Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

नेपाल—भारत सुरक्षा बैठकमा सधैँ एउटै निर्णय

Posted by Ram Kumar Shrestha on September 14, 2010


नयाँ पत्रिका By ठाकुरसिंह थारू

नेपालगन्ज, २८ भदौ

नेपाल-भारतका सुरक्षा अधिकारीबीच सोमबार नेपालगन्जमा बैठक बस्यो । तर, बैठकले अघिल्लो बैठकमा भएकोभन्दा नयाँ निर्णय केही गरेन ।

यसअघिका बैठकले पनि कुनै नयाँ निर्णय गरेका थिएनन् । वर्षौंदेखिका सुरक्षा बैठकमा एन्टी बार्डर क्रसबारे एउटै निर्णय हुँदै आएको छ । तर, कार्यान्वयन भने कहिल्यै हुन सकेको छैन ।

दुई देशका सुरक्षा अधिकारीले सीमामा हुने आपराधिक गतिविधि, हातहतियार ओसारपसार, अवैध काठ तस्करी, सीमा अतिक्रमण, चेलिबेटी बेचविखन, भन्सार चोरी नियन्त्रण गर्न छलफल गर्ने र एक-अर्कालाई सहयोग गर्ने सहमति वर्षमा दुई/तीनपटक गर्दै आएका छन् ।  नेपालमा आपराधिक गतिविधि गरी भारतीय सिमानामा लुक्ने अपराधीको संख्या कम छैन । तर, भारतीय सुरक्षा अधिकारीहरूले उनीहरूलाई पक्राउ गर्ने कार्यमा सहयोग गरेको छैन । नेपाली सुरक्षा अधिकारीहरूले सहयोगका लागि अनुरोध गर्दै आएका छन् ।

यस बैठकमा पनि नेपालका सुरक्षा अधिकारीहरूले अनुरोध गरे । भारतीय सुरक्षा अधिकारीले सहयोग गर्ने आश्वासन दिएका छन् । ‘आश्वासन पाइएको छ,’ नेपालका एक सुरक्षा अधिकारीले भने, ‘व्यवहारमा कार्यान्वन हुन्छ हुँदैन हेर्न बाँकी छ । यसअघि पनि यस्तै आश्वासन भारतीय अधिकारीहरूबाट पाइएको ती सुरक्षा अधिकारीले बताए ।

बैठकमा नेपालका तर्फबाट बाँके, बर्दिया र दाङ तथा भारतका तर्फबाट बहराइच र श्राबस्ती जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, वन अधिकृत तथा नापी अध्यागमनलगायत प्रमुखहरूको सहभागिता रहेको थियो । सोमबारको बैठकमा पनि भारतीय भूमिमा बसेर नेपालका सीमावर्ती जिल्लामा आपराधिक गतिविधि गर्ने तथा हतियार ओसारपसार, दुई देशका अधिकारीहरूबीचमा आपसी सहयोग आदानप्रदान विषयमा छलफल भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

बैठकमा नेपाल तर्फबाट विभिन्न भूमिगत समूहका नाममा भारतीय भूमिमा बसेर नेपालमा आपराधिक क्रियाकलाप भएको भन्दै नेपाल प्रहरीको मोस्टवान्टेडमा रहेका तीन दर्जन व्यक्तिको नाम भारतीय अधिकारीलाई बुझाइएको जिल्ला कार्यालयले जनाएको छ । यसअघिका बैठकमा पनि नेपाल प्रहरीको मोस्टवान्टेडमा रहेका व्यक्तिको नाम बाँके प्रहरीले बुझाउँदै आएको थियो ।

आपराधिक गतिविधिमा संलग्नलाई पक्राउ गरेर सपुर्दगी गर्ने विषयमा सहमति भएको बैठकमा भारत श्राबस्ती जिल्लाका डिएम अजयकुमार सिंह र बहराइच जिल्लाका डिएम रिग्जेन सेम्फेलको सहभागिता रहेको थियो भने नेपालतर्फबाट बाँकेका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, बर्दियाका बेनीमाधव ज्ञवाली र दाङबाट ऋषिराम ढकाल सहभागी थिए । बैठकमा भारतका सीमा, वन, भन्सारलगायत सम्बद्ध अधिकारीको सहभागिता रहेको थियो भने नेपालबाट पनि सशस्त्र प्रहरी, नेपाल प्रहरी, भन्सार, राष्ट्रिय अनुसन्धानलगायत सम्बद्ध प्रमुखहरूले बैठकमा सहभागिता जनाएका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: