति कमजोर यी सब कुरा थाहा पाएर पनि केही गर्न सकेका छैनौं…

        January 5 at 9:21am · 
      • Tanka Wanem कहाँ कहाँ ति बाँध र सडकहरु निमार्ण भयेका छन त?

        January 5 at 9:25am · 
      • Tanka Wanem परिहास जि कुरोको चुरो यहि बुझि नसक्नुछ ।

        January 5 at 9:28am · 
      • Tanka Wanem भारतले सन् १९८५ मा राप्ति नदिमा लक्ष्मणपुर ब्यारेज र सन् १९९९ , २००० मा लक्ष्मणपुर कलकत्ता बाँध निर्माण गरेको थियो । अन्तरास्टृय सिमा नियम अनुसार ८ किलोमिटर सम्म दुवै देसको सहमति बिना कुनै देसले बाँध वा नहर बनाउन नपाउने सिमा कानुन मिचेर यि बाँधहरु निर्मारण भयेका छन । जो प्रत्येक बर्श हजारौ बिघा नेपालको भुमि डुबाउदै आयेकोछ ।

        January 5 at 9:41am ·  ·  3 people
      • Ganga Limbu देश मिचिएको र धसिएको यी तपाइको कुराले मुटु फुलेर आउछ तर के गर्नु टंक आम्भु ? जोइटिन्ग्रे नेताहरुले कुर्सि र पैसाकै लागि मात्रै राजनीति गर्दछन ,हामी जनता कति निरिह छौं टुलु टुलु हेर्न भाहेक केहि गर्न सकिएन तै पनि हामी चासोका साथ पढी रहेछौ तपाइले हामीलाई अर्पिनु भएका देश प्रतिका यी अमुल्य सब्द कोसेलीहरु जारी राख्नुहोला धन्यबाद ।

        January 5 at 11:17am ·  ·  1 person
      • Hari Manandhar अब भारतलाइ साम्राज्यवादी भन्ने कि हामी नेपाली हुतिहारा ?? शोषकहरूले निरिह जनताको घरबास उठिवास गराएको पनि त थुप्रै जिउँदा उदाहरणहरू छन् । तिनै आफ्नो बारीको साँघ मिचिँदा मात्रै नभएर घरबार नै उठिवास गराउँदा समेत बोल्न नसक्ने हामीहरूले देशको दशगजाको बारेमा के चिन्तन गर्ने खै?

        January 5 at 11:32am ·  ·  1 person
      • Tanka Wanem धन्यवाद गङ्गा जि । महोत्तरिको नैन्हि गाबिससंग जोडियेको नेपाल-भारत सिमनामा नहर निर्माण गरियेकोछ । नैन्हि गाबिस र भारतको सितामढि जिल्लाको श्रीखन्डि गाबिसको भिठ्ठामोड नजिक पाँचसय मिटरको नहर निर्माण गरियेको छ । यो निर्माण कार्य दश गजा देखि केवल दश मिटरको दुरिमाछ ।

        January 5 at 11:36am ·  ·  1 person
      • Debu Sudama

        साहित्यकार टंक वनेम ज्यूद्वारा बहसको लागि उठाईएको यो सवाल आम नेपालीहरूले उत्तिकै चासो राख्नु पर्ने बिषय हो विश्व मानचित्रमा आफूलाई लोकतन्त्रको असली हिमायति देखाएर पर्दाभित्र छिमेकी साना मसिना राष्ट्रहरूलाई धार्मिक,राजनीतिक,सास्कृतिक,आर्थिक,…See More
        January 5 at 12:06pm ·  ·  4 people
      • Atit Mukhiya आफनो आंखामा पराई दृष्टि भिर्नेहरु देख्दैनन् यो, ढाकाटोपी भित्र पराई आदेश सिउरनेहरु अनुभूत गर्दैनन् यो, केवल कवि हृदयलाई घोच्छ यसले तीखो सुइरो बनेर । अब सृजना अभियान चलाउनै पर्ला यस विरुद्द हामीले आम जनता सामु ।

        January 5 at 1:02pm ·  ·  1 person
      • Shashi Thapa Subba सर्वहारा बर्गको कुरो उठाएर सत्ता टेक्न पुगेका माओवादीले त बेला बेला भारत रिझाउने खेल खेलिरहन्छ भने अरुको के आशा गर्नु र वनेम जी ? अब त देशप्रेमको कुरो पनि साहित्यमा मात्र सिमीत होला जस्तो छ …आम जनताको आशा र भरोसा पनि अन्तिममा तिरंगी भित्रको चक्रमा घुम्छ जस्तो छ बेलैमा सचेत नभए..

        January 5 at 5:16pm ·  ·  3 people
      • Tanka Wanem

        हरि मानन्धर,देबु सुदामा,अतित मुखिया,र शशी थापा सुब्बा ज्यू । सबैलाई नमस्कार भन्दै तपाइहरुको प्रतिक्रिया र सुझावको लागि धन्यवाद दिन चाहन्छु । हाम्रा जङ्गे पिलरहरु बेपत्ता पारिएका छन् । हाम्रो देसको सीमाना मिचेर विस्तारवादी छिमेकीले कालापानीम…See More
        January 5 at 6:23pm ·  ·  3 people
      • Hari Manandhar मर्नको त कुरा नै भएन नि ? देश र मातृत्वको लागि ज्यान होमिदिन तैयार छेोँ तर कस्ले बुझिदिने यो भावना टंक जी? यहाँनेर आएर नै त कुरो अड्क्यो? फेसबुकको मात्र हो र, म जिन्दगी नै रगतले रंग्याउन चहान्छु तर मेरो अस्तित्व बुझिदिने पनि त हुनुपर्यो नि? भाला, तरबारले सिमाना जोगाएका हाम्रै बीर योद्धा सन्ततिहरूको सन्तान हेो, बाँचे बाँचेोला मरे सँगै मरूला नि त? होमिन तैयार छु । यदि सबै तैयार छन् भने यस्ता विस्तारवादी मात्रै होइन नेपालकै देश बेचुवा नेताहरूलाइ छप्काइदे भने पनि पछि पर्दिन म त ।

        January 5 at 6:53pm ·  ·  2 people
      • Tanka Wanem हरि जि तपाईंको स्वाभिमानलाई म सलाम गर्छु । हामी एकबाट दुई र दुइबाट तीन हुँदै जाउँ । हामी अहिले सागरको किनारमा छौ । हाम्रो यात्रा जारी रहोस ।

        January 5 at 6:58pm ·  ·  2 people
      • Hari Manandhar जिन्दगीमा लडाइ देखेर डराउने मान्छे तर गाजा इजरायल युद्धमा ठिङ्ग उभिएर हेरिरहेँ भनेपछि अब बन्दुकको नालसँग डराउने त कुरा नै हुँदैन टंकजी । म पनि त्यति बहादुर भैसकेको छु । तर ….. तर …. कुरो त्यहि गएर अड्किन्छ जहाँ स्वाभिमान होस्, भावना बुझियोस् र सबै जल्न तैयार होउन् ।

        January 5 at 7:04pm ·  ·  2 people
      • Tanka Wanem त्यसको लागि विश्वमा भएका हामी नेपालीहरुमा ति विस्तारवादी रणनिती र नेताहरुको नेत्रित्वलाइ देसको सवालसंग जोडेर हेर्न सक्ने मानसिकता बनाउनु पर्छ । त्यो के बाट सम्भव छ त ? सन्चार माध्यम,साहित्य जस्ले धर्म,जात जाति र क्षेत्र बनाएर कसैले फुटाउन नसकोस ।

        January 5 at 7:14pm ·  ·  1 person
      • Hari Manandhar सम्भव कसरी छ, त्यहि हो जडि कुरो । कुरा उठाउन ठूलो भएन लागु गर्नका लागि एकसेएक तैयार हुन सक्ने स्थिति सिर्जना गराउनुमा कुरो रह्यो । त्यसका लागि जनयुद्धमा होमिएकाहरूले त सकेनन्, सबै स्वार्थर येसआराममा रमे भने अरू खै कस्ले सोच्ने देशको बारेमा हजुर????

        January 5 at 7:18pm ·  ·  1 person
      • Tanka Wanem हरि जि हामीले पहिले सोचौ । हामी जस्ता सोच भएका लाखौं नेपाली जनताहरु छन् । हामीले कहिले हिम्मत हार्नु हुन्न । हिज face book मा यो सोच राख्ने दुई चार जना थियौ होला । २/४ दिन भित्र सयौ भएका छौ । यसरी नै लाखौं पाठक र समर्थकहरु बनाउदै लानु पर्छ ।

        January 5 at 9:44pm · 
      • Buddha Chemjong कवि लेखक टंक वनेम ज्यु नमस्ते, म तपाईले उठाउनु भएको यस बहसलाई स्वागत गर्दछु | तपाई जस्तै अरु साथीहरुको पनि यस्तै सोच हुन जरुरी छ, अब हामी चुप लागेर बस्नु हुदैन | यी लेन्डुप दोर्जे राजनेताहरु कुनै दिन इंडियाले बाचुन्जेल मुख्यमन्त्रि या राष्ट्रपति बनाई दिन्छु भनेर हरियो घाँस देखाएमा स्वतन्त्र राष्ट्र नेपाललाई इंडियामा मिलाउन बेर पनि लगाउदैनन् भन्न सकिदैन |

        January 5 at 9:55pm ·  ·  1 person
      • Tanka Wanem बुद्द जि । अहिलेका नेताहरुको चलखेल हेर्दा त्यस्तै बुझिन्छ तर नेपाली जनताहरुले यो कुरो बुझ्ने वेला भएकोछ । अवका नेपाली जनताले यो कुरो बुझेनन भने अव हामी कुनै दिन विश्वमा नेपाली हुँ भन्न पाउने छैनौ । नेपाललाई युगोस्लाभिया बनाउन धेरै सजिलोछ । पशुपतिमा एउटा गाई र मस्तिजमा एउटा सुङ्गुरको टाउको फालि दियो भने जातिय दङ्गा फैलिने खतरा भई सकेकोछ । मतलव भारतले यस्ता हजारौ दाउहरु हेरेर बसेकोछ । त्यस्तै अवस्थालाइ मध्यनजर गरेर भारतले झन झन अतिक्रमण र हेप्ने प्रब्रिति तिब्र पारेकोछ ।

        January 5 at 10:13pm · 
      • Jb Rai भारतले अतिक्रमण गरिरहन्छ र, हामीले हेरिरहेका थियौं र हेरिरहन्छौ !

        January 5 at 11:06pm ·  ·  1 person
      • Tanka Wanem वादशाहहरु जनता भन्दा ठूला होइनान JB जि ! सत्ताधारिहरुले आफ्नो सत्ता टिकाउन देस मिचिएकोमा चिन्ता नहोला तर सबै साशकहरु त्यस्तै विचारका मात्र नहोलान । जनतामा चेतना वा यो जानकारी हो । अरु विशयमा कन्दनी कसेर वाद विबाद गर्छौ भने देस मिचिएकोमा किन छलफल नगर्ने ? हामी बुझ्ने हुँ भन्नेहरुले सम्पूर्ण नेपालिहरुलाइ सचेत गराउदा अन्यथा नहोला । देस किन मिचिन्दैछ र साशकहरु बुजो लाएर बसेका छन ? त्यो पनि मालुम नभएको होइन । तर यो सवालको टुङ्गो लाग्यो भने ति एकात्मकवादी साशकहरुको पनि टुङ्गो लाग्नेछ ।

        January 6 at 7:21am ·  ·  3 people
      • Jb Rai कवि जी, हो यसैमा लाग्नु पर्दछ हजुर!

        मनोज पण्डितले पनि रहर पुरायो र आजकल थाकेर बसेको छ!
        सबैले बुझ्न जरूरी छ र सरकारलाई बुझाउनु छ!

        January 6 at 8:27am · 
      • Tanka Wanem राष्ट्रको सवालमा अव यस्ता धेरै मनोज पान्डित,फणिन्द्र नेपाल,राम चन्द्र बाँनिया,भरत बाँनिया,राम जी विश्ट,राधेश्याम लेकाली र नरहरी आचार्य जस्ता मान्छेहरु जन्माउनु पर्नेछ । त्यसमा टङ्क वनेमलाई चाँही नथप्नु होला । म थाक्नु हुन्न भन्ने मान्छे सम्म हुँ । भलाई केही नहोस अन्यायको विरुद्दमा बोल्नु पर्छ । चाहे देसको सवालमा होस वा सिमाङ्क्रित एकात्मकवादी साशनको विरुद्दमा ।

        January 6 at 11:01am · 
      • Ram Kumar Shrestha ISSUES OF THE GREATER NEPAL: HISTORICAL REFERENCE AND LEGAL QUESTIONS:http://ramkshrestha.wordpress.com/2010/06/13/issues-of-the-greater-nepal-historical-reference-and-legal-questions/

        January 6 at 4:09pm · 
      • Tanka Wanem THANK YOU.GREAT HISTORICAL REFERENCE AND LEGAL QUESTIONS.

        January 6 at 9:21pm · 
      • Ram Kumar Shrestha

        आजका दिनदेखि यस किसिमका छलफललाई अरु बढी ब्यक्तिहरुको बीचमा लैजान Greater Nepal ब्लग र Ramkshrestha ब्लगमा राख्न शुरु गरिएको छ र क्रमश: यस किसिमका संपूर्ण छलफललाई राख्दै जानेछ । यस्ले नि:सन्देह नै जन चेतना जगाउने काम गर्नुका साथसाथै प्रत्यक्…See More
        January 6 at 11:37pm · 
      • Lilanath Pokharel अलि अगाडि म महाकाली पुगेको थिए। टनकपुर् ब्यारेज र शारदा ब्यारेज बाट सम्पूर्ण महाकाली बाधेर नहर मार्फत u.p. मा बिशाल तलाउ निर्माण गरी भारतले ब्यवस्थित माछा पालन, शिन्चाई, जल पर्यटन आदी सन्चालन गरेको रहेछ। उर्फ…नेपाल तर्फ सानो कूलो बनाइदिएको छ। त्यो पनि बर्षादको बाडीमात्र बहन्छ। नेपालको हितमा भनिएको कस्तो सान्धि हो त्यो?

        January 7 at 8:18am ·  ·  1 person
      • Tanka Wanem संसारमा भएका सम्पूर्ण मित्रहरुलाई जानकारी गर्दै लैजाउ र कुनै दिन यो सत्यको सुनुवाइ हुनेछ । तर बुजो लगाएर बसियो भने इतिहास रच्नेहरुले नयाँ इतिहासको निर्माण गर्नेछन । धन्यवाद लीला जी जानकारीको लागि । राष्ट्रको सवालमा एकै हुनु हाम्रो धर्म हो ।

        January 7 at 12:16pm · 
      • Paposa Limbu bst lck………….

        January 7 at 4:46pm ·

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: