Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

जीसीएसइको नतिजा मा नेपाली छात्राले ११ वटा ‘ए स्टार’

Posted by Ram Kumar Shrestha on September 13, 2010


चक्रबहादुर राई केन्ट/गत अगष्ट २४ तारिख २०१० मंगलवारका दिन यस वर्षको जीसीएसइको नतिजा प्रकाशित भएको थियो । विद्यार्थीहरुको लागि यो एउटा फलामे ढोकाको रुपमा मानिन्छ । प्रायः यसै परीक्षाफलले विद्यार्थीको भविष्य निर्धारण गर्ने गर्दछ । यो वर्षको जीसीएसईमा सुश्री सुप्रभा राईले द स्कूल फर गर्ल्स (गर्ल्स ग्रामर स्कूल) बाट ११ वटा ‘ए स्टार’ ल्याएर बेलायतको इतिहासमा उत्कृष्ट नेपाली छात्रा बनेकी छिन् ।

उनको पुख्र्यौली घर भोजपुर जिल्लाको वास्तीम गाविस वडा नं. ८ हो । बसाई सराईको क्रममा सुन्सरी जिल्लाको धरान १० सैनिक भवन लाइनमा उनका पिताको घर छ । हाल आशफोर्ड केन्ट, बेलायतमा माता, पिता र बहिनीका साथ बस्छिन् । सुप्रभा पिता (रि. क्याप्टेन) प्रताप सिं राई तथा माता सुजा राईको पहिलो सन्तानको रुपमा हङकङमा जन्मिएकी हुन् ।

उनका हजुरबा भद्र सिं राई र बोजु देशुमाया राई नेपालमा बस्नुहुन्छ । सात समुन्द्र पारी भएर पनि सञ्चार माध्यमले गर्दा सुप्रभा बाजे, बोजुसँग वारम्वार फोनमा कुरा गर्छिन् र आफ्नो स्वास्थ्यको ख्याल राख्न भन्छिन् । हुने बिरुवाको चिल्लो पात भनेझैं उनी सानैबाट मेहनती र अनुशासित थिइन् ।

परिवारको पहिलो सन्तान भएकोले घरमा माता पिता र एक मात्र बहिनी सुप्रज्ञालाई सहयोग गर्नु उनी आफ्नो कर्तव्य ठान्छिन्, तर पनि उनी आफ्नो पढाईमा कहिल्यै पछि परिनन् । सुप्रभा राईले म्याथ, स्ट्याटिस्टिक्स, केमिस्ट्र, फिजिक्स, बायोलोजी, इङलिश, इतिहास, बिजिनेस स्टडी, रेलिजिवस एजुकेशन, आइ सी टी ए र आइ सी टी (ओसीआर) गरी ११ विषयमा ‘ए स्टार’ ल्याएकी छन् ।

सुप्रभाले आस्फोर्डको डोर्थ ग्रामर फर गर्ल्स कलेजमा आफ्नो पढाईलाई निरन्तरता दिने भएकी छिन् र उनले भविष्यमा मेडिकल डाक्टर बन्ने इच्छा राखेकी छिन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: