Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

एसएसबीको कुटाइबाट ८ घाइते

Posted by Ram Kumar Shrestha on December 5, 2010


बरुण पनेरु, डडेल्धुरा, मंसिर १९ – भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले निर्घात कुटपिट गर्दा ८ नेपाली घाइते भएका छन्। उग्रवादीको आरोप लगाई कुटपिट गरिएको पीडितले बताएका छन्।

किनमेलका लागि भारतीय बजार टनकपुर गएका स्थानीय युवा कुटपिटबाट घाइते भएका हुन्। घाइते हुनेमा जोगबुढा-३ का दलबहादुर धामी, लक्ष्मण धामी, भरत धामी, कालु धामी र सिद्धनाथ उच्च माबि चन्दनीमा कक्षा ११ का बिद्यार्थी पदम धामी , उञ्जल धामी, शेरबहादुर धामी र बीरबहादुर धामी छन्। उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

घरायसी सरसमान किन भारतबाट लगेका भन्दैं एसएसबीका भारतीय श्रीकोन पोष्टका इन्चार्जको नेतृत्वको टोली युवाहरुलाई निर्घात कुटपिट गरेको हो।
‘भारतबाट किन समान किनेका भन्दैं निर्घात कुटपिट गर्‍यो,’ कुटपिटबाट घाईते दलबहादुर धामीले भने, ‘उग्रबादीको आरोप लगाई सबै युवाहरुलाई लगातार कुटपिट गरेको थिए।’

नेपाल भारत सन्धिमा छोटी भन्सारबाट सरसमान ल्याउनमा रोक नभएपनि भारतीय प्रहरीले कुटपिट गरेको स्थानीय शिक्षक लक्षमण सिंहले बताए। युवाहरुले भारतबाट किनेर ल्याएको सरसमान पनि एसएसबी लुटेको बताएका छन्। धौधौ गरी एसएसबीबाट ज्याउन जोगाएर फिर्ता भएको घाइतेले बताए।

स्थानीयले नेपाली प्रहरीले भारतीय प्रहरीसँग गएर कुटपिट बारे कुरा गर्नु पर्ने माग राख्दैं सीमा प्रहरी चौकी घेराउ गरेका छन्। तातापानी छोटी भन्सार, स्थानीय सिद्धनाथ उच्च मावि पनि बन्द गराएका स्थानीय गणेश सिंहले बताए। स्थानीय प्रशासनले तत्काल गएर भारतीय सीमा सुरक्षा बलसँग कुरा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

प्रशासनको पहलमा चौकी घेराउ गर्न आएका स्थानीयलाई सहमतिपछि फिर्ता पठाईएको सहायक प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले बताए। कुटपिट गरेको बारेमा प्रहरीबाट आफूलाई पनि थाहा भएको उनले बताए।

Nagarik

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: